मकवानपुर । हेटाैडामा काेराेना संक्रमित १ जनाकाे मृत्यु भएकाे छ । हेटौंडा उपमहानगरपालिका भित्र थप १ जना संक्रमितको मृत्यु भएको हाे । शनिबार बिहान हेटौंडा ११ की ४८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मृतक महिलालाई भदौ १६ गते उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनमा भदौ १७ गते कोरोना पुष्टि भएको हेटाैडा अस्पतालले जनाएकाे छ । यो संगै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ । हालसम्म मकवानपुर जिल्लामा मृत्यु हुनेकाे संख्या १ सय ६२ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
शनिबार थप २३ जनामा कोरोना पुष्टि
मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप २३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । ९८ जनाकाे पीसीआर र एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हाे ।
यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ६ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २१ जना काेराेना सक्रमित काेराेना निकाे भएका छन् ।

