मकवानपुर । मकवानपुरकाे हेटाैडामा भएकाे वक्तृत्वकलामा स्मिति गिरी प्रथम भएकी छिन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडामा ‘खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ विषयकमा क्तृत्वकला प्रतियोगिता हाे ।
प्रदेश युवा परिषद्को आयोजना र हेटौंडा लेडी जेसीजको समन्वय अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिता मकवानपुर बाल विद्या सदन हेटौंडाकी स्मृती गिरी प्रथम भएकी हुन् । प्रतियोगितामा तुलसी मेयर मेमाेरियल माध्यामिक विद्यालयका प्रमिश रानाभाट द्धितिय भएका छन् भने आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयका कर्ण यादव तृतिय भएको हेटौंडा लेडी जेसीजको अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन् ।
उनीहरुले क्रमशः पाँच हजार, तीन हजार पाँच सय र दुई हजार पाँच सय नगद सहित प्रमाण प्राप्त गरेका छन् । प्रतियोगितामा ११ जनाले प्रतिस्पर्धा गरेका थिए । वक्तृत्वकला प्रतियोगिता उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले गरेकी थिइन् ।
प्रदेश युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरिरहेकाे छ । अगष्ट १२ बाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम गर्न ५१ सदस्यीय मुल आयोजक समिति बनाइएको छ । साताव्यापी कार्यक्रमको पहिलो दिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको विशेष आतिथ्यतामा प्रदेश युवा परिषद्को हेटौंडास्थित कार्यालयको उद्घाटन गरिएको थियो ।
त्यस्तै साउन २९ गते जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान कार्यक्रम गरिएकाे थियाे भने साउन ३० गते जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड कार्यक्रम भएको छ । साउन ३१ गते बाल कल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रबाट जोगाउ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
साउन ३२ गते शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो । भदौ १ गते हेटौंडा लेडी जेसिसको समन्वयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ भने बुधबार भदाै २ गते साताव्यापी कार्यक्रमको अन्तिम दिन कार्यक्रम समापन गरिने जनाइएको छ । अन्तर्राष्ट्रिय युवा दिवस विश्वका विभिन्न मुलुकमा सन् २०२० र नेपालमा सन् २००४ देखि मनाउन सुरु गरिएको हो ।
