मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पीसीआरबाट २ हजार ३ सय ९ र एन्टिजेनबाट ८ सय ५ जना गरी १४ हजार ९ सय १० जनाको स्वाव परीक्षण गर्दा उक्त संख्यामा काेराेना संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेनबाट ५४ हजार २ सय ४३ गरी जम्मा ७ लाख ३३ हजार २ सय ६० जनामा सङ्क्रमण पुष्टि भइसकेको मन्त्रालयकाे तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६ सय ७१ जना संस्थागत आइसोलेसन, ६ सय ५० जना आइसीयू र १ सय ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी पछिल्लाे २४ घण्टामा नेपालमा थप २ हजार १ सय ९७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कुल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५ सय ६५ जना सङ्क्रमणमुक्त भइसकेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।
त्यस्तै, काेराेना (कोभिड–१९) सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । याे समेत नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६ सय ९५ रहेको तथ्याङ्क छ ।

