मकवानपुर । युनियन लाइफ इन्स्योरेन्सको सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर आईपीओ २७ प्रतिशतले पाएका छन् । इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) विहीकार बाँडफाँट हुँदा कुल आवेदक मध्य २७ प्रतिशतले मात्र प्राप्त गरेका हुन् ।
इन्स्योरेन्सको आईपीओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ जना आवेदकबाट आवेदन परेकाे थियाे । त्यसमध्ये ६९ हजार ९ सय ७६ आवेदन विभिन्न करणले रद्ध भएका छन भने योग्य २१ लाख १२ हजार ७ सय ९९ आवेदन परेको हाे । माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ८० हजार ५०० जनाले मात्रै शेयर पाएका छन् । त्यस अनुसार बाँकि १५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशतले शेयर पाएनन् ।
कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

