मकवानपुर । मकवानपुर प्रहरीले हेटाैडाकाे २ ठाँउबाट गाजाँ १ सय ७८ किलाे सहित २ जना पक्राउ गरेकाे छ । बुधबार र बिहीबार बिहान प्रहरीले मकवानपुरबाट १ सय ७८ किलो ८ सय ग्राम गाँजा बरामद गरेको हो।
बुधवार बेलुका ५ बजेर ५० मिनेटमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडा १५ पिपल चौतरा पुर्व पश्चिम सडकखण्ड स्थित चितवनबाट बारातर्फ जादै गरेको ना ४ च ५०१५नम्बरको बोलेरो पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । उक्त गाडीको पछाडीको भागमा फल्स बटम बनाई ल्याएको ५७ किलो ९ सय ग्राम लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।
उक्त गाडीका चालक चितवन राप्ती नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार सोहि स्थानका वर्ष ४८ को लालजी साहलाई उक्त गाँजा र बोलेरो पिकअप गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै बिहिवार विहान २ बजेर ४५ मिनेटको समयमा हेटौंडा ५ मा प्रदेश ३-०१-०२२ च ७२३७ नम्बरको बोलेरो पिकअप गाडीका चालक सानोपोखरा हेटौडाबाट प्रहरी नायक निरिक्षकको कमाण्डमा खटिएको मोवाईल गाडीलाई देख्नसाथ फरार भएका थिए ।
उक्त गाडी चेक जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याएको १ सय २० किलो ९ सय ग्राम गाँजा फेला परेपछि गाडी नियन्त्रणमा लिएको र फरार चालकको खोजीकार्य भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

यसै गरी असार २४ गते विहीबार १ बजेर ३० मिनेटकाे समयमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको संयुक्त टोलीले हेटौडा ९ पशुपतिनगर बस्ने बर्ष २२ को निश्चल थापाको घरमा खानतलासी गर्दा निज सुत्ने कोठाको खाट मुनि सेतो प्लाष्टिकमा पोको पारी लुकाईछिपाई राखिएको अवस्थामा २ किलो ५ सय ७० ग्राम लागुऔषध गाँजा फेला पारी उक्त गाँजा बरामद गरी निज निश्चल थापा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे मकवानपुर प्रहरीले जनाकारी दिएकाे छ ।

