मकवानपुर । कोरोना भाइरस संक्रमण पुष्टि भएका जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानीकान्छी स्याङ्तानको निधन भएको छ । राक्सिराङ गाउँपालिकामा वडा सदस्य पदमा निर्वाचित भइ जिसस मकवानपुरमा सदसय रहेकी स्याङ्तानको आइतबार बिहान मृत्यु भएकाे हाे ।
जिसस सदस्य स्याङ्तानकाे आज विहान आफ्नै घरमा मृत्यु भएको राक्सिराङ गाउँपालिकाका प्रवक्ता रामकृष्ण प्रजाले जानकारी दिए । स्याङ्तानलाई १ महिना अघि काेराेना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछी विभिन्न अस्पतालमा उपचार गर्दा समेत संक्रमण मुक्त नभएपछि केहिदिन अघि घर ल्याइएकाेमा आज बिहान निधन भएको प्रवक्ता प्रजाले बताए ।
काेराेना संक्रमण भए पछी उनी केहि दिन घरमै रहेकाेमा स्वास्थ्यमा समस्या भएपछी केहि हप्ता गाउँपालिकाको आइसोलेसन बसेकी थिइन । स्वास्थ्यमा थप समस्या देखिएपछि हेटौंडा अस्पताल रिफर गरिएकोमा उपचारकाे क्रममा थप सुधार नभए पछी भरतपुर रिफर गरिएको थियो । भरतपुरमा समेत उपचारकाे क्रममा काेराेना निकाे नभएपछी घरमा ल्याईएको प्रजाले बताए । प्रजाका अनुसार सदस्य स्याङ्तानमा अन्य दिर्घ रोग थिएन ।
स्याङ्तान २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेबाट राक्सिराङ गाउँपालिका वडा नंबर ३ मा महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

