मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौडालाई सवारी साधन हस्तान्तरण गरेकाे छ । १२ ओटा गाडी र १६ वटा मोटरसाईकल प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामालाई हस्तान्तरण गरिएकाे हाे ।
शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले लामालाई उक्त सवारीसाधनकाे साँचाै प्रदान गर्दै हस्तान्तरण गरेका हुन् । बागमती प्रदेशका १० जिल्लाका प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई प्रदेश सरकारबाट प्राप्त सवारी साधन प्रदान गरिने छ।
प्रदेश सरकारले बर्षाको समयमा बाढी ,पहिरोबाट हुन सक्ने जनधनको क्षतिलाई मध्यननर गर्दे तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न प्रदेश प्रहरी कार्यालयलाई सवारीसाधन हस्तान्तरण गरेको मन्त्रालयले जनाएकाे छ ।
सवारी साधन हस्तान्तरण कार्यक्रममा मन्त्रालयका मदन भुजेल,बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मिरा चौधरी,विभिन्न जिल्ला तथा प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो।

