मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाको बजेट ल्याएको छ । गाउँपालिकाकाे सातौं गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्बाको आदेशमा गाउँसभा सदस्य टिका प्रसाद दाहालले आर्थिक वर्ष २०७८/ ७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन ।
गाउँपालिकालाइ आर्थिक वर्ष २०७८/०७९ को लागि संघीय सरकार र प्रदेश सरकारको गरी वित्तिय समानिकरण अनुदान ११ करोड ३८ लाख ६७ हजार प्राप्त हुने प्रस्तुत बजेटमा उल्लेख गरिएकाे छ । त्यस्तै संघीय सरकार राजश्व बाँडफाँडका विभिन्न शीर्षकबाट १७ करोड ५५ लाख ५० हजार ५ सय प्राप्त हुने अनुमान गरिएको छ । अन्तरिक स्रोत तर्फ ८८ लाख रकम प्राप्त हुने अनुमान गरिएको दाहालले बताए । संघीय सरकारको सर्शत अनुदानका विभिन्न शीर्षकमा गरी २२ करोड ४७ लाख र संघीय र प्रदेशको समपुरक बजेट ३ करोड९३ लाख रहेको जानकारी दिए । संघीय सरकारले विशेष अनुदानको रुपमा ६ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको दाहालले बताए ।

