हेटौंडा /काेराेना महामारीकाे कारण जारी निषेधाज्ञा मकवानपुरमा असार ७ गतेसम्मलाई लम्बिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले ७ गतेसम्म केहि खुकुलाे गर्दै निषेधाज्ञा लम्बाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएकाे छ ।
विहान ४ बजे देखी ९ बजेसम्म खाद्य तथा दैनिक उपभोग्य वस्तुको विक्रीका लागि खुलाइएकोमा अब मोवाइल, कम्प्युटर व्यवसाय पनि १० बजेसम्म सञ्चालन गर्न पाइने भएकाे छ । बैंकहरू अब सबै दिन खुल्ला रहने पाउने छन् ।
हप्ताको सातै दिन बिहान १० बजे सम्म खाद्यन्न, तरकारी, फलफुल तथा दुग्धजन्य ब्यवसाय संञ्चालन गर्न पाईने भएको छ । निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दे जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई लम्ब्याउदै हप्ताको सातै दिन खाद्यन्न, तरकारी, फलफुल तथा दुग्धजन्य ब्यवसाय बिहान १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
तर अन्य व्यवसाय भने पूर्णरुपमा बन्द रहने जनाइएको छ ।
यस्ता छन् निर्णयहरु :–खाद्यन्न, तरकारी, फलफुल तथा दुग्धजन्य ब्यवसाय बिहान १० बजेसम्म सञ्चालन हुने (प्रत्येक दिन)
-स्टेस्नरी पसल, मोवाईल, अटोमोवाईल मर्मत बिहान १० बजेसम्म (प्रत्येक दिन)
-बैंक दिनको बिहान १० बाट दिउँसो ३ बजेसम्म सञ्चालन हुने (प्रत्येक दिन)
-वित्तिय सस्था, सहकारी, रेमिट्यान्स दिउँस २ बजेसम्म सञ्चालन हुने (प्रत्येक दिन)
-मार्टहरु दिउँसो १० बजेसम्म सञ्चालन हुने ( प्रत्येक दिन)-सहकारीको हकमा बजारबाट रुपैँया संकलन गर्न नपाईने ।

