मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेकाे छ । विस्तारित शाखाबाट आइतबारका दिन देखि काराेबार सञ्चालनमा आएकाे बैंकले जनाएकाे छ ।
किर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा विस्तार भएकाे नयाँ शाखा बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।
अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेकाे बैंकले जानकारी दिएकाे छ ।
मकवानपुर। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यकारिणी समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाइ मकवानपुर उद्योग वाणिज्य संघले शनिबार स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, नेउवामहासंघ बागमती प्रदेशका उपाध्यक्षद्वय सविन श्रेष्ठ, दुर्गाराज श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने र उपाध्यक्ष कृष्ण कुमार गुप्तालगायतले मन्तव्य राखेका थिए ।

स्वागत कार्यक्रममा हेटौंडामा कार्यक्रम आयोजना गर्दैगर्दा नेउवामहासंघ बागमती प्रदेशले पूर्णता पाएको, हेटौंडामै प्रदेशको कार्यालय रहने सुनिश्चित भएको र मकवानपुर उद्योग वाणिज्य संघकै नेतृत्वमा मध्यमाञ्चल स्तरीय महासंघको नेतृत्व रहदैगर्दा राज्य प्रदेश संरचनामा गएको कारण नेउवामहासंघ प्रदेश ३ को पहिलो जिम्मेवारीको नेतृत्व मकवानपुर उद्योग वाणिज्य संघले नै गरेको चर्चा गरिएको थियो । कार्यक्रममा प्रदेशको कृषिलगायत उद्योग व्यवसाय क्षेत्रको विकासको लागि पहल आवश्यक रहेको छलफल गरिएको थियो ।
मकवानपुर । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा छुट दिने व्यवस्था गरिएको छ । चन्द्रागिरिको ११औँ वार्षिक साधारण सभाले चन्द्रागिरिको आइपिओमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।
‘साधारण सेयरमा आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।’ चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छुट प्रयोगका लागि सेयर भर्दाको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्ने छ । कम्पनीका अनुसार यो छुट सुविधा माघ ५ गतेदेखि १ वर्षसम्मका लागि मान्य हुनेछ ।
मकवानपुर/ स्वास्थ्य सेवाको व्यवस्थालाई प्रभावकारी बनाउन लागिपरेको बागमती प्रदेश सरकारले स्वास्थ्य शिक्षाको पनि गुणस्तरीयतामा पनि विशेष ध्यान दिंदै आएको प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् ।
मुख्यमन्त्री पौडेलले मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानद्वारा छिट्टै नै हेटौंडामा चिकित्साशास्त्रको पढाइ सुरु गर्ने बताएका छन् । बुधबार प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । हेटौंडा–१, भिन्तुना पथस्थित मकवानपुर सहकारी अस्पतालको अति सघन उपचार कक्ष (आइसीयु) सहितको ट्रमा सेन्टरको उद्घाटन गर्दे मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘हेटौंडामा स्वास्थ्य शिक्षा उच्च तहको हुनेछ’ पौडेलले भने ।
जिल्लाको ठुलो रकम स्वास्थ्य उपचारको लागि बाहिर गएको भन्दै अब मकवानपुरमै उच्च स्तरको स्वास्थ्य सुविधा र त्यहि अनुसारको पढाई गर्ने उनले बताए । उद्घाटन कार्यक्रममा मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले सहकारी अस्पताल सञ्चालनमा आएको १० वर्षको अवधिमा थप सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गर्दै अस्पतालले आगामी दिनमा थप सेवा विस्तार गरेर गुणस्तरमा सुधार गर्ने बताए ।
दुई करोड २५ लाख रुपैयाँ लगानी थप गरेर मकवानपुर सहकारी अस्पतालले आइसीयुसहितको ट्रमा सेन्टर विस्तार गरेको अध्यक्ष महर्जनले बताए ।
मकवानपुर । कोरोना महामारीको कारणे सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐन मार्फत व्यवस्था गरेकाे विभिन्न छुट सुविधाहरुको लाभ २०७७ फागुनसम्म लिन सकिने व्यवस्था रहेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत विनोद कुमार कार्कीले बताएका छन् ।
आर्थिक ऐन २०७७ ले प्रदान गरेका छुट सुविधाहरु सम्बन्धमा आइतबार भएकाे अन्तरक्रिया कार्यक्रममा कार्कीले विभिन्न सुविधाहरुको बारेमा बाेल्दै सोको लाभ उद्योगी/व्यवसायीहरुले समयमै उठाउनु पर्ने बताए । कोरोना महामारीको कारणे सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐन मार्फत विभिन्न छुट सुविधाहरुको व्यवस्था गरेको छ ।
मकवानपुर उद्याग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडा, मकवानपुरका प्रमुख कर अधिकृत शालिग्राम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कर तथा लेखा परामर्शदाता सकुल कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कार्यसमिति सदस्य रवि कडेल शर्मा, रुपकराज दहाललगायतले मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीलगायतको उपस्थिति रहेको थियो ।