
पार्वती भट्ट
कि जूनमा, कि भने तारामा पाेखिनु पर्थ्याे
कि माझमा, कि किनारामा पाेखिनु पर्थ्याे
खाेल्दा प्रेमकाे स्निग्ध पाठशाला,कमसेकम
विज्ञापनका लागि, इसारामा पाेखिनु पर्थ्याे ।

मिना चौलागाईं
कुनै कुरामा विरोध कुनैमा समर्थन हुन्छ
कहिले मिठा कहिले नमिठा वचन हुन्छ
कसले भन्छ झगडा हुन्छ दुश्मनसँग मात्रै
शङ्का र गालीभित्र झन् आफ्नोपन् हुन्छ ।

ज्याेती घिमिरे
सामानको किनबेच गर्न पसल चाहिन्छ।
बीउ जोगाउन सप्रीएको फसल चाहिन्छ।
तिमी कालो छौ या गोरो केही छैन मलाइ,
बोली अनि व्यवहार पो असल चाहिन्छ।।
आँचलको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको बहस
Tags: No Comments
मकवानपुर । महिला साहित्यकारहरूको संस्था आचल साहित्य कला पुन्जले लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत हिंसा न्यूनीकरणको सवालमा बहस कार्यक्रम गरेको छ ।
‘सभ्य समाजकाे पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक अधिकार, हाम्राे सराेकार’ विषयक बहस कार्यक्रम गरेको हो ।
कार्यक्रममा बाेल्दै प्रहरी निरिक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चुडा कुमारी खड्काले ‘प्रहरी चाैवीसै घण्टा जनताको सेवामा खटिरहने भएकाले जनताले प्रहरी प्रशासनसँग धेरै आशा राख्ने भएको हुँदा जन चाहना अनुसार प्रहरीले काम नगरेकाे भन्ने गुनासा आउने गरेकाे पाइएकाे भए पनि कानुनी दायरा मिलाएर दर्ता भएर आएका मुद्दा सुनुवाइ हुने बताइन् ।
‘पहिचान लिङ्गले नभइ आफूमा भएको क्षमताबाट हुनुपर्ने कुरा राख्दै तेस्रो लिङ्गी भएकै कारण समाजमा आफूहरूलाई हेरिने दृष्टिकोण बदलिनुपर्ने र याे देशकाे नागरिक भएर जन्मिएपछि अन्य नागरिक सरह याैनिक तथा लैङ्गिक अल्प सङ्ख्यकहरूले नागरिकता पाउनु पर्ने ‘ फ्रेन्ड्स हेटौंडाकी किरण थापाले बताइन ।
यसैगरी अधिवक्ता अप्सरा बस्नेले कानुन प्राप्त गर्नका लागि कानुनी बाटाे अपनाउनुपर्ने घरमा बसेर न्याय प्राप्त नहुने बताइन् । कवि शान्ति प्रियवन्दनाले ‘लेखनमा लैङ्गिक विभेदको विषयलाई सङ्ख्यात्मक र गुणात्मक रुपमा थप उठाउनु पर्ने बताएको कार्यक्रम संयाेजक निर्मला व्लाेनले जानकारी गराइन ।
आँचलकी अध्यक्ष भावना सापकाेटाकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा प्रमुख चुडा कुमारी खड्का, अधिवक्ता अप्सरा बस्नेत, कवि शान्ति प्रियवन्दना, फ्रेन्ड्स हेटौंडाकी किरण थापाले समाज ब्यक्त हिंसाको सवालमा बहस गरेको पुन्जकी सदस्य रजनी पाैडेलले बताइन् ।
कार्यक्रममा मकवानपुरका साहित्यिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि तथा सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरे साहित्यकार तुल्सी थापालाई हेटौडामा अभिनन्दन गरिने भएकाे सम्मानित हुने भएका छन् । बुढ्यौली साहित्य समाज, मकवानपुरले थापालाई अभिनन्दन सहित सम्मानित गर्ने भएकाे हाे ।
समाजकाे दोस्रो वार्षिक उत्सवको अवसर पारेर थापालाई पल्पसा सदनमा हुने कार्यक्रममा अभिनन्दन सहित सम्मान गर्न लागिएकाे समाजका अध्यक्ष आरसी रिजालले जनाकारी दिए । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा समाजले मंसिर १७ गते शनिबार अभिनन्दन सहित, कृति विमोचन तथा रचना वाचन कार्यक्रम समेत गर्ने बताइएकाे छ ।

प्रीति आत्रेय ज्ञवाली
मनकारी मनले
अनपेक्षित ढङ्गले
सम्झिन्छ है आफ्नै रङ्गले ।
सन्तोषी होस् है मन
सुस्वस्थ रहोस् है तन
सधैँ सुखी होऊन् है जन ।
प्रकट गर्नैपर्छ
मुखले नै भन्नै पर्छ
“साइनो” नै काफी छैन र !
भावना नै काफी छ
मेरो यो मन साफी छ
यत्ति कुरा बुझे हुन्न र !
मन यो निःस्वार्थी छ
सबैको भलो चाहन्छ
समयले कता लैजान्छ ?
बुटवल हाल कम्बोडिया
शोभा शाह थापा
झरना हिमताल अनि नदीको तेज धार हुँ म ।
उजाडपछिको हरियाली वसन्त बहार हुँ म ।
वनमा फुल्ने गुँरास फूल भीरमा फल्ने सल्लो,
तराईको बाली लेकको जडिबुटी झार हुँ म ।
सुवास छर्ने कपुर वृक्ष यो धराको लागि,
देश दुश्मनको लागि तिरमिराउने खार हुँ म ।
न्यायलयको पवित्र गीता मन्दिरको घण्टी,
गीतमा बज्ने संगीतको मीठो झंकार हुँ म ।
महल झुपडीमा बल्ने दीप घाटमा जल्ने चिता,
सीमानामा चल्ने गोली खुकुरी तरवार हुँ म ।
दुरै बस नआऊ वर नचलाऊ मलाई,
व्यर्थै मर्न सक्छौ बिजुलीको नाङ्गो तार हुँ म।
हेटौंडा मकवानपुर