मकवानपुर / मकवानपुरका युवा कलाकार भूपेन्द्र रानाले अभिनयमा पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुर भिमफेदीका आशिष अस्लामीको स्वरमा तयार ‘तिम्रो माया’ बोलको गीतमा रानासँगै मकवानपुरकी रीता केसीले अभिनय गरेका हुन् ।
भूपेन्द्र र रीताले यस म्युजिक भिडियो मार्फत् मोडलिङमा डेब्यु गरेका हुन् । एजे टीम हेटौंडाका अजय वाइबाको निर्देशन एवम् सम्पादनमा भिडियो तयार पारिएको हो । मकवानपुरको दामन, चित्लाङ, राक्सिराङलगायतका क्षेत्रमा भिडियो छायांकन गरिएको जनाइएको छ ।
भिडियोको कथावस्तु भने गायक अस्लामीले नै तयार गरेका हुन् । भिडियोमा अस्लामीको समेत अभिनय रहेको छ । आफ्नो विशेष चाखको विषय रहेको भन्दै गायक अस्लामीले यो क्षेत्रमा निरन्तरताको लागि मेहनत गरिरहेको बताए । “मलाई सुझावसँगै हौसला पनि दिनुहोस्” गायक अस्लामीले भने ।
काठमाडौं । गायक दुर्गेश थापा यतिबेला आफ्नो एउटा गीतका कारण युट्युब नेपालको ट्रेन्डिङमा पहिलो नम्बरमा छन् । बिहीबार बेलुकी रिलिज गरिएको दुर्गेशको पप गीत आलुजस्तो गायक…अहिले युट्युब ट्रेन्डिङमा छ । गायक थापा यसलाई गीतभन्दा पनि आफ्नो गायनको अवस्थाको एउटा कथाको रूपमा व्याख्या गरेका छन् । आफूले गीत गाउन र मोडलिङ गर्न जानेकाले आफ्नो पछिल्लो पीडालाई यो गीतमा प्रस्तुत गरेको उनले बताए ।
गत महिना पत्रकार ऋषि धमलालाई एउटा टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा यी गायकले नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाए । अनि यम बरालको गीत भन्दै रामकृष्ण ढकालको गीत गाए । त्यसपछि उनले आलुजस्तो गायकको उपमा खेप्नुप-यो । जसका कारण आफू केही साता ट्रोलको सिकार बन्नुपरेको व्यथा पोख्दै उनले भने, ‘त्यसपछि त मेरो यति धेरै ट्रोल बन्यो कि केही दिन निकै तनाव झेल्नुप-यो । धेरैले मलाई आलुजस्तो गायक भनेपछि मैले मेरो गायनको यथार्थ दर्शक–श्रोतालाई बताउन आलुजस्तो गायक बोलको यो गीत ल्याएको हुँ ।’
लोकगायक तथा संगीतकार वसन्त थापाको शब्द, संगीत रहेको यो गीतमा आफ्नो गायन यात्राबारे खुलाएको पनि गायक दुर्गेशले प्रकाश पारे ।दुर्गेशको भनाइमा आधा दशकअघि मोडलिङ व्यस्त रहेको बेला उनले एउटा गीत गाए । त्यो लोक पप गीतलाई दर्शकले रुचाए । अनि उनको पाइला मोडलिङसँगै गायनतर्फ मोडियो । अझ त्यसपछि गायनमा बिस्तारै चर्चा कमाउँदै गएका दुर्गेशलाई गत वर्षको तीज गीत बिच्च बिच्चमाले भाइरल नै बनायो । यही गीतलाई प्रोमोस्नल गीतको दीपकराज गिरी र दीपाश्री निरौलाले छ माया छपक्कैमा पनि प्रयोग गरे ।
मैले आजसम्म गायनसम्बन्धी एक दिनको कक्षा पनि लिएको छैन । नायक बन्न काठमाडौं आएको मान्छे मैले मोडलिङबाट अभिनय यात्रा थालें र रहर पूरा गर्न गीत गाएँ ’
यसपटक तीजमा पनि दुर्गेशले बीच्च बीच्चमा २ र बीच्च बीच्चमा–३ गरी दुईवटा तीज गीत ल्याएर चर्चासँगै विवादमा पनि परे । यी दुई गीतको चर्चासँगै टेलिभिजनमा दिइएको अन्तर्वार्तामा सम्बन्धित कलाकारको नाममा अर्का कलाकारको गीत गाउँदा आफू विवादमा परेको दुर्गेशले खुलाए । उनले नजानेरै यस्तो गरेका हुन् त भन्ने हाम्रो जिज्ञासामा दुर्गेशले भने, ‘हजुरआमा अस्पतालमा सिरियस अवस्थामा हुँदाहुँदै ऋषि सरको अन्तर्वार्ता रद्द गर्न सकिनँ । थाहा भएर पनि सोही तनावमा दिएको अन्तर्वार्तामा अग्रज गायकहरूको एउटाको गीत अर्काको नाममा गाएछु ।’ तथापि, रामकृष्ण ढकाल, यम बराल, आलोकश्री, अन्जु पन्तजस्ता अग्रज गायक गायिकाहरूले आफ्नो गल्तीलाई पनि नकरात्मक रूपमा नलिई प्रोत्साहन गरेकोमा थप हौसला बढेको दुर्गेशले बताए ।
आफ्नो गायनयात्राबारे दुर्गेशले भने, ‘मैले आजसम्म गायनसम्बन्धी एक दिनको कक्षा पनि लिएको छैन । नायक बन्न काठमाडौं आएको मान्छे मैले मोडलिङबाट अभिनय यात्रा थालें र रहर पूरा गर्न गीत गाएँ ।’
गायक दुर्गेश थापाको भनाइमा दिवंगत अग्रज गायक धर्मराज थापाको गीत हरियो डाँडामाथि हलो जोत्ने साथीजस्ता थुप्रै गीत सुन्दै उनी हुर्किएँ । त्यसैले, उनले आफ्नो आलुजस्तो गायक गीतको प्रारम्भका हरियो डाँडामाथि गीतको केही अंश राखेका छन् । आफ्ना परिवारमा बुबाआमा, आफन्त कोही पनि गायक, गीतकार संगीतकार नभएको दुर्गेशको कथन छ । आफूले प्रकृतिबाट जे सिकेको हो, त्यही सिकाइको भरमा रहर पूरा गर्न गीत गाइरहेको पनि यी गायकले स्पष्ट पारे । दर्शकले नै आफूलाई आलुजस्तो गायक भनेर टीकाटिप्पणी गरे पनि हरेकपटक दर्शकको माया पाइरहेकाले गायनमा प्रोत्साहित भएको पनि दुर्गेशले बताए ।
आलुजस्तो गायकमा उनी पूर्ण आक्रोशित र दुःखी भावमा प्रस्तुत भएका छन् । हँसिलो स्वभावका यी गायकलाई आलुजस्तो गायक…गीतमा यो भावभंगिमा नृत्य निर्देशक शिव विकले प्रस्तुत गरेका रहेछन् । गीतमा अतिथि कलाकारका रूपमा अभिनेताद्वय पुष्पल खड्का र पल शाहले दुर्गेशलाई साथ दिएका छन् । ट्रोलको सिकार भएर फेरि गायनमा आउँदा आफूलाई यी दुई अभिनेताले एकै वचनमा गीतमा अतिथि कलाकारको रूपमा साथ दिएर हौसला बढाएको पनि यी गायकले स्पष्ट पारे ।
आलुजस्तो गायकको उपमा पाएपछि उनले चुनौती मोलेरै यो गीत ल्याएका रहेछन् । तर, टीकाटिप्पणी गर्दै आफ्नो कमजोरी केलाइदिएका दर्शकले आफूलाई अझै पनि त्यतिकै माया गरेको दुर्गेशले बताए । सोही कारण अहिले युट्युब नेपाल ट्रेन्डिङमा उनी पहिलो स्थानमा छन् ।
सोखका रूपमा गायनमा लागेको भए पनि समयअनुसार आफूलाई परिवर्तन गर्दै लैजाने यिनको कथन छ । अब उनी समय निकालेर संगीतसम्बन्धी केही समय अध्ययन गरेर आफूमा संगीतको ज्ञान बढाउने पक्षमा छन् । राजधानीबाट
काठमाडौं । मिस नेपालसमेत रहेकी सृष्टिले पनि म्युजिक भिडियोको मोडलिङमा आफूलाई व्यस्त बनाउन थालेकी छिन् । यही क्रममा उनले अभिनय गरेको ‘साँझ’ बोलको भिडियो बिहीबार सार्वजनिक भएको छ ।
भिडियोमा उनले निराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छिन् । रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, संगीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।
लकडाउन हुनुअघि अभिनेत्री श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता आएको छ ।
हेर्नुहाेस ‘साँझ’ काे म्युजिक भिडियाे
राजु आचार्य ‘दीप’
काउले चितवन
१
तिमीलाई हेर्दै गजल फुरेको याद छ
गजल सुन्न तिमीले कुरेको याद छ
म जत्तिकै नराम्रो भए नि माया गरि
एकोहोरो हेर्दै तृष्णा पुरेको याद छ
तिमी ओरालो झरी म उकालो चढी
पानी भर्दा धारामा भेट जुरेको याद छ
मकै र भटमास गुन्द्रुकको अचार पिरो
गफ गर्दै खाँदा खेरी तुरेको याद छ
सँगै जान्थ्यौँ जात्रा हेर्थ्यौँ सँगै शुक्रबार
शनिबार बनमा सँगै घुरेको याद आउँछ
२
मान्छेलाई भोकै पारेर पूजा हुन्छ ढुङ्गाको
कस्तो अन्धसमर्थन मान्छेहरूमा देवताको
कोही सन्तुष्ट देखिन्न मान्छेहरु आफैसँग
बारम्बार चर्चा किन हुन्छ आखिर सपनाको
कतै घुसको कुरा कतै हत्या बलत्कार छ
विश्वास कसरी गर्ने हाम्रा सरकारी अड्डाको
दुई वर्षमा घर ठड्यायो हेर्दा टोपी खस्ने
पक्कै जागिर हुनुपर्छ भन्सारतिर सुब्बाको
परिवर्तन आवश्यक छ घोषणा गर्न होइन
शिक्षितकै बाआमा लाउँछन् ल्याप्चे औलाको
३
तिमी मै पुरै मन लगाएर राख्छु
दिलैमा बगैंचा बनाएर राख्छु
सखीले भनेकी ठिकै छौ चमेली
मनैको कुनामा सजाएर राख्छु
सधैंको म प्यासी सधैंको उदासी
नसामा चपक्कै बगाएर राख्छु
कुनै पल पिरैमा परौली भने है
मिठा ती गफैले फकाएर राख्छु
रसैको यो चोला नबुझ्ने नबन्नू
देऊ साथ स्वादै चखाएर राख्छु
हेटाैंडामा “स्मृतिमा अप्सरा” वृत्तचित्र सार्वजनिक तथा श्रद्धाञ्जली कार्यक्रम (वृत्तचित्र सहित)
Tags: No Comments
मकवानपुर/ साहित्यकार अप्सरा तिम्सिना लम्सालको स्मृतिमा तयार पारीएको वृत्तचित्र “स्मृतिमा अप्सरा” सार्वजनिक गरिएको छ । आँचल साहित्य कला पुञ्जको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम तथा वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्र एनएस टेलीभिजनले तयार पारेको हो ।
भर्चुअल बसाईमा आयोजना गरिएको श्रद्धाञ्जली समारोह तथा वृत्तचित्र सार्वजनिक कार्यक्रममा साहित्यकार माया ठकुरीले अप्सराको स्मृत अझै ताजै रहेको बताउनु भयो । साहित्यकार अप्सराको रचना शत्तिको उच्च मुल्य रहेको बताउनु हुर्दै ठकुरीले भन्नुभयो “मोफसलमा रहेर उहाँले साहित्य सिर्जना, शिक्षण पेशा, परिवारक सामाजिक जिम्मेवारीबाट आफू समेत प्रभावित छु ।” “अप्सरा बहिनीले मलाई दिनु भएको उहाँका केही कृतिहरु मसँग अझै छन्, अब व्यक्ति हैन, पुस्तकालयलाई ति कृति उपलब्ध गराउने छु, उहाँको रचनालाई धेरैभन्दा धेरैले पढुन् भन्ने मेरो चाहाना सधैं रहने छ,” साहित्यकार ठकुरीले भन्नुभयो ।
साहित्यकार तिम्सिनाको स्वर्गारोहणपछि उहाँको स्मृतिमा तयार पारीएको वृत्तचित्रबाट उहाँलाई अझै चिनारी बढाएको कथाकार ललिता दोषिले बताउनु भयो । यसैगरी साहित्यकार तुल्सि थापाले सचेत सिर्जनशिल क्षमताकी धनि साहित्यकार अप्सराको साहित्यक भाषा अत्येन्तै मिठासपूर्ण भएको बताउनु भयो ।

कार्यक्रममा व्याङ्ग्यकार आर.सी चौलागाईं, साहित्यकारहरु उज्वल शर्मा भण्डारी,देवराज तिवारीलगातले उहाँको सपनालाई पूर्णता दिन सक्दा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो । रमाइलो व्यवहार, मृदुभाषी स्वाभव सधैं स्मरणमा रहेको उहाँहरुले बताउनु भयो ।
साहित्यसँगै उहाँको शिक्षण सिप पनि अति नै राम्रो भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका श्रीराम दाहालले बताउनु भयो । “उहाँले शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण योगदान गर्नुभएको थियो, स्थानीय संघसंस्थाहरुमा पनि उहाँको नेतृत्व रहेको थियो, आफ्नो तर्फबाट सके र भ्याएजति लगााब राख्ने स्वाभावको हुनुहुन्थ्यो” दाहालले भन्नुभयो ।
आँचल साहित्य कला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार निरा शर्मा, सुबास खनाल, दीपक गौतम, शान्तिप्रिय बन्दना, गणेशकुमार पौडेल, डीबि बर्तौलालगायतले साहित्यकार तिम्सिनाको अभावले मकवानपुर र सिङ्गो राष्ट्रको लागि अपुरणीय क्षति पुगेको बताए । वक्ताहरुले स्वार्गिय साहित्यकार तिम्सिनाको कृति रचनाहरुको बारेमा स्मरण गरेका थिए ।
उहाँको स्मरणमा आँचल साहित्य कला पुञ्जले “स्मृति ग्रन्थ” प्रकाशनको अन्तिम चरणमा पुगेको आँचलले जनाएको छ । साहित्यकार स्वर्गीय अप्सरा तिम्सिना लम्सालको जीवनीमा आधारित वृत्तचित्र हेटौंडाको युट्युब च्यानल एन.एस. टेलिभिजनले सार्वजनिक गरेको हाे । एन.एस. टेलिभिजनका सम्पादक महेन्द्र ओझाको छायाङ्कन/सम्पादन र कृष्ण मरासिनीको चित्र सजावट तथा सञ्चारकर्मी अच्युत घिमिरे बुलबुलको आवाज रहेको वृत्तचित्र यहाँ हेर्न सक्नुहुने छ :