१.
तुइन माथि अडिएको यस्तै रहेछ जिन्दगी त
बर्षाको नदी उर्लिएको जस्तै रहेछ जिन्दगी त
उसको मेरो पल्ला माथि दुबै तिर डोरी तान्दा,
माया अझ कस्सिएको मस्तै रहेछ जिन्दगी त ।
२.
जुधेकै छैन ति तिम्रा आँखा तर्काई किन भाग्छौ फेरि
सरेर त्यतै पछाडी पिठ्यु फर्काई किन भाग्छौ फेरि
प्यारका मधु भरिएका मदहोसमा लट्ठ प्याला ,
पिएकै छैनौ समाई तिमीले सर्काई किन भाग्छौ फेरि ।
३.
माया जीवनको मुख्य पाटो भई दियो
कहिले मिल्ती कहिले फाटो भई दियो
केही मेरो त केही उसको बर्षिएका धेरै,
एकएक प्रश्नको अर्थ लाटो भई दियो ।
४.
गल्ती भो म पाउ छुन्छु आउ तिमी पास मात्र
अलि सस्तो म नै हुन्छु बन तिमी खास मात्र
पहरा नै फोर्ने मेरा हातले फेरि छाती चिरी,
रुनु परे म नै रुन्छु अब तिमी हाँस मात्र ।
५.
कोहीका पेटमा छुरा चल्छन् मुखमा दुर्गा भवानी
बाहिर हाँसो भित्र चित्कार दु:ख सुखका खानी
मेरा मित्र सबै लाई डाकी सुनाउनु छ एक दिन,
जिउँदा मान्छेहरु बस्ने मुर्दा घरको कहानी ।
६.
हिजो आज शहरमा बन्द भएकी छु
बिर्को लाग्या जहरमा बन्द भएकी छु
बिपनी नै हो तर सपनी झैं लाग्ने,
खै कस्को रहरमा बन्द भएकी छु ।
७.
खुसी हुँदा लुटुक्क काखमा ढल्न सिपालु
रिस उठ्दा भित्र भित्रै जल्न सिपालु
गल्ति बाट उम्किन लाई साह्रै जिद्धी गर्ने,
चलाख कति मेरो मान्छे छल्न सिपालु ।
८.
दिन भुली अन्धकार चुने पछि के गर्ने हो
जूनताराका हिसाब सधैँ गुने पछि के गर्ने हो
सङ्गालेर राख्या माया अलिकता उसलाई मेरो,
छैन भन्ने झुट्टो खबर सुने पछि के गर्ने हो ।
९.
लेनदेन मायाको हिसाब आाम्दानी बढ्यो कि ?
सावा भन्दा व्याज तर्फ निगरानी बढ्यो कि ?
रोसनीले भरिपूर्ण मेरो यस्तो जिन्दगीमा,
उसकै माया उसकै खुसी मनोमानी बढ्यो कि ?
१०.
धुवाँको मुस्लो दन्किन थाल्यो आकाश छुदैछ
उर्लेर आयो बर्षाको खोलो बगर धुदैछ
सितल दिने छहारी बनि मिलेर बसेका,
वरले एक्लै छोडेर गयो पिपल रुँदैछ ।
- मिसु श्रेष्ठ
“लौ अझै उठेका छैनन् ? अनलाइन क्लास छैन? ल उठ उठ! के भो ? कि सन्चो भएन?”
सिरक तान्दै निधार छामिन्।
आफ्नो भन्दा त चिसै पाइन्। बरु दुई हप्ता अघिको आफ्नो ज्वरोको प्रभाव अझै बाँकी थियो। कोरोना प्रभावको बेला एक्कासि ज्वरो आउँदा केटाकेटी पनि आत्तिएका थिए। तातोपानी ,अौषधि, जडिबुटी गरेर धन्न केटाकेटीलाई सर्न बाट जोगाएकी थिइन्।
घर प्लाष्टरको काम , जिम्मा लिएको समयमा सकाउनै पर्ने फेरि काम नगरी चारोको जोहो पनि त हुँदैन । अरबमा गएका पति फर्केर अरबपति होइएला भन्ने थियो ।पोहोर कोरोनाले भेट्टाए देखि घरिघरि `बिरामी छुँ ´ भन्छन् , फर्केर आउन पनि यता कामको मेसो देख्दैनन्।´ कुरा खेलाउदै केटाकेटीलाई हकार्न थालिन् ।
“यत्रो लकडाउनमा अामालाई सघाउलान् भनेको! उठ!”
” ममी नकराउनु न , घरको काम धन्दा त सघाएकै छौँ नि ! तपाईंलाई आराम गर्नुस् भन्दा मान्नुहुन्न । किन जान्ने भएर छिट्टै खाना पकाउनु भएको त ? आज मजदुर दिवस अनलाइन क्लास हुँदैन । त्यसैले अलि ढिला सुतेको ।
तपाईं पनि काममा जान पर्दैन हैन ?
८घण्टा काम, ८ घण्टा मनोरञ्जन , ८ घण्टा विश्राम भन्छन् ´, हाम्री आमा चाहिँ ! न विश्राम , न मनोरञ्जन ! एकछिन फुर्सद नबस्ने ।” अलिबेर आराम गरे हुने नि हामी खाना बनाइ हाल्थ्यौँ।”
खाना पस्कन थालिन्।
” हैन ममी !आज मजदुर दिवस , बिदा हुदैन र? “
“को सँग बिदा लिने छोरी?”
” ठेकेदार सँग ।”
“उनले नि दुईचार पैसा कमाइ होला कि भनी दुई तीन ठाउँ एकै पल्ट काम लिन्छन् । समयमा नसके कामबाट हात धुनु पर्ला भन्ने पीर। बिचरा घर बनाउने ठेकेदार निम्नस्तर कै त हुन् नि!”
“साहुले बिदा दिदैनन् त? “छोरीको थप जिज्ञासा ।
“साहुले आफ्नो सम्पुर्ण धन – ऋण गरेर घर बनाउछन् , कसरी बिदा देलान् र? “
” एकदिनलाई कामबाट बिदा त देलान् तर ज्याला पाइदैन । ” बेलिबिस्तार लगाउँदै गइन् –
” हाजिर गरेर तलब पाउनेलाई त बिदाको महत्त्व होला । हामी ज्याला पाउनेलाई बिदा भन्दा सजिलै काम पाउने, श्रम अनुसारको ज्याला र सहज र सुरक्षित काम गर्ने वातावरण भइदिए पुग्थ्यो नि !
दोलखा, हाल काँडाघारी काठमाडौं
मकवानपुर । मकवानपुरे साहित्यकार तथा गीतकार बाबुराम न्याैपानेले रचना गरेकाे ‘म रोएर के भो र’ बाेल गीतकाे म्युजिक भिडियाे युबटुवमा हेर्न सकिन्छ । रेकर्ड भएर साँचाे एल्बममा समेटिएकाे गीत करिब १ बर्ष पहिले युबटुबमा सार्वजनिक भएकाे हाे ।
पेशाले ट्याक्सी चालक न्याैपानेले लेखेकाे तथा एल्बम साँचाेमा समेटिएकाे गीतलाइ सन्जय तुम्रोकले गायक छन् । गीतमा संगीत चोक गुरूङले दिएका छन् । संगीत संयोजक उदयराज पौड्याल रहेकाे गीतकाे म्युजिक भिडियाे सगीतकार गुरुङकाे अफिसियत युवटुव च्यानलबाट सार्वजनिक भएकाे हाे । गीत सार्वजनिक पश्चात खासै चर्चामा नआएकाे न्याैपाने बताउँछन् ।
न्याैपाने हाल पेशाले ट्याक्सी चालक हुन् । विगत १८ बर्ष देखि काठमाडाैमा बसाेबास गर्दै आएका न्याैपाने सुरुका २/३ बर्ष त्रीचन्द्र कलेजमा अध्ययन गर्थे । अध्ययन पुरा गर्न सँगसँगै लेवर काम गरेकाे न्यापाने बताउँछन् । त्याे पेशामा परिश्रम बढी गर्नु पर्ने भएकाेले सामान्य चिया नास्ता खाना होटेल चलाएका उनले साथी माधव भण्डारीसँग मिलेर प्राइभेट कम्पनी खोलेर चलाउने प्रयास गरेकाे बताउँछन् । तर सफल नभए पछी बिदेश जाने एक प्रयास गरेका उनले त्याे समेत बिफल हुँदा ट्याक्सी चालककाे पेशा सुरु गरेकाे बताए ।
काम गर्दा गर्दै देखे सुनेका,अनुभव गरेका र मनमा खेलिरहेको कुरालाइ सम्झना गरेर कामबाट फुर्सद पाउने बित्तिकै तुरुन्तै टिपिराख्ने र पछि करेक्सन गर्ने गरेकाे उनले ३/४ गित लेखिराखेको तर आर्थिक अभावमा रेकर्ड गर्न नसकेको सुनाए । साहित्यकाे अरु विधा मुक्तक तथा गजलमा पनि कलम चलाउने न्याैपाने मकवानपुरकाे हर्नामाडी एक्लेखेतमा जन्मिएर ज्याेति माविमा अध्ययन गरी धेरै संघर्ष पश्चात् हाल राजधानी काठमाडाै मै स्थायी बसोवास गर्न सफल न्याैपानेका रचनाहरु रेडियाे एफ एमहरुका कार्यक्रममा पहिले सुन्न सकिए पनि हाल समय नहुँदा राेकिएकाे उनले बताए ।
मेरो मनभित्रको मन
छोडी देऊ गुनासो गर्न
त्यो सेतो केशको तिमी
केश फुल्दैमा के भयो त !
रहरहरू फुल्न नदेऊ
इच्छा उमङ्गहरू झुल्न नदेऊ
कर्तव्यहरू भुल्न नदेऊ
अनि जोगाएर राख त्यो तिम्रो
ललाटको रातो टीकालाई
फुल्नदेखि जोगाऊ
किन कि !
कोही त छन् पक्कै पनि
तिम्रो टीकाको तारीफ गर्ने
मेरो मनभित्रको मन पनि त छ
तिम्रो टीकाको तारीफ गर्ने
यसैले,
छोडी देऊ गुनासो गर्न
त्यो मोटोपनको पनि
स्वास्थ्यलाई जोगाएर राख
तिम्रो शरीरलाई होइन
कोही त छन् नि पक्कै
तिम्रो सुन्दर मन बुझ्ने !
मिठो मुस्कान सुमधुर बोली र
तिम्रा हिँडाइमा रुझ्नेहरू।
यसैले !
छोड अब अनुहारको दाग छोप्न
कृत्रिम शृङ्गार त्यो मुहारमा रोप्न
खुल्न देऊ त्यो हाँसोलाई
ता कि
तिम्रो मुस्कान देखेर जल्नेहरू होलान्
जल्नेहरूलाई जल्न देऊ
शील- स्वभाव र गुणहरू देखी
भित्र भित्रै बल्नेहरूलाई
दनदनी बलिरहन देऊ।
यसैले अझ भन्छु सुन !
छोडीदेऊ आत्मा मारेर खान
नगर खानामा कटौती
नगर भोजनमा नियन्त्रण
सन्तुलित भोजन गर
जे मन लाग्छ खाऊ !
मनले जे भन्छ उसैमा रमाऊ
आत्मालाई सन्तुष्टी देऊ।
किनभने कहीँ कतै
कुनै आत्मा पक्कै छ
तिम्रो खुशीमा रमाउने !
तिम्रो हातमा हात राखी
वचन र व्यवहारमा
तिम्रो साथमा रही
सिर्फ तिम्रो खुशीमा खुशी भएर
तिमीसँग रमाउने।
यदी तिमी फुल्छौ भने
उसैको निम्ति फुल
उसैको निम्ति झुल
उसैको निम्ति हाँस
बांच या नाँच पनि।
हरेक मोडमा या गोरेटोमा
गल्ली गल्लिमा या बजारहरूमा
गाउँ, बस्ती र पाखाहरूमा
पँधेरा, पोखरी र झरनाहरूमा
लछेप्रै छन्
ती कृत्रिम अनुहार
रूप र जाली मनहरू
स्वार्थी तनहरू
र घमण्डले पुरिएर
मुखमा राम राम जप्दै
बगलिमा छुरा बोकी
तिम्रै वरिपरि घुम्नेहरूको ।
तर ! कोही न कोही छ ?
ती ठाउँबाट छुट्टै
भीडबाट चियाएर
कतै कुनामा बसी
तिम्रो खुशी र मुस्कानमा
रमाएर बस्ने
यसैले सक्छौ भने तिमी
त्यो अनुहार चिन
अनि शान्तिसँग भन
हो मैले तिमी जस्तै साथी
खोजिरहेथें।
हे मन !!
मकवानपुर । मकवानपुरका कवि एवम् गीतकार लक्ष्मण बाँनियाकाे लिरिकल भिडियाे गीत तिमीसँग हास्न सकिन सार्वजनिक भएकाे छ ।
श्याम कार्कीकाे युटुब च्यानलबाट गीतकाे लिरिकल भिडियाे गीत सार्वजनिक भएकाे हाे । गाेर्खाली गायिका इन्दु बाँनियाकाे स्वरमा रहेकाे तिमीसँग हास्न सकिन गीतलाइ गीतकार तथा सगीतकार वीवी अनुरागीले सगीत भरेका छन् । ‘आकास पनि सानैलाग्छ’ ‘दिल राजा दिलरानी’ लगायतका गीत गाइसकेकी इन्दुले आकास पनि सानै लाग्छ बाेलकाे गीतमा अवार्ड पनि पाएकी छन् ।
साहित्यकार तथा गितकार बानियाँ मकवानपुरको हर्नामाडी स्थित ज्योति माविमा करिब चार दशक शिक्षण पेशामा आवद्ध भइ सेवा निवृत्त हुन् । हेटाैडा १८ हर्नामाडी ठुलोदमार स्थायी निवासी बानियाँद्वारा लिखित रेकर्ड भएको यो दाेस्राे गीत हो । उनको फुटकर साहित्यक रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छ ।
यस अघी बाँनियाकाे ‘मेरो गीत यीनै पाखा पहरामा खोज’ कार्की कै युटुब मार्फत २०७७ साल माघ ९ गते शुक्रबार सार्वजनिक भएकाे थियाे ।