राम्रा मान्छेको पहिचान ढिलो हुन्छ ।
कुसोच माँझ हिड्न असजिलो हुन्छ ।
बेवास्ता गर्दै निरन्तर बढी रहेपनि,
छलकपट जहिलेपनि पहिलो हुन्छ
म छुँ भन्ने त भेटिन्छन् जतिपनि,
धोका पाउँदा मेरै आँखा गिलो हुन्छ
खुट्टा तान्ने,लडाउने सोच हावी छ,
मन खाने सबै कहाँ गतिलो हुन्छ
डटी रहन यात्रामा एक्लै निकै गारो,
सहयात्री बिना बाटो झन्झटिलो हुन्छ
खुशीको ख्याल गर्दा आफ्नाको,
ख्याल गर्ने मान्छे अन्तमा एक्लो हुन्छ ।
लेखनाथ, पोखरा
मकवानपुर । गायक पुरुषोत्तम दाहालकाे स्वर रहेकाे लेकमा मेराे घर छ बाेलकाे गीत सार्वजनिक भएकाे छ । मामा भान्जा इन्टरटेनमेन्ट युट्युव च्यानलबाट उक्त गीत तथा भिडियो सार्वजनिक भएकाे हाे ।
रचना तथा म्युजिक बैकुण्ठ घिमिरेकाे रहेकाे गीतमा एरेन्जर गोपी अधिकारीले गरेका छन् भने रेकर्डिङ मिक्सिङ र मास्टरिङ प्रकाश लामाकाे रहेकाे छ । एटीएफ इन्टरटेनमेन्टले अडियो र भिडियो तयार गरेकाे गीतकाे निर्देशन बैकुण्ठ घिमिरेले गरेका छन् । राम गौतमले सम्पादन गरेकाे म्युजिक भिडियोकाे सिनेमाटोग्राफी अनिल आचार्य (विन्दवासिनी फोटो स्टुडियो पयुटार) ले गरेका छन् ।
नुवाकाेटका दाहालले २०५९ सालबाट गायन यात्रा सुरु गरेका हुन् । यस अघि उनकाे बुटौल कोहलपुर (२०५९) मायालुको काठमाडौंमा घर(२०६२) नभन तिम्रो केहि दम छैन्न (२०६७ ) पातली पातली (पप गीत) लगायतका गीत सार्वजनिक छन् ।
भरतपुर, चितवन । चितवनको भरतपुरमा एक फरक लयमा साहित्यिक कार्यक्रमकाे तयारी गरिएकाे छ । साहित्यिक भूमि चितवनमा दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको लय गुन्जिने तयारी गरिएकाे हाे ।
गजल मञ्च चितवनको आयोजनामा २१ असार शनिबार भरतपुरमा रहेकाे चितवन माध्यमिक विद्यालयमा हुने ‘गजल उत्सव’ कार्यक्रममा ‘अग्रजका गजल’ सुनिने भएकाे हाे । समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक मञ्चमा ल्याउने उद्देश्यसहित गजल मञ्च चितवनले अग्रजका गजल कार्यक्रम आयोजना गर्न लागिएकाे मञ्च अध्यक्ष रामकृष्ण अनायास बताउँछन् ।
कार्यक्रममार्फत चितवनमा बसेर दुई दशकअघिदेखि गजल सिर्जनामा जीवन अर्पिएका अग्रज स्रष्टाहरूलाई फेरि साहित्यिक यात्रातर्फ फर्काउने भावनात्मक प्रयत्न गरिने आयोजकले जनाएकाे छ । ‘गजल सिर्जनामा कहिल्यै पनि नथाक्ने तर जीवनका परिस्थितिले केही समय मौन बस्नुपरेका अनुभवी गजलकारलाई मञ्चमा सम्मानका साथ प्रस्तुत गरिनेछ’ अध्यक्ष रामकृष्ण अनायासले भने, ‘जसले चितवनको गजल साहित्यको सुरुवाती स्वरलाई फेरि सजीव तुल्याउने अपेक्षा गरिएको छ ।’
‘कार्यक्रमको मूल सन्देश साहित्यको स्मृतिलाई वर्तमानमा झिकेर भविष्यसँग गाँस्ने र त्यसकाे माध्यम गजल बनेको छ जुन भावना, चेतना र कलाको संयोजन स्वरूप हाे’ अनायसले भने । गजल मञ्च चितवनका अध्यक्ष अनायास भन्छन् ‘गजल केवल लयात्मक रचना होइन, यो समय, समाज र आत्माको अभिव्यक्ति हो । जुन पुस्ता–पुस्ताबीच साहित्यिक सेतु निर्माण गर्न सक्छ ।’ अनायासका अनुसार अग्रज स्रष्टाको अनुभूति, दृष्टिकोण र शिल्पलाई पुनः प्रस्तुत गर्नु भनेको आजको पुस्तामा मूल आत्माको पुनर्संयोजन गर्नु हो ।
‘कतिपय स्रष्टाहरूको आवाज हराएको जस्तो लाग्छ, तर त्यो हराएको होइन, केवल हामी सुन्न छाडेका हौँ । अग्रजका गजल भनेको ती स्वरहरूलाई फेरि सुन्ने संवेदनशीलता हो, जसले हामीलाई आफ्नै साहित्यिक आत्मासँग पुनर्मिलन गराउँछ’संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष लेखराम सापकोटाले भने ।
कार्यक्रममा रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि !’, मञ्चका अध्यक्षसमेत रहेका गजलकार रामकृष्ण अनायासको ‘अनायास’ र गजलकार सरस्वती पौडेल को ‘प्रत्यूष’ गजलसंग्रह विमोचन हुने छ ।
कार्यक्रमलाई सेन्ट्रल कलेजले मुख्य प्रायोजन गरेको छ । प्रसिश मोडुलर किचनले सहप्रायोजन गर्ने कार्यक्रम सम्पूर्ण किताब नारायणगढको सहयोग रहने छ । कायाकैरन दैनिक, विप्स मिडिया, पारदर्शी अनलाइनलगायत मिडिया पार्टनरको रुपमा रहेका छन् । अन्य केही संस्थाले कार्यक्रमलाई आफ्नो उत्पादन सौजन्य समेत गरेका छन् ।
प्रवेश निःशुल्क रहेको यस कार्यक्रम शनिबार दिउँसो २:०० बजेदेखि सुरु हुने जनाइएको छ। आयोजकले यस अवसरमा चितवन तथा नजिकका गजल अनुरागी, पाठक, स्रोता र स्रष्टाहरूको उपस्थितिलाई ऐतिहासिक बनाइदिन आह्वान गरेका छन् ।
१.
बुद्धीमानको शिक्षा जीवनको मुल हो
हठी र दुर्गुणीलाई सम्झाएको भुल भो
असल र समझदारी निगाह प्राप्त गरि
शान्तिपूर्ण छ जीवन जिएको निर्कुल जो।
२.
बेईमानका मार्गहरू कठिन खराब हुन्छ
ईमान्दार आफन्तको बिच ठहराव हुन्छ
सोझा समझदारी को निगरानी भित्र
सुन्दर भविश्यको निर्माणमा चाव हुन्छ।
३.
जीवन खै कस्ले सिद्धान्तमा बुझेको छ
पहाडलाई धम्काउँदा धुँवा निस्केको छ
बिजुली चम्केर त्रासमा कुवा सुक्छ हेर
समयको सदुपयोग जगतले बिर्सेको छ।
४.
झुटासँग कपटपूर्ण वोईरो देखेको छु
दिमाग हेरन कौवाको धुईरो देखेको छु
बैरी धेरैनै भए तै हरेस खाईन मैले हेर्नु
डुब्दै गर्दा तैरन सकस पहिरो देखेको छु।
५.
घातक रुडी र तरवार बाट पनीत बचाउँनेछ
विजय दिने सल्लाहकार जिवीत सजाउँनेछ
झुटा मौलाउँदा आश्चर्य नमानौ पृयहरु हो
सत्यताको बिजय जुलुस विनित गराउँनेछ।
६.
बिग्रेका मती लाई सुधार्ने कडि पाईन्छ
धर्मिको आडभरमा सपार्ने छडि पाईन्छ
ज्ञान बुध्दिको भण्डार भरीपूर्ण नै हुन्छ
पापीष्ट स्वाहा खार्ने औषधि पाईन्छ ।
७.
धर्मिको धन सम्पति आयु बढ्छ सधैंभरि
पापिष्टको सबै डढेर वायु हुन्छ कठैवरी
ति मानिस धन्यका हुन जो आशिषत छ
हृदय निरास खेद पूर्ण स्नायु घट्छ लैतरी।
पोखरा
छोरी बाट बुहारी हुन्छौं घर फेरिन्छ ।
पहिचानको अन्त्य गर्दै थर फेरिन्छ ।
बुवा आमा सँगै हुदाँ उड्ने सपना,
चाहनाको बलि हुन्छ रहर फेरिन्छ ।
जुन जस्तै उज्यालो थियाे त्यो जिन्दगी
बादलुको जलप लाग्छ अधर फेरिन्छ ।
सागर झैँ एकैनासको जीवन नहुने,
खहरे झैँ जिन्दगी हो बगर फेरिन्छ।
मन मारेर मनैलाइ सम्झाई रहँदा,
घर ‘थर’ रहर सँगै नजर फेरिन्छ ।
सुर्योदय, इलाम