मकवानपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औ जन्मजयन्तीको अवसरमा रेडियो थाहा सञ्चार हेटौंडा ९९.६ मेघाहर्जले कवि सम्मेलनको आयोजना गरेको छ ।
देवकोटा जयन्तीको अवसरमा हरेक वर्ष जस्तै रेडियो थाहा सञ्चारले यस वर्ष पनि कवि सम्मेलनको आयोजना गरेको हो । कवि सम्मेलनमा मकवानपुरको २६ जना साहित्यकारहरुले रचना वाचन गरेका थिए । रेडियोले देवकोटा जयन्तीको अवसरमा आयोजित कवि सम्मेलनमा रेडियोको संस्थापक स्टेशन म्यानेजर शिव तिवारीलाई सम्मान समेत गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले महाकवि देवकोटाको जन्मजयन्तीमा रेडियो थाहा सञ्चारले गर्दै आएको कवि सम्मेलनले निरन्तरताकाे शुभकामना दिएका थिए । कार्यक्रमको सभाध्यक्ष रेडियो थाहासञ्चारको सन्चालक अरुणराज सुमार्गीले मकवानपुरको साहित्यको विकासमा देवकोटा जयन्तीको अवसरमा रेडियोले उर्जा थप्नको लागि कवि सम्मेलन गर्दै आएको बताए ।
कार्यक्रमा हयग्रिव आचार्य , कवि तथा समालोचक निमेष निखिल , मातृभुमिको सम्पादक देवराज खरेल, समालोचक घनश्याम घिमिरे, साहित्य सङ्गम मकवानपुरको अध्यक्ष अनिता न्यौपाने , मातृभूमि साहित्य समाजको अध्यक्ष माधव पोख्रेल, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, लेखक संघ मकवानपुरको अध्यक्ष छवि अनित्य, प्रलेस मकवानपुरको अध्यक्ष शान्ति प्रियवन्दना कविहरु पुरुषोत्तम आचार्य, एस लामा र केशव समर्पण लगायत साहित्यकारहरुकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौडामा नेपाली कांग्रेस साँस्कृतिक विभागको शुभकामना आदानप्रदान कार्यक्रम भएकाे छ । दीपावली, नेपाल संवत तथा छठपर्वको अवसर पारेर साँस्कृतिक विभागकाे आयोजनामा शुभकामना आदानप्रदान तथा बृहत चियापान कार्यक्रम गरिएकाे हाे ।
चर्चित सेलिब्रेटीहरुको उपस्थितीमा कात्तिक १७ गते बुधबार हेटौडामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, गायक सुगम पोखरेल, कृष्ण काफले,लोक गायिका राधिका हमाल लगायतका कलाकारकाे सहभागिता रहेकाे साँस्कृतिक विभाग मकवानपुरका प्रमुख शुसान्त कुमार श्रेष्ठले बताए । ।
शुभकामना आदानप्रदान तथा बृहत चियापान कार्यक्रममा कलाकारहरुले आआफनो प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएकाे श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा जिल्ला सभापति इन्द्रबहादुर बानियाँ आनन्दराम पराजुली रामकृष्ण काेइराला लगायतकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालसहितको टिमलाई सम्मान गरिएको थियो ।
मकवानपुर । हेटौंडामा नेपाली कथानक चलचित्र ‘चोरपुलिस’ प्रर्दशन हुने भएको छ । चलचित्र ‘चोरपुलिस’ आउँदाे कार्तिक २५ गते हेटौंडाको ओम्याक्स हलमा पहिलाे पटक विशेष प्रदर्शन शुरु गरिने भएकाे हाे ।
बुधबार हेटौैैंडामा पत्रकार सम्मेलन गर्दै चलचित्र दिउँसो १२ बजे देखि ३ बजेसम्म र ३ बजेदेखि ६ बजेसम्म गरी दुई सो प्रदर्शन हुने बताइएकाे छ । चलचित्रमा बुद्धि तामाङ (हैट) जयकिशन बस्नेत, सोभित बस्नेत, राजेन्द्र खड्की, जयनन्द लामा, जयन्ति बस्नेत, सुलेमान शंकर (इकु) लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको बताइएको छ ।
हेटौडाबाट बिशेष प्रदर्शन शुरु गरि चलचित्रलाई चाडै नै नियमित प्रदर्शनमा ल्याउने निर्माण युनिटले जनाएको छ । आर सोनाम मुक्तान, लंका माया मुक्तानको निर्माणमा बनेको चलचित्रलाई आर एल लामाले निर्देशन गरेका हुन् । चलचित्रमा आर एल लामाको कथा तथा पटकथा, रामेश्वर हुमागाईको छायांकन, बिकास चौधरीको संगीत, राजु किरातीको द्वन्द, अजय स्याङ्तानको नृत्य निर्देशन, तारा थापा किम्मेको सम्पादन रहेको छ ।

हिक्क हिक्क गरी बाटो हेर्ने यी परेली सम्झेर
बारीको मखमली,सयपत्री र बेली ~ सम्झेर
धेरै वर्ष भयो निधार अनि गला नसजाएको
यो तिहारमा त आऊ है दाजु चेली सम्झेर ।
काठमाडौं

गाउँ सहर जताततै झिलीमिली बत्ती बलेको छ
तिहारको रमझम छ खुशीको प्रहर चलेको छ
तिहारको यो रमाइलो बेला,फूलैफूलको छ मेला,
घरघरमा उत्सव छ, मनमा हर्ष र उमङ्ग फलेको छ।

तिहारको सन्देश छर्दै कौवा डुल्या छ
मिठो मिठो खानपाई कुकुर भुल्या छ
गाईको पूजा ,लक्ष्मीपूजा ,भाइटीकालाई
आँगन डिलमा नानाथरी फूल फुल्या छ।
लक्ष्मीपुर इलाम

खुशी लाग्थ्यो एक कल फोन सुन्न पाए त
दाजुभाईको ममता नै उत्कृष्ट चुन्न पाए त
दाजुभाई दिदीबहिनी सबै भेला भई
तिहार आउँदा मखमली फुल उन्न पाए त ।
राम्दी पाल्पा हाल पाेर्चुगल

मखमली फूलको माला , उन्दै हौली बहिनी
दाई आउने मैना दिन , गुन्दै हौली बहिनी
विन्ती छ प्यारी बैनी , मुर्छा परी नरुनु
छुट्टि पाईन खबरमा , सुन्दै हौली बहिनी ।
सिरानचोक ३ गोरखा

सवाल
यसपालीको तिहारमा घर आउने कि कसो
रमाइलो गर्दै देउसी गित गाउने कि कसो
दिदिबहिनीहरु बाटो हेरेर बसेका छ्न
आशिर्वाद सङ्गै सप्तरङ्गी टीका लाउने कि कसो ।
जवाफ
हे मेरी आमा चिन्ता नगर्नु एक दिन अवश्य आउनेछु
साथीभाइ सङ्ग रमाइलो गर्दै देउसी गित गाउनेछु
पीर चिन्ता नगर्नु भनी सम्झाउनु मेरि दिदिबहिनी हरुलाई
अर्को बर्ष आएर आशिर्वाद संगै सप्तरङ्गी टीका लाउनेछु ।

१.
पूर्व क्षितिजमा लाली छर्दै सूर्यको किरण छरिन थाल्यो
तिहारको रमझम सम्झदै खुसीले मन भरिन थाल्यो
सुख शान्ति समृद्धि सबैमा शुभेच्क्षाको कामना गर्दै
ओखर कटुस बिमिरो टीका मालाको जोहो गरिन थाल्यो ।
२.
आउन आइहाल्यो तिहार सम्झिएर रून्छु
खाली हुन लाग्यो यो निधार सम्झिएर रुन्छु
परदेशको जिन्दगी यसरी बिताउन पर्दा
भाइ दिदीसँगको मधुर पियार सम्झिएर रून्छु ।
काठमाडौं हाल मिजौरी अमेरिका

आँगनको डिलमा सयपत्री फूल फुलेको याद आयो
खेतका आलिमा धानको बाला झुलेको याद आयो
तिहारको बेला खेलिन्थ्यो देउसी साथि-भाई मिलेर
औँसिकोरात झिल्मिली बत्ति सँगै डुलेको याद आयो।
उदयपुर चौ.न.पा.३ बसाहा
हाल दोहा कतार

१.
जतिजति पछि भयो त्यतित्यति नयाँ चलन चल्न थाल्यो
हुनेको घर झिलिमिली हुँदा नहुनेको मन जल्न थाल्यो
तिहार सदियौँदेखि उल्लास ल्याउने चाड भएर पनि
विकृति भित्राउँदै मान्छेले संस्कार रीत छल्न थाल्यो ।
२.
फूलमा जस्तो गुन होओस्
मन बौरिने धुन होओस्
सर्वत्र बहार ल्याउने
तिहार दिव्य जून होओस् ।
बुढानिलकण्ठ, काठमाडाैं

मखमली सयपत्री उन्ने नहुदा खल्लो हुन्छ
आफ्नो मनको कुरो सुन्ने नहुदा खल्लो हुन्छ
तिहारले माइती चेली सम्झना दिलाउछ
सप्तरङ्गीमै सम्बन्ध बुन्ने नहुदा खल्लो हुन्छ ।
हेटौंडा, मकवानपुर

दिपावली पर्वमा खुसी छाओस् सद्भावना
सबैको जीवनमा समृद्धि आओस् चाहाना
धनधान्यकी देवी लक्ष्मीमाताको आगमनले
सम्पूर्ण नेपालीको पीडाहरु भागोस् प्रार्थना ।
काठमाडाै

ओइलिएर मखमली पनि जाने भो खेर तिहारमा
आउन नपाइने भो बहिनी म घर फर्केर तिहारमा
देंउसीभैली भाइटीका रोटेपिङ्ग आँखाभरि सम्झिँदै
बसेछु रित्तो मन रित्तो निधार लिइ रोएर तिहारमा ।
लमजुङ (हाल बेलायत)