मकवानपुर । साहित्यकार माधव बहादुर पोख्रेलको नाट्य कृति ‘ऐनाभित्रको आकाश’ विमोचन गरिएको छ । शनिबार हेटौंडामा मातृभूमि साहित्य समाजले कार्यक्रम आयाेजना गरी पाेख्रेलकाे ‘ऐनभित्रको आकाश’ विमाेचन गरेकाे हाे ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष समेत रहेका पोख्रेलको कृति ‘ऐनाभित्रको आकाश’काे सम्बन्धमा प्राध्यापक तथा साहित्यकार नीरा शर्मा र प्राध्यापक तथा समीक्षक घनश्याम घिमिरेले समीक्षा गरेका थिए । ‘ऐनभित्रको आकाश’ को प्रकाशन मातृभूमि साहित्य समाजले गरेको हो ।
‘ऐनभित्रको आकाश’ विमोचन कार्यक्रम मातृभूति साहित्य समाजका उपाध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता तथा कलाकार रमेश बुढाथोकीको प्रमुख आतिथ्यता र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको आतिथ्यता रहेको थियो ।
‘ऐनाभित्रको आकाश’ पोख्रेलले तेस्रो कृति हो । यसअघि पोख्रेलको नाट्य कृति ‘आकांक्षाको चिता’ २०६९ सालमा प्रकाशित भएको छ भने कविता संग्रह ‘रित्तिएको गाउँ’ २०७० सालमा प्रकाशित भएको थियो ।
डा. दिव्य- प्रियंवदा
१.
यतिखेर आकाश खुलेको छैन
केहीमा पनि मन भुलेको छैन
पतझडको साम्राज्य चलेको छ
कुनै प्रेमको कुसुम फुलेको छैन ।
२.
आफै बर्बाद भएँ अतीव प्रेमको चाह हुनाले
जो सित थियो उसैको पहिल्यै विवाह हुनाले
आवाद बर्बाद नश्वर हो भ्रम हो बुझ्न खोज्दा
सकिन मनमा विरह दावानलको दाह हुनाले ।
३.
जीवनमा सबैथोक भुलेर मन चिल हुन खोज्छ
तर दुखेको घाउ पुरानो भएर खील हुन खोज्छ
नचाहेर पनि यादमा रहन्छन् दुखाउने मायाहरू
अब घोच्ने सुइरा झिक्दै मन हील हुन खोज्छ ।
४.
मैले त हृदयभित्र राखेकी थिएँ
मुटुको ढुकढुकीमा छामेकी थिएँ
तर्र कसरी तिमी डिल फोरेर झर्यौ
दृगमा बलियो बाध बाधेकी थिएँ ।
५.
कपालको रङले उमेर जाहेर गरेको बेला
नश्वर मायाले मनमा वैराग्य भरेको बेला
तिमी माया नै मायाको कुरा गर्न न आउनू
प्रकाशले डोरीमा सर्पको भ्रम हरेको बेला ।
काठमाडाै
सुमन सुशीला
श्रीमतीसगै विदेशबाट आमालाई नि उपहार आओस ।
म चाहान्छु गरिबले कारोबार गर्ने छुटै बजार आओस ।
बाआमा बृदाआश्रम छोडेपछि छोरो फोनमा भन्दै थियो
इमानदारिता साथ पूरा गर्छ जस्तोसुकै जिम्मेवार आओस ।
फेरियोस अब भोका बस्तिका दयनिय अवस्थाका कथाहरु
गरिबको मुहारमा हाँसो ल्याउने कुनै सरकार आओस ।
तिमी महिनौसम्म बेखबर हुँदा लाग्छ खुददुली लागिरहन्छ
हरेक बिहान अखबारसँगै तिम्रो छुट्टै समाचार आओस ।
इलाम
शारदा क्षेत्री
भन्छन् माया र मौसमको केहि भर हुन्न रे
कुनबेला चुहिने छुट्टने हाे ठहर हुन्न रे
घामछाँया जस्तै सर्छन नयाँ खोज्दै प्रेममा
अटल राख्नु पर्छ भन्ने सोच अनि कर हुन्न रे ।
अलकति त्यो मनमा रमाउन देउन साथी
थोरै थोरै खुसि समाउन देउन साथी
दु:ख सुख साट्नको लागि बन्ने हो आफ्नै
ढल्नै लागेको जिन्दगी थमाउन देउन साथी ।
घाईते छ मुटु मेरो यसको बिमा छैन कुनै
किस्ता किस्तामा लाग्ने चोटको सिमा छैन कुनै
सम्झी सम्झी दुखि हुदै बस्नु पर्छ पलपलमा
यो दुई दिनको जिन्दगीको जिम्मा छैन कुनै ।
भरतपुर चितवन हाल अमेरिका न्युयोर्क
मकवानपुर । मकवानपुरका कवि एवम् गीतकार लक्ष्मण बाँनियाकाे शब्द तथा संगीत रहेकाे म कहाँ खाेजु गीतकाे भिडियाे सार्वजनिक भएकाे छ ।
रवि मल्लकाे युटुब च्यानलबाट सार्वजनिक भएकाे गीतमा सुरेश बजगाईंकाे स्वर रहेकाे छ । बानियाँद्वारा लिखित रेकर्ड भएको यो तेस्राे गीत हो । माघ १९ गते युटुबमा सार्वजनिक म कहाँ खाेजु गीतकाे एरेन्ज दिक्षीत पाैडेल, मिक्सिङ चन्द्र चाैधरी, रेकर्डिक्स अजय कार्की रहेका छन् । गीत एकाउस्टिट स्टुडियाे नक्शालमा रेकर्ड भएकाे हाे ।
मकवानपुरको हर्नामाडीका साहित्यकार तथा गितकार बानियाँ करिब ४ दशक शिक्षण पेशामा आवद्ध भइ सेवा निवृत्त शिक्षक हुन् । यस अघी बाँनियाकाे ‘मेरो गीत यीनै पाखा पहरामा खोज’ तथा ‘तिमीसँग हास्न सकिन’ लिरिकल भिडियाे श्याम कार्कीकाे युटुब च्यानलबाट सार्वजनिक भएकाे थियाे ।
उनको फुटकर साहित्यक रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छ ।