मकवानपुर । अहिले देशको पूर्वी भु-भागमा न्यून चापिय रेखाको प्रभाव रहेकोले प्रदेश नं १ तथा प्रदेश नं २ का केही भु-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा आंशिक बदली रही बर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै देशकाे बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ।
बैशाख १४ गते मगलबार प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान विभागले जानकारी दिएकाे छ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना समेत रहेकाे विभागकाे पूर्वानुमान छ ।
बैशाख १५ गते बुधबार प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
२०७८ बैशाख १६ गते बिहीबार देशकाे तराईका भु-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
यसैगरी देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने संभावित असरहरु बाट बच्नका लागि आवश्यक सतकर्ता अपनाउन पनि विभागले भनेकाे छ ।साथै विभागले पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध समेत गरेकाे छ।
मकवानपुर । मकवानपुरमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको सन्दर्भमा यसकाे नियन्त्रणकाे लागि थप निर्णय भएकाे छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले जिल्लाको सुरक्षा ब्यवस्था कडाई गर्ने लगायतका ८ निर्णय गरेको हो ।
बैठकले जिल्ला भित्र रहेका पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द गर्ने, विद्यालय,कलेज,टुयसन सेन्टर लगायत शिक्षण संस्थाहरुमा भौतिक रुपमा उपस्थित भई संचालन हुने पठनपाठन तथा सबै परिक्षाहरु बन्द गर्ने, होटल, रेष्टुरेन्ट, रिर्सोटहरुमा हुने बिवाह, ब्रतबन्ध, जन्मउत्सब लगायत भिडभाड हुने कार्यक्रमहरु पुर्णरुपमा रोक लगाईने, हेटौंडा बजार क्षेत्रको फुतपातमा हुने सबै किसिमका ब्यापार पुर्णरुपमा बन्द गर्ने निर्णय गरेकोे छ ।
यसैगरि बैठकले जिल्लामा संचालनमा रहेको विभिन्न किसिमका ब्यापार ब्यवसायहरु आलोपाले गरी संचालन गर्ने र हेटौंडा–१० स्थित बसपार्कमा रहेको तरकारी बजार, माछामासु बजार, खोपेगल्लीमा रहेको तरकारी बजार बिहान ४ बजे दखी बिहान ८ बजे सम्म मात्र संचालन गराईने निर्णय गरेको गरेको छ । साथै जिल्लाभर निर्माण भएका आइसोलसन सेन्टरहरु पुन संचालन गरिने निर्णण समेत गरिएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले साेमबार सूचना जारी गरी स्थानीय तह अनुसार अलग अलग दिन सेवा प्रवाह गर्ने समेत निर्णय गरेकाे छ ।


मकवानपुर । नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ४२ जना र ८ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७८ जना काेराेना संक्रमण निको भएका छन् । याे सँगै काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । हाल नेपालमा २२ हजार ४ सय ३४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय ७६ पुगेको छ मन्त्रालयले जनाएकाे छ।
मकवानपुर । मकवानपुर जिल्लामा सञ्चालनमा रहेका पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द गरिने भएको छ । कोरोना संक्रमणको जोखिम बढेसंगै बैशाख १४ गतेबाट अनिश्चितकालको लागि पार्टी प्यालेसहरु बन्द गर्ने निर्णय जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेकाे छ ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरले केन्द्रको बैठक निर्णय सार्वजनिक गर्दै बैशाख १४ गतेबाट जिल्ला भित्रका सम्पूर्ण पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ । यसैगरि बैठकले जिल्लाका सबै स्थानीय तहमा पिसिआर र एन्टीजेन परीक्षण अनिर्वाय बनाउन परीक्षणको योजना तयार गरी परीक्षणका दायारा विस्तार गर्न सबै स्थानीय तह र स्वास्थ्य कार्यलय मकवानपुरलाई दिने निर्णय गरेको छ ।
बैठकले दक्षिणी नाकाबाट मकवानपुर प्रवेश गर्ने यात्रुहरुको हेटौंडा बसपार्कमा ज्वरो नाप्ने परीक्षण गर्ने,साबुनपानीले हात धुन लगाउने,मास्क र सेनिटाइजर प्रयोग गर्न लगाउने निर्णय गरेको छ ।

मकवानपुर । मकवानपुरमा आइतबार थप २३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । आइतबार गरिएको ५४ जनाको स्वाब पीसीआर परीक्षणमा २१ जनामा र ९ जनाको एन्टीजेन परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेमा १९ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने भीमफेदी र मकवानपु्रगढी गाउँपालिकाका १/१ जना रहेका छन् । जसमा १ जना एम्बुलेन्स चालक समेत रहेक छन ।
यस्तो छ रिपोर्ट :
