मकवानपुर । ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ७५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख २ हजार ३ सय २२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २७ जनालाई २ हजार ७ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार २ सय ६६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ७२ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ८ हजार २ सय ३२ जनालाई सचेत गराइएको छ ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भदौ २२ गते मंगलबार सार्वजनिक विदा हुने भएकाे छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले सोमबार सूचना जारी गर्दै चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा मगलबार सार्वजनिक विदा दिने जनाएका हुन् । चेपाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकामा छोनाम न्वागी पर्वलाई महत्वका साथ मनाउने गरिएको सूचनामा उल्लेख गरिएकाे छ ।
न्वागी पर्व कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड एवम् भौतिक दुरी कायम गरी भिडभाड नगरी मनाउन अध्यक्ष मल्लले आग्रह समेत गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेताको जिम्मेवारी बाँडफाँड गरेको छ । एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा नेताको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरिएको छ ।
पार्टीले सात सदस्यीय स्थायी कमिटी गठन गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेपछि स्थायी कमिटीमा रहेका नेता एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीमा राखिएको छ । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल स्थायी कमिटी सदस्य रहेका छन् ।
यस्तै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि डा. बेदुराम भुसालको संयोजकत्वमा सचिवालय गठन भएको छ । सचिवालयको सदस्यमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका छन् । पार्टीको प्रचार विभाग प्रमुख एवं प्रवक्तामा जगन्नाथ खतिवडा चयन भएका छन् ।
यसैगरी पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी डा.गंगालाल तुलाधरलाई दिइएको छ । एकीकृत समाजवादी पार्टीले प्रदेशको पार्टी कामलाई संयोजन गर्नका लागि प्रदेश इन्चार्ज समेत तोकेको छ ।
प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बाग्मती प्रदेशमा केदार न्यौपाने गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकिएको छ । सुदूरपश्चिम प्रदेशको इन्चार्जपछि तय गरिने अध्यक्ष नेपालद्वारा जारी अपानीमा उल्लेख गरिएको छ ।
यस्तै उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश कमिटीको इन्चार्जमा विजय गुरुङ, मोर्चा इन्चार्जमा डा. विजय पौडेल चयन भएका छन् ।
प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद शाह, अदालत र निर्वाचन आयोगसम्बन्धी काम हेर्ने जिम्मेवारीमा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई तथा संसदीय कामको जिम्मेवारीमा विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई जिम्मेवारी दिइएको छ ।
दस्तावेज मस्यौदा कमिटी गठन
यसैगरी अपानीमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजको मस्यौदा गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकतत्वमा मस्यौदा समिति गठन भएको छ । निकट भविष्यमा आयोजना गरिने पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनलगायतका दस्तावेज मस्यौदा दस्तावेज मस्यौदा कमिटी गठन गरिएको छ ।
समितिको सदस्यमा डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक रहेका छन् । यसै समितिले तयार गरेको दस्तावेजअनुसार निर्वाचन आयोगमा पेस गरिएका दस्तावेज समेत परिमार्जन गर्ने काम गरिनेछ ।
पार्टी गठनको यस्तो छ कारण
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई निरंकुश एवं स्वेच्छाचारी प्रवृत्ति, व्यक्तिवादी अहंकारवाद, गुटबन्दी र दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाउन र क्रान्तिकारी धारको रक्षा एवं विकास गर्नका लागि यसको पुनर्गठन र रूपान्तरण गर्ने उद्देश्यले गरिएको ऐतिहासिक विद्रोहबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को उदय भएको छ’ एकीकृत समाजवादीले अपानीमा उल्लेख गरेको छ ।
नेकपा (एमाले) को २०७१ साल असारमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले मुलुकमा आएको राजनीतिक परिवर्तनमा टेकेर समाजको आर्थिक–सामाजिक एवं सांस्कृतिक रूपान्तरण गर्दै समाजवादका आधार निर्माण गर्ने कार्यदिशा तय गरेको थियो । तर, उक्त महाधिवेशनबाट पार्टीको केन्द्रीय अध्यक्षमा निर्वाचित केपी ओलीबाट महाधिवेशनको दिशानिर्देशअनुरूप काम नभएको आरोप लगाइएको छ ।
ओलीले पार्टीका नीति, सिद्धान्त र विचार सबै परित्याग गरेको आरोप एकीकृत समाजवादी पार्टीले आरोप लगाउँदै पार्टीलाई विधि र पद्धतिअनुसार होइन स्वेच्छाचारी ढंगले चलाएको उल्लेख गरेको छ ।
कम्युनिस्ट पार्टी नीति प्रधान हुनुपर्नेमा नेता प्रधान बनाएको र व्यक्तिवादी अहंकारवाद हावी भएको निष्कर्ष एकीकृत समाजवादी पार्टीको रहेको छ । पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलमा धकेल्दै लगिएको, आफूहरूले उक्त गलत विचार र व्यवहारविरुद्ध अन्तरपार्टी संघर्ष चलाउँदै अध्यक्ष नेपालले जनाएका छन् ।
‘२०७५ जेठ ३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बिच एकता गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गठन गरिएको थियो । त्यस पार्टीका दुई अध्यक्षमध्ये एक केपी ओलीले फेरि पनि पार्टीलाई नीति र विधिअनुसार नचलाउने र दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने र व्यक्तिवादी ढंगले चल्ने कार्य नै गरिरहे’ अपानीमा भनिएको छ, ‘दुई ठूला कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गरी चुनावमा गएको हुनाले करिब दुई तिहाइ बहुमतको सरकार बनाउने अवसर प्राप्त भएको थियो । त्यस अवसरलाई देश विकासको महाअभियान सञ्चालन गरी समाजवादका आधार निर्माण गर्ने अवसरका रूपमा प्रयोग गर्नुपर्दथ्यो । तर, उक्त जनमतका आधारमा प्रधानमन्त्री बनेका केपी ओलीले जनताको अपेक्षा र पार्टी नीतिअनुसार कुनै पनि काम गरेनन् ।
ओलीले निर्वाचनमा प्राप्त सफलताको सम्पूर्ण श्रेय आपूmले लिने, निर्वाचनबाट उनले सम्पूर्ण अधिकार एक जना व्यक्ति अर्थात् आपूmमा मात्र रहेको ठान्न थालेको आरोप लगाइएको छ । तर, आफहरूले पार्टी नीति र जनअपेक्षाअनुसार सरकार सञ्चालन गर्न बारम्बार आग्रह गर्दा पनि नसुनेर उल्टो तरिकाले चल्ने काम ओलीबाट भयो ।
नेपाली कम्युनिस्ट आन्दोलनको एउटा नयाँ मोड र चरणमा प्रवेश गरेको उल्लेख गर्दै एकीकृत समाजवादीले अहिलेको नयाँ चरणमा नेपाल कम्युनिस्ट पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिका उपलब्धिको रक्षा गर्दै अझ अगाडि बढाउनुपर्ने दायित्व आपूmहरूको काँधमा आएको निष्कर्षमा पुगेको छ । राजधानी दैनिकमा प्रकाशित समाचार साभार
मकवानपुर । भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको नेपाल भारतकाे दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
भारतले खेलको ६२ औँ मिनेटमा फारुक चौधरीको गोलबाट अग्रता लिएको थियो। त्यसपछि भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको ८७ औँ मिनेटमा नेपालका तेज तामाङले एक गोल फर्काए।
साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो। यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो।
यसै बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गरेका छन् ।
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले भदाै २३ गते बुधवार सङ्घीय संसद्को दुबै सदनकाे अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा आउँदाे बुधवार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनकाे अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । शनिवार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयले शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८र५र१९ को सिफारिसमा संवत् २०७८ साल भदौ २३ गते बुधवारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।’
