मकवानपुर । बरिष्ठ पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ बजारमा आएको छ ।
अल्पसंख्यक चेपाङ, बनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति सांग्रीला पब्लिकेशनले प्रकाशन गरेको हो । पुस्तक असार ३२ गते शनिबार हेटौंडामा औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।
२०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध भएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए ।
२०५२ सालमा वनमै रहेका बनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र बनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ ।
चेपाङ, बनकरिया र गाडी बोक्नेको विषयमा तीन खण्डमा पुस्तकलाई विभाजन गरिएको उल्लेख गर्दै विष्टले भने,‘यो विशेषगरी चेपाङ र बनकरिया समुदायको विषयमा सुरुवातदेखि नै लेखिएको समाचारहरुकै एकीकृत आकारको रुपमा रहेको छ । यो एउटा दस्तावेज हो ।’ चेपाङ र बनकरिया समुदायका समस्या नै समस्याको कथाहरु समेटिएको विष्टले बताए ।
विष्टको यो पहिलो कृति हो । कान्तिपुर दैनिकका लागि मकवानपुर जिल्लाबाट समाचार लेख्ने विष्ट वरिष्ठ सहायक उपसम्पादक हुन् । कान्तिपुरमा आवद्ध हुनुअघि विष्ट हेटौंडाबाट प्रकाशित हुने कुराकानी साप्ताहिक र काठमाडौंबाट प्रकाशित हुने योजना साप्ताहिकमा आबद्ध थिए ।
पुस्तक सार्वजनिक गर्ने कार्यक्रम बागमती प्रदेश सरकारका मन्त्री सन्तबहादुर चेपाङ, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माबाट संयुक्तरुपमा हुनेछ ।
मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार चट्याङ लागेर तथा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।
मकवानपुरको बागमती गाउँपालिका गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा १ जनाको मृत्यु छ भने बकैया गाउँपालिकामा पानी तान्ने मोटर जोड्न खोज्दा करेन्ट लागेर १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
बुधबार जिल्लाको बागमती-४ पाँचपाण्डवमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।
उनका अनुसार बागमती-१ करौंजेबाट झुरझुरेतर्फ जाँदै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाईकलको पछाडी सवार स्थानीय २२ वर्षीय दिब्यप्रकाश राईको मृत्यु भएको हो ।
यसैगरि,मोटरसाईकलका चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुरको बकैयामा रोपाइँ गर्न खेतमा पानी लगाउन पानी तान्ने मोटर जोड्न खोज्दा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
बुधबार जिल्लाको बकैया ६, गोवरस्थानका स्थानीय ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए । शवलाई पोस्टमार्टमको लागि हेटौंडा ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्ने क्रममा अर्थमन्त्री शर्माले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघि जेठ १४ गते मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि शर्माले राजीनामा दिएका हुन् ।
छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको शर्माले जानकारी दिए । छानबिन समिति गठनको स्वागत गर्दै समितिकाे प्रतिवेदन स्वीकार्य रहने पनि उन्ले बताए ।
एमालेसहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।
मकवानपुर । संघीय सरकारले प्रदान गर्ने बजेट उपलब्धतामा ढिलाई हुंदा अस्पतालको सेवा प्रवाह समस्या भएको बताईएको छ ।
हेटौंडा अस्पताल विकास समिति अध्यक्ष राजेश प्रसाइले यस्तो बताएका हुन् । अस्पतालले बर्षमा १४ करोड बराबरको कारोवार गर्ने र हाल ९ करोड रुपियाँ संघीय सरकारबाट रोकिदा समस्या भएको प्रसाईले बताए । अस्पतालको बारेमा व्यापक जनगुनासो आएपछि अनुगमनमा पुगेका हेटौंडा उपमहानगरपालिका नगर प्रमुख र उपप्रमुखसंग प्रसाइले यस्तो बताएका हुन । संघीय सरकारबाट आउनुपर्ने पैसा आए सेवा र जनगुनासोलाई व्यवस्थापन गर्न सकिने उनले बताए ।
अहिले अस्पतालमा स्वास्थ्य बिमाको औषधि वितरणमा समस्या भएको उनले बताए । “यो बिषयमा समस्या ठेकेदारलाई पैसा दिन नसक्दा भएको हो” उनले भने । औषधिको ठेक्का पारेको ‘एक्सिस्’ फर्मलाई ८० लाख रुपियाँ दिन नसक्दा औषधि आउँनै समस्या भएको उनले बताए ।
अस्पतालले दिने सेवामा समस्या नभएको उनको दाबि छ। अध्यक्ष प्रसाईले भने “सेवामा कुनै समस्या छैन, दैनिक बिरामिको चाप बढ्दो रहेपछि जनशक्तिमा व्यवस्थापनमा भने समस्या रहेको उनले बताए ।
विभिन्न समस्याका बाबजुत जनताको समस्यालाई समाधान गर्न उपमहानगपालिका तयार रहेको नगर प्रमुख मिनाकुमारी लामाले बताइन् । अहिले देखिएको समस्यालाई कम गर्दै व्यवस्थापनको पाटोमा ध्यान दिन अस्पताल व्यवस्थापनलाई नगर प्रमुख लामाले आग्रह गरीन् ।
जनगुनासो धेरै भएको भन्दै त्यो रोक्ने पाटोमा लागेर काम देखाउन उपमहानगरको सहयोग रहने लामाले प्रतिबद्धता जनाइन् । उनले दैनिक आउँने बिरामी उपचार बिनै फर्कन पर्ने अवस्थालाई चिर्न जरुरी रहेको भन्दै अस्पताल परिसरमा उपमहानगरले प्रसुति बाल अस्पताल सञ्चालन गर्ने तयारी भैरहेको बताइन् ।
उपमहानगर जिम्मेवार ढंगबाट लागेको भन्दै व्यवस्थित स्वास्थ्य अवस्था बनाउँनका लागि के गर्न सकिन्छ सहकार्य गरेर अधि बढ्न तयार रहेको उपप्रमुख राजेश बानियाँले बताए । उनले जनतालाई सुबिधा दिने कुरामा उपमहानगरले कुनै कसर बाँकी नराख्ने बताए ।
हेटौंडा अस्पतालमा रहेको बेथितीको बिषयमा जनस्तरबाटै हुँदै आएको दवाबपछि हेटौंडा उपमहानगरपालिकाले चासो लिएको हो । बुधबार हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले अस्पताल व्यवस्थापन समितिसँग अहिलेको अवस्थाको बारेमा चासो लिएका हुन् ।
बिरामिले टिकट, औषधी, उपचार पद्धतीको बिषय लिएर जनस्तरबाट आएको आवाजलाई चासो लिदै छलफल गरीएको हो । उपमहानगरमा भएको छलफलमा हेटौंडा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश प्रसाईले आर्थिक अवस्थाको कारण समस्या भएको बताएका थिए । उनले केन्द्र सरकारवाट आउँनु पर्ने स्वास्थ्य बिमा मार्फतको ६ करोड र कोरोनाको समयमा फिल्डमा खटिएका कर्मचारीको ३ करोड रुपियाँ नआउँदा समस्या भएको प्रसाइले बताए ।
मकवानपुर / बकर इदका अवसरमा सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मालम्बीको पर्व बकर इदमा बिदा दिने व्यवस्था अनुसार, असार २६ गते बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन्। उनले बुधबार सूचना प्रकाशित गरी मुस्लिम आयोगका अनुरोधमा बिदा दिइएको जनाएका छन्।
