मकवानपुर । मकवानपुरको मतगणना स्थलमा प्रवेश गरेको सबारी साधन बाहिर निकालिएको छ । अन्य उम्मेद्वारको मोवाईल समेत लान नदिएको प्रहरीले मतगणना स्थलमा इन्द्रबहादुर बानीयाँको गाडीलाई प्रवेश गर्न दिएपछि हेटौँडाको सिद्धार्थ मावि स्थल परिषरमा केहिबेर तनाव सृजना भएको थियो ।
अरु उम्मेद्वार तथा पत्रकारहरुलाई समेत मतगणना स्थलको चौरमा सबारी पार्किङ गर्न नदिएको प्रहरीले बानीयाँको सबारीलाई सरासर प्रवेश अनुमति दिएपछि मतगणना सुन्न आएका नागरिकहरुले चर्को नारावाजी गरेका थिए । नारावाजी पछि प्रहरीले सबारीलाई निकालिएको हो ।

मकवानपुर । मकवानपुरको हेटाैंडा-२, स्थित सिदार्थ माविकाे मतगणना स्थलभित्र प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख)का उम्मेदवार इन्द्रबहादुर बानियाँकाे गाडि प्रवेश गर्न दिएपछि नारावाजी भएकाे छ ।
दिनभए एकदम कडाइ गरेको यहाँ सुरक्षा निकायले दलका प्रतिनिधिलगायतलाई माेबाइलसमेत लैजान दिएकाे थिएन । माेबाइल लैजान नदिने प्रशासनले उम्मेदवारकाे गाडि नै भित्र लैजान दिएकाे भन्दै मतगणना स्थलकाे गेटमा चर्काे नारावाजी भएको छ ।
मत परिणाम सुन्न गेट बाहिर बसिरहेका दलका समर्थकहरूले प्रहरी प्रशासनविरूद्व नारावाजी गरिरहेका छन् । नेतालाई पहुँचकाे आधारमा दिइने सुविधा र अन्यलाई दिइने सुविधामा विभेद भएकाे भन्दै उनीहरूले मत गणना नै राेक्नु पर्ने चेतावनीसमेत दिइरहेका छन् ।
सोमवार राति करिब ९ बजे बिना चेकिङ बानियाँको बागमती बी ए बी ११११ नम्बरको ल्यान्ड कु्रजर गाडी मतगणना स्थलमा बिना रोकावट, बिना चेक जाँच प्रशासनले प्रवेश गराएसँगै उपस्थित स्थानीय सर्वसाधारणले विरोध गरेका हुन् ।
मकवानपुर क्षेत्र नम्बर १ को जारी मतगणनामा सत्तागठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको अग्रता कायम रहेको छ ।
यहाँ ३ हजार ६७५ मतगणना हुदाँ डिनाले १ हजार ८९४ मतसहित अग्रता कायम गरेकी हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी राप्रपा नेपालका अध्यक्ष कमल थापाले १ हजार १३४ मतसहित डिनालाई पछ्याइरहेका छन् । सोही क्षेत्रमा राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंहले २८१ मत प्राप्त गरेका छन् ।
मकवानपुरको हेटौंडामा जारी मतगणनामा जिल्लाको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा एसका उम्मेदवार विरोध खतिवडाले अग्रता बढाएका छन् ।
प्राप्त मतपरिणाम अनुसार खतिवडाले १ हजार ९२० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले १ हजार ६०५ मतसहित खतिवडालाई पछ्याइरहेका छन् ।
सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५ सय १ मत, नेकपा मालेका उद्धवप्रसाद अधिकारीले ८४ मत, राप्रपाका राजन मैनालीले ४० मत प्राप्त गरेका छन् ।

