मकवानपुर । मकवानपुरको हेटौंडामा पाँचौ संस्करणको “स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप” फुटबल प्रतियोगिता आज उद्घाटन भएको छ ।
आज भएको उद्घाटन खेलमा आयोजक मकवानपुर ११ र नव जनजागृती युवा क्लब सिमराबिच खेल भएको छ । प्रतियोगितामा आयोजक मकवानपुर ११ ले नव जनजागृती युवा क्लबलाई २-० ले पराजित गरेको छ । मकावनपुर ११ को लागि प्रितम स्याङ्बोले १२ र फागुराम चौधरीले ३९ औं मिनेटमा गोल गरेका थिए ।
मकवानपुरको हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा आजबाट सुरु खेलमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा आयोजक मकवानपुर ११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब काठमाडौं, फ्रेण्ड्स क्लब ललिततपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लव सर्लाही, विरगंज युनाइटेड पर्सा, र एभिनियर एफसी क्यामरुनको सहभगिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।
प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामा गरिन । प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र २०७९ काे जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडा स्थित एक निजी विद्यालयले तेस्रो पटक बाल कला साहित्य महोत्सव आयोजना गरेको छ ।
निजि लगानीमा सञ्चालित शैक्षिक संस्थाहरु नवोदय शिशु सदन हेटौंडा र हेटौंडा स्कूल अफ म्यानेजमेन्टको आयोजनामा २ दिसम्म चलेको बाल कला साहित्य महोत्सवमा झण्डै ६ हजार जनाले अवलोकन गरेका छन् ।
महोत्सवमा बाल कला र साहित्य बारे भारत र पाकिस्तानका साहित्यकारहरूसंग विद्यार्थी र अभिभावकले प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाए । आफूहरुले विगतमा पढेको संस्कृती तथा कलाबारे मेलामा आफैं उपस्थित भएर अवलोकन गर्न पाउँदा बुझाइलाई गहिरो बनाउनु सहयोग भएको विद्यार्थी युनिसा थापाले बताइन । सिर्जनात्मक पठन संस्कृतिको विकासमा यस्तो कार्यक्रम प्रभावकारी भएको महोत्सव अवलोकनमा सहभागी विद्यार्थी अंकिता पौडेलले बताइन् ।
महोत्सवमा भारतीय लेखक तथा वृतचित्र निर्देशक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहको थियो । बालबालिकाहरुलाई किताबको कुरासँगै सिर्जनाको भोक जगाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बाल कला साहित्य महोत्सव कार्यक्रमका संयोजक सीएम रिमाल बताए ।
महोत्सवले विद्यार्थीमा पठन संस्कृति र सिर्जनात्मकताको विकास हुने अपेक्षा गरिएको विद्यालयका निर्देशक दिपेश जोशीले बताए । महोत्सवमा पञ्चे बाजा, माझी बाजा, धिमे, खैजडीजस्ता परम्परागत बाजागाजा र नृत्यहरु समेत प्रस्तुति रहेको थियो ।

नवसर्जक र स्थापित सर्जकबीच अन्तरक्रियाको अवसर सिर्जना हुँदा बौद्धिक जनशक्ति निर्माण गर्ने महोत्सवको मुख्य उद्देश्य हो ।
महोत्सवमा पहिलो दिन १२ वटा विविध विषयमा फरक फरक व्यक्तित्वले कार्यशालाको सहजीकरण गर्नुभएको थियो भने दोस्रो दिन १५ वटा विषयमा फरक फकर कार्यशाला भएको थियो । करिब १५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा विद्यार्थीले नृत्य लगायतको कला प्रस्तुतीकरण समेत रहेको थियो । यसैगरी पुस्तक पर्दशनी, चित्र प्रर्दशनी, आत्मकथा वाचनलगाएका कार्यक्रमले मेलाको आकर्षण बढाएको अभिभावक प्रचला शर्माले बताइन् ।

सैद्धान्तिक कक्षा र किताबी पठनले मात्रै सिकाई र बुझाइ पूरा हुदैन । पढेका कुराहरूलाई प्रत्येक्ष देख्न पाउँदा बुझाई दिगो हुन्छ । यसैले पनि समय समयमा शैक्षिकले हुँदा बालबालिकाहरुको सिकाइ उपलब्धिपूर्ण बनाउन टेवा पुग्न सक्ने शर्माले बताइन् । मेला आजबाट सकिएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला इन्द्रसरोबर गाउँपालिका २ डाँडाघर बस्ने ५३ बर्षिय तिर्थ लामाको भिरबाट लाडेर ज्यान गएको छ ।
छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट अन्दाजी ३०/४० मिटर तल खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अहिले घटनास्थल सुरक्षित राखिएको,थप अनुसन्धान तथा मुचुल्काको लागी इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी जाँदै गरेको बताईएको छ ।
घटना स्थल इप्रका भिमफेदीबाट २२ किमी उत्तर पुर्वमा पर्छ ।
मकवानपुर । पर्यटकीय नगर थाहा नगरपालिका आफ्नो क्षेत्रमा आएका पर्यटनकलाई धेरै समय टिकाई राख्न योजना निर्माणमा जुटेको छ ।
पर्यटनलाई आकर्षणसंगै उनीहरूको लागि आवश्यक आधारभूत पुर्वाधारहरूको व्यवस्थापनमा समेत नगरपालिकाले चासो दिन थालेको छ ।
गतबर्ष मकवानपुरको उत्कृष्ट स्थानीय तह घोषित थाहा नगरपालिकालाई आफ्नो पहिचान जोगाउने पनि चुनौती छ । “हामी पर्यटनसंगै आर्थिक सुशासन, शिक्षा, स्वास्थलगायत विकासको पुर्वाधारमा पनि ध्यान दिईरहेका छौ” थाहा नगरका प्रमुख बिष्णु बिष्टले भन्नुभयो ।
हेर्नुस् बिष्टसंगको कुराकानी
दुधको मुल्य प्रतिलिटर कम्तिमा १४ रुपियाँ बढाइने
Tags: No Comments
मकवानपुर । मकवानपुर दुग्ध उत्पादक संघले किसानलाई प्रतिलिटर कम्तिमा १४ रुपियाँका दरले दुधको मुल्य बढाउने तयारी गरेको छ ।
११ हजार दुग्ध उत्पादक किसान आबद्ध रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरले किसानलाई दुधको मूल्य बढाउने भएको हो । दुधको लागत मुल्य अनुसार हाल प्रति लिटर ३ रुपैयाँ पनि बचत नभएको भन्दै संघले कृषकको लागि आगामी १ गतेबाट दुधको मुल्य बढाउने भएको हो । संघले लामो समयदेखि सरकारलाई दुधको मुल्य बढाउन दबाब दिंदै आएको तर, सरकारले सुनुवाई नगरेपछि आफैंले मुल्य निर्धारण गरेर अघि बढ्न लागेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेलले बताए । प्रति लिटर कम्तिमा १४ रुपियाँ मुल्य बढाउन सरकारसंग संघलेमाग गर्दै आएको छ ।
“आगामी १ गतेबाट हामी हाम्रा किसानलाई हामीले निर्धारण गरे अनुसारको मुल्य दिन्छौ, हामीबाट दुध किन्ने डेरी उद्योगहरुलाई पनि सोही दर कायम गर्छौ, उहाँहरु राजि भए दुध लैजानु हुन्छ, अन्यथा हामी हाम्रो उत्पादन आफैं व्यवस्थापन गछौं” अध्यक्ष कंडेलले भने । संघले आज एक विज्ञप्ति जारी गर्दै अहिले उठाएको मागबारे सरकारको ध्यानाकर्षण नभएमा आन्दोलनमा उत्रने धम्कि दिएको छ ।
मकवानपुरको संघ अन्तर्गत रहेका ६० वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाद्वारा दैनिक हाल ११ हजार परिवारको दूध संकलन हुँदै आएको छ । औपचारिक क्षेत्रमा करिव दैनिक ४० हजार लिटर दूध संकलन हुन्छ र दुधबाटै २७ लाखको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ जान्छ ।
किसानहरुलाई दुधमा आत्मनिर्भर बनाई विदेशमा समेत निर्यात गर्न सक्ने अवस्था रहेकोमा हाल दूधबाट बनेको दुग्धजन्य पदार्थ छुर्पि समेत बाह्य मुलुकमा निर्यात भैरहेकोमा हाल कच्चा दूधको मूल्य बृद्धि नहुँदा समस्या भएको कंडेलले बताए । पशुलाई खुवाउने पराल, दाना चोकर, औषधिलगायतको मूल्य अत्याधिक वृद्धि हुँदा समस्या बढेको उनलेब ताए ।
कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनुको कारणले गर्दा फ्लस सिजनमा पनि दूध उत्पादनमा ह्रास आइरहेको उनले बताए ।
“व्यवस्थित एवम सक्षम समाजको स्थापना पशुपालनमा व्यापक सहकारीता ल्याउने हाम्रो मुख्य चाहाना” भन्ने नाराका साथ किसान हितमा आफूहरु लागेको संघका व्यवस्थापक कुमारमणी दाहालले बताए । हाल दुधमा सरकारले तोकेको समर्थन मुल्य ५६ दशमलब ४ रुपियाँ हो । यो दरमा किसानले सहकारी संस्थामा दुध बेच्दा औषत ६० रुपिया प्रतिलिटर पाइरहेका छन् । यो मुल्यमा १४ वा १५ रुपियाँ बृद्धि गर्नुपर्ने माग संघको रहेको व्यवस्थापक दाहालले बताए ।
