मकवानपुर। मकवानपुरकाे बकैया गाउँपालिकामा भएकाे निःशुल्क आखाँ शिविरमा ३७ जनाकाे अप्रेशन गरिएकाे छ । बकैया जेसिसको आयोजनामा पूर्वि मकवानपुरको बकैया ४ गरगरेमा भएकाे शिविरकाे दाेस्राे दिनसम्म ४ सय २४ जनाले सेवा लिएका छन् ।
बकैया आधारभूत अस्पतालमा तीन दिनसम्म सचालन हुने निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया शिविरको पहिलाे दिन १ सय ७५ र दोस्राे दिन आज २ सय ४९ जनाकाे आखाँ परीक्षण गरिएकाे हाे । बकैया जेसिसकाे आयाेजना तथा बकैया गाउँपालिका, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौं र बकैया आधारभूत अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा ५० जनामा मोतिविन्दुको समस्या देखिएकोमा ३७ जनाको सफल परिक्षण गरिएको बकैया जेसिसका कार्यकारी उपाध्यक्ष जितेन्द्र दाहालले बताए ।
आँखा सम्बन्धी समस्याका बिरामीलाई लक्षित गर्दै बकैया जेसिजले गाउँपालिका, आँखा अस्पताल त्रिपुरेश्वर र आधारभूत अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । जेसिसका कार्यकारी उपाध्यक्ष शुसिल घिमिरेको संयोजनमा भएको कार्यक्रममा बकैयाका सयौँ आँखामा समस्या भएकाहरुलाई सहयोग गरेको छ । शिविरले आँखामा समस्या भएपनि अस्पतालसम्म पुगेर उपचार गर्न नसक्नेहरुलाई राहात दिएको हो । शिविर विहीबारसम्म सञ्चालन हुने जेसिसका सचिव सरोज ढुंगेलले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को बुधबार भएको खेलबाट एभिनियर एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलमा वीरगञ्ज युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दै क्यारुनी टोलीले अन्तिम चारमा स्थान बनाएको हो । एभिनियर एफसीको जीतमा यानिक योहाना र साबाले गोल गरेका थिए । यानिकले खेलको मिनेट ३९ र साबले ७४ औं मिनेटमा गोल गर्दै जीन सुनिश्चित गरेका हुन् ।
खेलको म्यान अफ दी म्याच वीरगञ्जका उमेश कार्की घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरेका छन् ।
मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी खेलमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।
विहीबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ ।
तस्बिर सौजन्य: पत्रकार दिपेश दाहाल
हिमालयन शेर्पा अन्तिम ८ मा प्रवेश
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौ अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीलाई पराजित गर्दै शेर्पाले अन्तिम ८ मा प्रवेश पाएको हो ।
प्रतियोगिता अन्तर्गत आज भएको चौथो खेलमा शेर्पाले बागमतीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । शेर्पाको लागि यमिले ३७ र निशान लिम्बुले ६४ औं मिनेटमा गोल गरे । वागमतीको तर्फबाट सनम धिमालले ६५औ मिनेटमा सान्त्वना गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बू भए । उनले नगद १० हजार प्राप्त गरे ।
बुधबार प्रतियोगिताको पाचौ खेल एभिनर एफसी क्यामरुन र वीरगंज युथ एकेडेमीबीच खेल हुनेछ । विरगन्ज युथले सोमबार एनाआरटी क्लब काठमाडौलाई पराजित गरेको थियो । मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी खेलमा ७ वटा ए डिभिजन क्लब, एक अन्तराष्ट्रिय क्लब र ४ मोफसलका टीमले सहभागिता जनाएका छन ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।
मकवानपुर । सवारी चालक अनुमति पत्र लिनको लागि लिइने प्रयोगात्मक परिक्षामा अनुतिर्ण भएर हैरान भएकाहरुले अब राहत पाउने भएका छन् । प्रयोगात्मक परिक्षामा सतप्रतिशत अंक नआएपछि फेल भएको मानिने यस परिक्षामा अब ७० अंक प्राप्त गर्नेले पनि अनुमति पत्र पाउने छन् ।
बागमती प्रदेशमा आजबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि ७० अंक ल्याएपनि ट्रायल पास हुने मापदण्डको सुरुवात भएको हो । आज बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री एकालला श्रेष्ठले ७० अंक तय गरिएको मापदण्डको शुभारम्भ गरेका छ्न । काठमाडौको गुर्जुधारामा रहेको ट्रायल सेन्टरबाट मन्त्री श्रेष्ठले नयाँ मापदडको सुभारम्भ गरेका छ्न ।
सवारी चालक अनुमति पत्रको लागि उर्तीण हुनक लागि १०० नंबरमा १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले आजबाट यो व्यवस्था लागू गरेको हो ।
कुनैपनि परिक्षामा सत्प्रतिशत अंक ल्याउँदा मात्र उर्तिण हुन पाउने व्यवस्था निकै अव्यवहारिक रहेको र यस्ले समग्र यातायात क्षेत्रलाईनै समस्यामा पार्ने देखिएपछि आफुले मन्त्रालयमा कार्यभार सम्हालेदेखि ७० अंकको विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको र सोहि अनुसार मंगलबारबाट यो प्रणालीको सुरुवात गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ ।
सानो त्रुटिमा पनि फेल गराउदा लाइसेन्स वितरणमा ढिलाई हुनुको साथै चालकहरुले अवैधानिक रुपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको देखिएपछि आफुहरुले नयाँ व्यवस्था लागु गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ । मन्त्री श्रेष्ठले भने ‘अब सानोतिनो गल्ति गर्दैमा सवारी चालक अनुमति पत्रको लागि पुनः ट्रायल दिनुपर्ने समस्याको समाधान भएको छ, यो व्यवस्थाले सवारी चालक अनुमतिपत्रको सन्र्दभमा हुँदै आएका समस्यालाई न्यूनिकरण गर्दै जाने विश्वास लिएको छु ।’
बागमती प्रदेशमा रहेका ११ वटा यातायात ब्यवस्था कार्यालय मध्य सवारी चालक अनुमती प्रदान गर्ने सम्पूर्ण सेवाकेन्द्रहरुले एकैपटक मंगलबारबाट ७० अंकमा ट्रायल पास हुने व्यवस्था गरेका छन ।
यस्तो छ नयाँ व्यवस्था
ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ (एट) आकार को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन ।
यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।
यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्।
झरनाले १० स्रष्टाहरूलाई सम्मान गर्ने
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे साहित्यमा क्रियाशील संस्था झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरनाकाे ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ काे अवसरमा सष्ट्रा सम्मान गर्न लागिएकाे हाे ।
झरना साहित्य परिवारले हेटौडामा सोमबार पत्रकार सम्मेलन गर्दै यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानकाे जानकारी गराएकाे हाे । यस बर्षको होमनाथ-टीकामाया प्रतिभा सम्मान २०७९ बाट डा. जीवेन्द्र देव गिरी सम्मानित हुने भएका छन् । गिरीलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।
यसैगरी साहित्यको मुक्तक विधातर्फ सरु भक्तलाई सम्मान गरिने भएको छ । उनलाई साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेकाे शिव-सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट सम्मानित गरिने भएकाे हाे । उक्त सम्मान नगद १५ हजार ५ सय ५५ रहेकाे झरना साहित्य परिवारले जनाएकाे हाे ।
जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नवराज शर्मालाई बाबुलाल-भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ राशीको रहेको उक्त पुरस्कार साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका हुन् । यसैगरी पत्रकारितकाे माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएकाे भन्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्यलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको हो । उक्त सम्मानकाे राशी नगद ११ हजार १ सय ११ रहेकाे छ । उक्त पुरस्कार गौतमको माता नन्ददेवी गौतमले स्थापना गरेकी हुन् ।

त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेकाे खडानन्द–मनमाया प्रतिभा सम्मानबाट अमला अधिकारी, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेकाे सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट अनिता न्यौपाने, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेकाे सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट कृष्ण प्रसाद चौँलागाई र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेकाे खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबीलाई सम्मान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।
त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार कवि स्वस्तिका दाहाललाई प्रदान गरिने भएको छ । याे पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् । बकैया गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भएको साहित्यिक गतिविधिको आधारमा झरना–महेन्द्र बाल साहित्य समिति र प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई सम्मानपत्र प्रदान गरिने झरना साहित्यिक परिवारका सचिव उपासकले बताए । झरनाकाे ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ फागुन ८ र ९ गते हुने जनक माध्यामिक विद्यालय भीरकाेट बकैयामा हुने सचिव उपासकले जानकारी दिए ।
उनका अनुसार पहिलाे दिन रचना वाचन र चित्रकला प्रतियोगिता हुनेछ । यसैगरी बकैया बिशेष रचना वाचन पनि पहिलाे दिन नै हुनेछ । यसैगरी कला साहित्य महाेत्सवकाे दाेस्राे दिन नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहश, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन/गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम हुने झरनाले जनाएकाे छ ।
