मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीम
शुभकामना दिएका छन् ।
प्रमुख शर्माले भनेका छन् ,‘देशलाई सर्वोपरि राखी हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न आजैका दिनदेखि मन, वचन र कर्मले लागिपर्न प्रतिबद्ध रहन सकौं ।’
उनले संविधानले निर्धारित गरेको लक्ष्य र राष्ट्रले तय गरेको गन्तव्यमा पुग्न हाम्रो दृढ निश्चय र कठोर सङ्कल्प चाहिने बताएका छन् । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढिकरणमा थप टेवा पुर्याउँन सक्ने उनको भनाई छ ।
समस्त देशवासीहरुका लागि नयाँ वर्षले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस् भन्ने कामना प्रदेश प्रमुख शर्माको छ ।‘हाम्रो बीचमा रहेको सद्भाव, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बन्न सकोस्,स्थायी शान्ति,दिगो विकास र आर्थिक समुन्नतिको मार्ग प्रसस्त हुन सकोस्’ शर्माले भनेका छन् । भित्तेपात्रो फेर्ने र केही पटाका फोर्ने कर्मकान्डी परम्पराको अन्त्य गरी देश निर्माणको महायज्ञमा समर्पित रहन विक्रम संवत २०८० ले हामी सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना प्रमुख शर्माले सन्देशमा भनेका छन् ।

प्रदेश प्रमुख शर्माले शुुभकामना सन्देश जारी गर्दै भनेका छन् “विक्रम संवत २०७९ मा झुण्डिएको भित्तेपात्रोले अवकाश पाएको छ र विक्रम संवत २०८० को पात्राले नेपाली घरका भित्ताहरूमा आजदेखि पदबहाली गरेको छ, नयाँ पात्राको पदवहालीको यो दिनलाई हामी नववर्ष भन्दछौं भन्दै प्रदेश प्रमुख शर्माले यो नयाँ वर्षमा संमृद्ध जीवनका सपना साकार पार्ने सार्थक प्रयत्न हामी सबैले गर्न सकौं ।”
मकवानपुर । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १८ दोभानचौरमा रहेको रत्नदेबी दुध उत्पादन शहकारी सस्थामा आगलागी हुंदा ७ लाख क्षती भएको छ ।
बिजुलीको तार सट भई आगलागी हुँदा सहकारीको कागजात र नगद समेत जेलेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक अरबिन्द्र कुमार यादबका अनुसार स्थानियबासी, बारुणयन्त्र, प्रहरीको सहयोगमा डेढघण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।
आगोबाट दुध चेक गर्ने मेशिन वनलाईजर सेट १ थान, कम्प्युटर १ थान, मिटर बक्स १ थान १२ भोल्ट को ब्याट्री १ थान,अफिस भित्र रहेको कागज पत्र , टेवल कुर्सी,जस्तापाता ४ बन्डल, बिधुतिय तौल तराजु १ गरी जलेको छ ।
घटनाबाट ७ लाख बराबरको क्षती भएको यादवले बताए । बिद्युत सर्ट भएरै गयराती पनि मकवानपुरको थाहा नगरपालिकामा पनि २ वटा घर जलेर नष्ट भएको थियो ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा न. ७ चल्ती भन्ने स्थानमा भएको आगलागीबाट २ वटा घर नष्ट भएको छ ।
गएराती पौने १२ बजे ५५ वर्षीय कृष्ण बहादुर खत्रीको ढुङ्गा माटोले बनेको २ तले कच्चि घरमा बिजुलीको तार सट भई आगलागि भएको इलाका प्रहरी कार्यालय दामनले जनाएको छ ।
खत्रीको घरमा लागेको अनियन्त्रित भइसंगै जोडिएर बनाईएको कृष्णका भाई ४० वर्षीय राजकुमार खत्री घरमा समेत आगो लागेको थियो । इप्रका दामनमा प्रहरी नायब निरीक्ष उमेशप्रसाद कोईरीका अनुसार झण्डै ३ घण्टा लगाएर दमकलको सहायताले आगो निभाइएको थियो ।
आगोलागी बाट घर लगाएत घरमा रहेको सामनहरु पुर्ण रुपमा नष्ट भएको बताइएको छ । तर मानविय तथा चौपाय क्षेति नभएको कोइरीले बताए । आगलागिबाट कृष्ण बहादुर खत्रीको चार लाखनगद समेत गरी कुल १९ लाखबराबरको क्षेति भएको र राजकुमार खत्रीको १ लाख ५० हजार नगद सहित १६ लाख ५० हजारबराबरको क्षेति भएको ईप्रका पालुङले जनाएको छ ।
मकवानपुर । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले विकास मानवकाे लागि भएकाेले मानवीय विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छ ।
हेटाैँडा उपमहानगरपालिकाद्वारा आयाेजित लागू औषत दुर्व्यसनी न्यूनीकरण जनचेतना अभिवृद्वि कार्यक्रममा बाेल्दै सिग्देलले उक्त कुरा बताएका हुन । ‘आधुनिक समाजकाे विकासक्रममा देखिने विभिन्न चुनाैती मध्ये दुर्व्यसनी एक हो’ सिग्देलले भने- ‘शैक्षिक, स्वास्थ्य, सामाजिक, आर्थिक विकाससंगै सामाजिक विभेद, विकृति र विसंगति हटाउन समुदाय परिचालनबाट मात्र सम्भव छ ।’
२ दिनसम्म सञ्चालित कार्यक्रममा अमर मावि, बालजागृति ईङ्गलिस बाेडिर्ङ्ग, आाधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि , सिद्वार्थ शिशु सदन, जीएस निकेतन, नवाेदय मावि, श्रमिक मावि, रिलायन्स ईङ्लिस बाेर्डिङ्ग स्कुल र हेटाैँडा क्याम्पसका १ सय ७ जना विध्यार्थी सहभागी थिए ।
कार्यक्रममा टाेल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी , हेटाैँडा क्याम्पसका स्ववियु सभापती अभि मैनालीकाे अथित्यता रहेकाे कार्यक्रममा हेटाैँडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालकाे सभाध्यक्षतामा भएकाे थियाे ।
मकवानपुर । संविधानबिरोधी शक्तिको भ्रममा कोही पर्न नहुने बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले बताएका छन् ।
संविधान बिरोधी शक्तिहरूको अराजक हर्कत बढ्दै गए राज्य मुकदर्शक भएर नबस्ने चेतावनी समेत उनले दिएका छन् ।
बागमती प्रदेस सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध शक्ति सदन र सडकमा सक्रिय भइरहेको बताए ।
मन्त्रालयले आज बुधबार सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा आयोजना गरेको सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कतिपय हिजोका पञ्चायतकालीन ऐन, कानून अनुसार काम गर्नुपर्दा समस्या भैरहेको कुरा बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार ऐन, कानून बनाउन पहल गर्ने प्रतिबद्धता गरे ।
प्रदेशका अधिकांस सुरक्षा चुनौतीको रूपमा सवारी दुर्घटना, आत्महत्या, प्राकृतिक विपद्को व्यवस्थापन, वित्तीय अपराध, साइबर अपराध, नदीजन्य पदार्थको चोरी तस्करी, लागू औषध नियन्त्रण, महिला हिंसा जस्ता समस्याहरू रहेको तर्फ सजग रहनुपर्ने भन्दै जिल्लाजिल्लामा यस्ता समस्याहरु सुरक्षा चुनौतीको रुपमा रहेको मन्त्री श्रेष्ठले जानकारी गराए ।
मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भए अनुसार सङ्घीय सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार दिन कन्जुस्याइँ गरेकाले प्रदेश सरकारले परिणाममुखी काम गर्न अप्ठ्यारो परिरहेको कुरा बताउँदै उनले प्रहरी समायोजन तुरुन्तै हुनुपर्ने कुरामा जोड दिए ।
सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम गर्ने, अत्याधुनिक प्रविधि (सीसी क्यामेरा लगायत) जडान गर्ने, विपदको जोखिम कम गर्न र विपदमा परेकाहरूलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयले प्रदेश विपद व्यवस्थापन प्राधिकरण बनाउने, नदीजन्य पदार्थको चोरीपैठारी नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरि कानूनको प्रभावकारी कार्यान्वयन गर्ने पनि उनले बताए ।
त्यस्तै साइबर अपराधलाई नियन्त्रण गर्न विद्युतीय सामाग्रीको स्वनियमन, नियमन गर्ने कानुन चाँडै बनाउने साथै महिला हिंसा र आत्महत्या हुनबाट जोगाउन समुदायलाई सचेत गराउन सचेतनामूलक कार्यक्रमहरू गर्नुका साथै, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने मन्त्री श्रेष्ठले बताए ।
बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रमुख जिल्ला अधिकारीहरू रमेश न्यौपाने, कोमल प्रसाद धमला र अनिता निरौलाले जानकारी गराएका थिए ।
सचिव ध्रुव गैंडाको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयको तर्फबाट शान्ति सुरक्षा तथा कारागार महाशाखाका प्रमुख सुरेन्द्र कार्कीले प्रदेशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारीसहित सहजिकरण गरेका थिए ।
