मकवानपुर । संचार माध्यम (प्रेस) सँगकाे समन्वयले सार्वजनिक सेवा तथा सुशासन कायम गर्न सहज हुने बागमती प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताएका छन् । मन्त्रालयकाे आयाेजनामा सेवा प्रवाह तथा सुशासन सम्बन्धित कानूनकाे अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
मन्त्री श्रेष्ठले हामीले गरेका कामलाई जनता माझ पुर्याउने भरपर्दाे माध्यम भनेकै प्रेस भएकाे बताए । ‘संचारकर्मीसँग जति राम्राे संचार गर्न सक्छाै उतिनै सेवा प्रवाहमा गुणस्तरीयता प्रदान हुन्छ’ उनले भने ‘संचार र लाेकतन्त्र एक अर्काका परिपुरक हुन्, संचार जगत विना लाेकतन्त्र स्थापित हुन सक्दैन ।’
प्रदेश सभामा ८२ वटा विधेयक दर्ता, ७७ वटा विधेयक पारित
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव तथा प्रवक्ता मनुका घिमिरेले प्रदेश सभामा ८२ वटा विधेयक दर्ता भएकाेमा ७७ वटा पारित भएकाे जानकारी दिइन् । घिमिरेका अनुसार हाल प्रदेश सभामा ४ वटा विधेयक छलफलकाे क्रममा रहेकाे तथा एउटा विधेयक फिर्ता लिइएकाे बताइन् । प्रदेश सभाबाट पारित भएका ७७ वटा विधेयक मध्ये प्रदेश प्रमुखबाट ७७ वटै विधेयक प्रमाणीकरण भई ऐन बनेकाे उनले जानकारी दिइन् ।
घिमिरेका अनुसार प्रमाणीकरण भएका विधेयक मध्ये सालबसालि १४ वटा, विद्यमान ऐनको संशोधन १७ वटा रहेकाे छ । हालसम्म कुनै पनि ऐन खारेज भएकाे छैन’ उनले भनिन् । कानून निर्माण, परिमार्जनका क्षेत्रमा पर्याप्त अनुसन्धान र प्रष्ट नीतिको अभाव, तालिम प्राप्त दक्ष जनशक्तिको अभाव रहेकाे उनकाे भनाई थियाे । कानून निर्माणमा पर्याप्त समयको अभाव रहेकाे बताउँदै उनले भनिन् ‘गैर सरकारी विधेयकलाई कम महत्व दिइएकाे छ ।’ उनका अनुसार बनेका ऐन कार्यान्वयन गर्न आवश्यक नियम समयमा बन्न सकेकाे छैन ।
देशकाे आवश्यकता भन्दा पनि गैर सरकारी संस्था वा अन्तर्राष्ट्रिय दबावमा कानून बनाउनु पर्ने बाध्यता रहेकाे समेत उनले बताइन् । सर्वोच्च अदालतबाट भएको निर्देशनात्मक आदेशकाे सार्वजनिक नीतिसँग तालमेल नहुँदा समस्या पर्ने गरेकाे उनले बताइन् । ‘सरोकारवालाहरुसँगको परामर्शलाई कम महत्व दिइने गरेको छ’ घिमिरेले भनिन् ‘सरोकारवाला निकायसँग राय प्रतिक्रिया माग गर्दा अध्ययन नगरी सकारात्मक राय मात्रै प्राप्त हुने गरेको छ ।’
मन्त्रालयका सचिव पूर्ण वहादुर दर्जिनले सञ्चारसँगकाे समन्वय अपरिहार्य रहेकाे बताए ।
मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार बिहान प्रकाशन हुने भएको छ । आज बुधबार नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डकाे तयारी रहेकाेमा केही प्राविधिक पक्षकाे तयारी पुरा गर्नु पर्ने भएकाेले भोलि बिहीबारमात्रै नतिजा सार्वजनिक गरिने बाेर्ड बैठकले निर्णय गरेकाे हाे ।
१५ चैत्र २०८० देखि २७ चैत २०८० सम्म संचालन भएको एसइई परीक्षामा मकवानपुर जिल्लामा २६ वटा केन्द्रबाट ६ हजार विद्यार्थी सहभागी भएका थिए । जिल्लामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी थिए । यसैगरी भने पुरक तर्फ १ सय ४९ जना सहभागी थिए । नियमित, प्राविधिक तर्फ र पुरक गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल रहेकाे शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियाे । सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल थिए । यसैगरी देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थीले एसइईमा सहभागिता जनाएको बाेर्डले जनाएकाे छ । नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएकाे छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ ।
तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । बाेर्डले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
केही दिन पछि २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित हुदैछ । एसईई परीक्षामा केही विद्यार्थीहरूले उत्कृष्ट अङ्क प्राप्त गरी लेटर ग्रेडिङ्गमा A वा A+ हासिल गर्दछन भने, धेरै परीक्षार्थीहरू अपेक्षाकृत कम अङ्क प्राप्त गरी पछिल्लो ग्रेडिङमा उत्तीर्ण हुन्छन् । उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरू अति उत्साहित हुनु जरुरी छैन र अपेक्षाकृत कम अङ्क प्राप्त गर्ने विद्यार्थीहरू हतोत्साही पनि हुनुहुँदैन । हरेक वर्ष कति विद्यार्थीहरू परीक्षाफलको डरले परीक्षाफल प्रकाशित हुनुपूर्व र कतिले परीक्षाफल प्रकाशित भएपश्चात आत्महत्या गर्ने गर्दछन्। यो लेखकाे आशय यसवर्ष त्यस्ता अप्रिय, दुःखदायी घटनाहरू नहोउन भन्ने रहेकाे छ ।
पहिलो कुरा त, एसईई परीक्षा जीवनको अन्तिम परीक्षा होइन, यो त परीक्षाहरूको आरम्भ हो। शुरुवाततमै हार स्वीकार्नु कायरता हो। हामीले जीवनमा साहसी र आत्मविश्वासी हुनुपर्छ । के फुटबलको कुनै टिम पहिलो हाफमा ३–० ले पछाडि पर्यो भने त्यो टिम दोस्रो हाफमा भाग नलिई बाइ दिन्छ र? त्यसो भएको छैन र हुँदैन पनि। अन्तमा, त्यो टिम ४–३ ले विजयी हुन सक्छ । खेलमा यस्ता धेरै दृष्टानतहरू छन। सास रहेसम्म आस रहन्छ भनेझै हामीले निरन्तर प्रयास गरिरहनुपर्छ। आत्मविश्वास, साहस, कामप्रति लगाव भएमा हामी सबै सफल हुन सक्छौ। त्यसैले पूरा म्याच खेलौ, बिचमा आत्मसमर्पण गरेर कायरता प्रदर्शन नगरौं ।
अर्को कुरा, शैक्षिक संस्थाहरूबाट शैक्षिक योग्यताको प्रमाणपत्र हासिल गर्नको लागि संचालन गरिने परीक्षा नै सबथोक होइन । यो जीवनको एउटा पाटो मात्र हो। विद्यालय वा विश्वविद्यालयहरूबाट प्राप्त प्रमाणपत्रले स्वाभाविकरूपमा अन्य अवसरका ढोकाहरू खोल्दछन्। तथापि शैक्षिक संस्थाहरूले लिने परीक्षामा कम उपलब्धी हासिल हुनु भनेको जीवन सकिनु होइनस जीवनले नयाँ मोड लिनु हो, जसले मानिसलाई सफलताको नयाँ उचाइमा पुर्याउन सक्छ । त्यसैले सदा आशावादी बनौं, जीवनरूपी रथलाई कुशलतापूर्वक अगाडि बढाऔ।
दिनेशराज पन्त भाषा तथा संस्कृतिविद, इतिहासविद, पूर्णिमा पत्रिकाका सम्पदक तथा ७ सय भन्दा बढी सोधपत्रका लेखक हुन् । उनले तीनवटा विश्वविद्यालयमा प्राध्यापनसमेत गरेका छन् । अध्ययन मोहका कारणले औपचारिक शिक्षाविना नै उनले देश र समाजको लागि विशिष्ट योगदान गर्न सफल भएका छन्।
विद्यार्थीहरूले कक्षाका अन्य साथीहरूसङ्ग तुलना गरेर दु:ख मान्ने र डिप्रेसनमा जानेसम्म हुनसक्छ । संसारका सबै व्यक्तिहरु अद्वितीय (unique) हुन्छन् । हरेक व्यक्तिमा फरकफरक क्षमता हुन्छ । व्यक्तिले आफ्नो अन्तरनीहित क्षमताको पहिचान गरी त्यसको विकासमा केन्द्रित हुनुपर्छ । अर्कोसङ्ग तुलना गर्ने र प्रतिस्पर्धा गर्ने मनोविज्ञानबाट बाहिर आएर आफ्नै बिगतसङ्ग तुलना गरेर आजको आफूसँग प्रतिस्पर्धा गरी भोलि अझ राम्रो गर्ने अठोट लिएर अघि बढेमा समाजलाई विशिष्ट योगदान गर्दै आफ्नो रुचिको विषयमा उत्कृष्ट हुन सकिन्छ।
विद्यालय शिक्षा पुरा नगरेका घनश्याम दास बिर्ला सफल व्यापारी हुन। उनले व्यापार र शिक्षामा योगदान गरेकाले उनी भारतकै दोस्रो उच्च नागरिक सम्मान पद्म विभुषणबाट सम्मानित भएका थिए । त्यसैगरी विश्वका अग्रणी सफल व्यक्तित्वहरू गौतम अडानी, मार्क जुकरबर्ग, स्टिभ जब्स र बिल गेट्सहरूले विश्वविद्यालयको प्रमाणपत्रविना नै आ-आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेर विश्वप्रसिद्ध भएको यथार्थ हाम्रो सामु छ।
औपचारिक शिक्षा ग्रहण नगरेका दिनेशराज पन्त भाषा तथा संस्कृतिविद, इतिहासविद, पूर्णिमा पत्रिकाका सम्पदक तथा ७ सय भन्दा बढी सोधपत्रका लेखक हुन् । उनले तीनवटा विश्वविद्यालयमा प्राध्यापनसमेत गरेका छन् । अध्ययन मोहका कारणले औपचारिक शिक्षाविना नै उनले देश र समाजको लागि विशिष्ट योगदान गर्न सफल भएका छन्।
तसर्थ एसईई परीक्षाफलमा जस्तो नतिजा प्राप्त भएपनि पुस्तक अध्ययन गर्ने बानीको विकास गरी आफ्नो रुचिको विषयसँग सम्बन्धित धेरैभन्दा धेरै पुस्तकहरू अध्ययन गर्नुहोस । जुन तपाईंको ज्ञानको दायरा फराकिलो बनाएर अपेक्षित सफलता हासिल गर्न सहयोगी सिद्ध हुन्छ। आत्मविश्वास, साहस, दृढईच्छाशक्ति, अध्ययनशीलता र निरन्तरतालाई मूलमन्त्र बनाएर जीवनमा सफल हुन सक्नुहोस्, सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई शुभकामना ।
मकवानपुर हेटौंडा १७ का भण्डारी शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति हुन् ।
(२० असार २०८० मा प्रकाशित यो लेख केही सम्पादनसहित पुनः प्रकाशित गरिएकाे हाे, सम्पादक)
मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
मकवानपुर जिल्लामा यस बर्ष २६ वटा केन्द्रबाट ६ हजार विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सहभागी भएका थिए । जिल्लामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी थिए । यसैगरी भने पुरक तर्फ १ सय ४९ जना सहभागी थिए ।
नियमित, प्राविधिक तर्फ र पुरक गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल रहेकाे शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियाे । सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल थिए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको मुख्य प्राथमिकता खानेपानी रहेको बताएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको बागमती प्रदेश स्तरीय क्षमता अभिबृद्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘प्रदेशकाे बजेट बनाउने समयमै पहिलो प्राथमिकता खानेपानी दोस्रोमा सिंचाइ र त्यसपछि अन्य योजना तथा कार्यक्रममा प्राथमिकतामा राखेर काम गरेको छौं’ मुख्यमन्त्री जम्कट्टेलले भने । उनले खानेपानीमा अन्तको बजेट काटेर भएपनि काम गर्नुपर्ने बताए । खानेपानीका बहुवर्षीय योजनाहरुमा बजेट सुनिश्चित गरिएको उनले बताए ।
‘गत साल बजेट बनाउँदा खानेपानी क्षेत्रमा भएको कमिकमजोरी यसपाली सुधार गरेर काम गर्दै छौ’ उनले भने ‘खानेपानी क्षेत्रमा बजेट छैन भनेर काम रोक्न मिल्दैन, अन्य योजनाको बजेट रकमान्तर गरेर पनि काम गर्नुपर्छ ।’ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु भनेको जनस्तरबाट निर्माण भएको समिति भएकाे बताउँदै उनले भने ‘सम्बन्धित बिषयमा नीति नियम बनाउन प्रदेश सरकारलाई खानेपानी समितिहरुले सहयोग गर्ने अपेक्षा राखेको छौ ।’ ‘तपाईहरु नीति बनाउन सहयोग गर्नुहोस् र तपाईहरुको काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले भने ।
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले खानेपानीको समस्या हल गर्नका लागि सबै एक हुनु पर्ने बताए । सरकारले खानेपानीका योजनामा एक लाख रुपैयाँ मात्रै विनियाेजन गरेर बजेटमा प्राथमिकतामा राखिएकाे उनले बताए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको आयोजना तथा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय र खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको सहकार्यमा भएकाे कार्यक्रम महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा भएको हाे ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मन्त्रालयका सचिब इन्द्र देव भट्ट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाका प्रमुख हरिराम पौडेल लगायतकाकाे आतिथ्यता रहेको थियो ।