मकवानपुर् । देशकै ऐतिहासिक र सबैभन्दा ठूलो गढी मकवानपुरगढीको नाममा साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ । मकवानपुरगढी गाउँपालिका क्षेत्रका घटना र विचारलाई समेट्दै हरेक हप्ता आइतबार पत्रिका प्रकाशन हुने बताइएको छ ।
आइतबार गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं, उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिृकत रामकुमार पुडासैनीले पत्रिका लोकार्पण गरेका हुन । पत्रिका प्रकाशनलाई निरन्तरताको शुभकामना दिँदै जनताका वास्तविक पिर, मर्का थाहा पाउने र गाउँपालिकाले गरेका काम, कारबाहीका बारेमा स्थानीयलाई सूसुचित गराउन पत्रिकाले भूमिका खेल्ने अध्यक्ष हुमागाईंले विश्वास व्यक्त गरे । ‘मकवानपुरगढीको विकास उदाहरणीय भएको छ’ पत्रिका लोकार्पण गर्दै अध्यक्ष हुमागाईंले भने ‘जति विकासको काम गर्न सकिएको छ,सबै उदाहरणीय छन् ।’
भौगोलिक विकटतालगायतका कारण अधिकांश गाउँपालिकाबासी सूचनाबाट बञ्चित हुनुपरेको अवस्थाले मकवानपुरगढी पत्रिका जन्मिएको छ । गाउँपालिकका ८ वटै वडामा पत्रिका वितरण हुनेछ । रेवतीप्रसाद तिमल्सिनाद्वारा प्रकाशित पत्रिकाको लागि सम्पादक कबिराज हुमागाईं, सहसम्पादक श्रीराम अर्जुन रहेका छन् । कार्यक्रमममा बोल्दै प्रकाशक तिमल्सिनाले भैगोलिक रुपले विकट क्षेत्रमा साप्ताहिक पत्रिका प्रभावकारी हुने बताए ।
प्रकाशक तिमल्सिनाको अध्यक्षता र गाउँपालिक अध्यक्ष हुमागाईंको प्रमुख आतिथ्यतामा भएको पत्रिका लोकापर्ण कार्यक्रममा प्रेस संगठनका बागमती प्रदेश सहसंयोजक सुनिल खड्का, शिक्षा पत्रकार समूह प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष सुदीप शिवाकोटी तथा गाउँपालिकाका शाखा प्रमुखहरुको आतिथयता रहेको थियो ।
यस अघि गाँउपालिकाबाट रेडियाे मकवानपुरगढी प्रशारण हुँदै अाएकाे छ ।
मकवानपुर । पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
निकाे हुनेकाे संख्या कुल संक्रमितको ७३.४ प्रतिशत हो । देशका विभिन्न अस्पताल तथा आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएका गाैतमले बताए । नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको गौतमले जानकारी दिए ।
मकवानपुर । मेरो शेयरमा समस्या देखिएकाे छ। आज आइतबारदेखि बिक्री खुला भएको जनरल इन्स्योरेन्सको आइपीओमा आवेदन दिनेको चाप बढेपछि सिडिए एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरोशेयरमा समस्या आएकाे हाे ।
मेरो शेयरमा समस्या आउँदा सर्वसाधारणहरुले जनरल इन्स्योरेन्सको आईपीओ आवेदन दिन पाएका छैनन्। यस्तै लगानीकर्ताहरुले समेत मेराे शेयरबाट गर्नु पर्ने कामहरु समेत गर्न पाएका छैनन् । हरेक समय आईपीओ निष्काशन हुँदा लगानीकर्ताहरुले यस्तो समस्या भोग्दै आएका छन् ।
मकवानपुर । आज आइतबार सुन तथा चाँदीको मूल्य घटेको छ । गत शुक्रबार बढेको सुनचाँदीको मूल्य साताको पहिलो दिन घटेकाे हो ।
आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी चाँदी पनि आइतबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जानकारी दिएकाे छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १६० रुपैयाँ तोकिएको थियो ।
मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता आईपीओ आजबाट विक्री खुला भएको छ ।
कम्पनीले ३० लाख कित्ता साधारण शेयर मध्य १ लाख २० हजार कित्ता कर्मचारीको लागि, १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेकोछ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजि रू. ७० करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजि रू. १ अर्ब पुग्नेछ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्नको लागि कम्पनीले भदौ २४ गते अनुमति पाएको थियो । हालसम्ममा कम्पनीले ३९ ओटा शाखा कार्यालयहरुबाट बीमा सेवा दिंदै आएको छ ।