मकवानपुर । हेटाैडा काठमाडाैं छाेटाे मार्ग अन्तर्गत मकवानपुरकाे भीमफेदीमा सुमाे दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । हेटौंडाबाट काठमाडाैं जादै गरेको टाटासुमो भीमफेदी गाँउपालिका ६ जुरिखेतमा दुर्घटना हुदा २ जनाको घटनास्थल मै ज्यान गएकाे र ६ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।
हेटौंडाबाट काठमाडौंका लागि ७ जना यात्रु लिएर गएकाे ना. १ ज ४१०६ नम्बरको सुमो आज मध्यान्न दुर्घटना भइ भिरबाट १ सय मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा २ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते ६ जना मध्य ३ जनाको प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । दिउँसो करिब साढे १२ बजेको समयमा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।
मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आजबाट पाँच दिनका लागि बन्द भएको छ । चार केन्द्रीय सदस्यसहित केही कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि आइतबारदेखि असाेज २२ केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द भएको हो ।
असोज १५ गते केन्द्रीय कार्यालयमा पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा केही केन्द्रीय सदस्यसहित कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएका हो । आज आइतबार देखि आउँदाे असोज २२ गतेसम्मका लागि केन्द्रीय कार्यालय बन्द गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा जनाइएकाे छ ।

यद्यपि कांग्रेसले सोमबार बोलाएको केन्द्रीय कार्यसमिति बैठकबारे भने कुनै निर्णय गरिसकेको नसकेकोले अपराह्नसम्म बैठकबारे टुंगो लाग्न सक्ने बताइएकाे छ ।
चितवन। चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान ६:३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
असोज १६ गते कोरोना सङ्क्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ। यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राती सम्पन्न खेलमा चेन्नाई सुपर किङ्स पराजित भयो । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हिजो उ सनराइजर्स हैदरावादसँग ७ रनले पराजित भएको हो । चेन्नाई सुपर किङ्सकाे आईपीएलमा याे लगातार तेस्रो खेलमा हार हाे ।
हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो । चेन्नईका लागि रबिन्द्र जडेजाले ५० रन तथा कप्तान महेन्द्र सिंह धोनीले अपराजित ४७ रन जोडे पनि टोलीलाई जीत दिलाउन सकेनन । हैदराबादका नटराजनले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादका प्रियम गर्गले ५१ रन जोडेपछि टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै ४ खेलबाट ४ अंक जोडेको हैदराबाद अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । ४ खेलबाट २ अंक मात्रै जोडेको चेन्नई पुछारमा रहेको छ ।
आईपिएल क्रिकेटमा आज दुई खेल हुनेछन् । आबुधाबीमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र रोजस्थान रोयल्स भिड्दा सारजहामा दिल्ली क्यापिटल्सको सामना कोलकाता नाईट राईडर्सले गर्नेछ । एजेन्सी
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै आज शुक्रबारबाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ ।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरिन्।
स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको मेगा बैंकले जनाएको छ ।
‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो,’ मेगा बैंककी सिइओ खुञ्जेलीले भने– ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’
व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिंदै आएकोे मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरुको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । जसअनुसार यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ ।
किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ ।