मकवानपुर । जनआन्दोलन २०६२/०६३ पछि मकवानपुरबाट संघीय सरकारमा पहिलो पटक मन्त्रीको प्रतिनित्व गरेका बिरोध खतिवडाले पद छाड्नु परेको छ ।
नेकपा एमालेमा रहदा मन्त्रीको दाबि नपुगेको भन्दै ‘ब्याक’ गराइदै आएका खतिवडा नेकपा फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । गत २२ असोजमा खतिवडा मन्त्री बनेका खतिवडा ठ्याक्कै ८ महिनापछि पदबाट हाट्नु परेको छ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा खतिवडा छैटौं नम्बरको वरीयतामा थिए ।
उनकै नेतृत्वमा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको हो। खतिवडाले एमालेमा रहँदा मन्त्री बन्ने अवसर पाएका थिएनन्। २०४८ सालमा पहिलोपटक निर्वाचित बनेका उनी त्यसयता चारपटकसम्म सांसद बने तर, मन्त्री बन्न सकेका थिएनन्। एमालेबाट छुट्टिएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी निर्माण भएको डेढ महिनामै खतिवडाले मन्त्री बन्ने अवसर पाएका थिए ।
कोरोना महामारी चलिरहेको चुनौतीपूर्ण स्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका खतिवडा आफ्नो कार्यकालमा धेरै राम्रो काम गरेको बताए ।खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाएका थिए तर पार्टीले फिर्ता बेलाउने निर्णय गरेसँगै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका खतिवडाको मन्त्री पद गुमेको छ ।
आइतबार नेकपा एकीकृत समाजवादी पार्टीले संघीय सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने खतिवडासहित सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेर नयाँ नाम पठाएको छ । पार्टीले भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी दिने निर्णय गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट सुरू भएको चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा बारा जिल्ला सिमराको नव जनजागृति क्लब विजयी भएको छ ।
हेटौंडा ५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सिमराले विजयी सुरुवात गरेको हो । नव जनजागृतीका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका क्रिपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो ।
प्रतियोगितामा सिमराका विवेक चौधरी ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार प्राप्त गरे । यो संगै सिमरा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
भोलि शुक्रबार चितवनको विएफसि क्लब र काठमाण्डौको चर्चव्वाईज क्लबबीच खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।
मकवानपुर । सुर्तिजन्य पदार्थको सेवन गर्ने गर्नु भएको छ, यो आदतलाई अहिले नै छाडिहाल्नुभयो भने, तपाइले स्वास्थ्यलाभ गर्न सक्नु हुनेछ । तपाईले सुर्तिजन्य पदार्थको सेवन गर्न छाडेको केवल २० मिनेट मै स्वास्थ्यमा यसको असर कम हुन थाल्नेछ ।
यो कुनै विज्ञापन हैन । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेका अनुसार लामो समय सेवन गरेको उल्लेख गर्दौ प्रायले अब कति नै बाँच्छु र भन्दै सुुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइन्छ । “त्यस्तो हैन, सेवन गर्न छाडेको २० मिनेटमै स्वास्थ्यमा यसको सकारात्मक असर देखिन्छ” काफ्लेले भने । उनका अनुसार सुर्तिजन्य पदार्थको सेवन छोडेको २० मिनेटमा नै ब्लड प्रेसर कम हुदै जान्छ ।
यसैगरी २ घण्टापछि रगतमा निकोटिनको मात्र कम हुँदै जाने, ८ घण्टापछि कार्बनमनोअक्साइड कम हुँदै जाने उनले बताए । यसरी सुर्तिजन्य पदार्थको सेवन छाडेको २० मिनेटबाटै शरिरमा सकारात्त्मक असर सुरु भई ५ देखि १० वर्षमा पूर्ण स्वास्थ बन्न सकिने उनले बताए ।
“विगतमा सुर्तिजन्य पदार्थ सेवनको कारण कुनै अंग पूर्ण क्षति भएको छ भने त्यो त ठिक हुन्न तर अन्य सवालमा पूर्ण स्वास्थ्यलाभ गर्न सकिन्छ” उनले भने ।
सुर्तिजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने नाराका साथ मंगलबार विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको मनाइएको छ । तर सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको सेवन तथा बेचविखनमा निगरानी हुन सकेको छैन ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका जनस्वास्थ्य प्रशासन काफ्लेले नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु हुने गरेको बताए । यो संङ्ख्या औषत दैनिक ७४ जना हो ।
उनका अनुसार नेपालमा कुल मृत्युको १५ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनबाट हुने गरेको बताए । यही अवस्थामा मृत्युदर रहेमा वि स २०३० सम्म प्रति ६ जनामा १ जानको मृत्युको कारण सुर्तिजन्य पदार्थको सेवन नै रहने प्रक्षपण स्वास्थ्य निर्देशनालयले गरेको छ ।
सुर्तिजन्य पदार्थ सेवनको कारण विश्वमा वार्षिक ८० लाख मृत्यु हुने गरेको छ भने दुई लाख हेक्टर जमिनमा सुर्तिजन्य पदार्थको उत्पादनमा प्रयोग हुँदै आएको छ ।
सन् २०१९ मा गरिएको एक सर्भेक्षण अनुसार नेपालमा धूम्रपान गर्नेको संख्या २८ दशमलब ९ प्रतिशत रहेको छ । चुरोटमा चार हजार बढी हानिकारक विषालु रसायनिक तत्व पाइने काफ्लेले बताए । जसमा रहेको ४० प्रकारका हानिकारक रसायनले क्यान्सर गराउनेछ ।
सुर्तिजन्य पदार्थमा हुने निकोटीन, टार जस्ता पदार्थले व्यक्तिाई तलतल गराउने, बेचैनी गराउने हुँदा यसको लतमा व्यक्ति सहजै फस्ने गरेको उनले बताए ।
निर्देशनालयका सुचना अधिकारी शीव प्रसाद बडालका अनुसार सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ र सोही वर्षकै नियमावलीका दफा उपदफामा उल्लेख भएका सुर्तिजन्य पदार्थका विषयवस्तु, दण्ड सजायहरुबारे आमजनमानसमा नपुग्दा अझै पनि सुर्तिजन्य पदार्थको सेवन तथा विक्रि वितरण उच्च रहेको छ ।
प्रत्यक्ष आफैंले सेवन गर्दा भन्दा धुमपानको असर अप्रत्यक्ष रुपमा झनै बढी भएकोले सार्वजनिक स्थलमा सेवन निषेध गरिएको स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठ बताए । “एउटा कोठामा कसैले धुमपान सेवन गरेर गएको छ भने त्यहाँ ५ घण्टासम्म त्यसको असर रहन्छ” निर्देशक श्रेष्ठले भने । खुल्ला स्थानमा यसको असर १ घण्टा रहने उनले बताए ।
निर्देशनालयले दिवसको अवसरमा विहान प्रभातफेरी तथा दिउँसो पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनियमितताको क्रम अझै रोकिएको छैन ।
प्रतिष्ठान अन्तर्गत फार्मेसी, विपीएच, ल्याब मेडीसिनको स्नातक तहको परीक्षा ब्यक्तिगत समस्याको कारण रोकीएपछि फेरी विद्यार्थीहरू समस्यामा परेका छन् ।
परीक्षा रोकीदा ४० जना बिद्यार्थीको भविष्य अन्यौल बनेको छ । प्रतिष्ठानको परीक्षा बोर्डले जेठ ३ गतेदेखि परीक्षाको समय निर्धारिण गरेको थियो । प्राबिधीक कारण देखाउँदै एकाएक परीक्षा स्थगित गरी शिक्षाध्यक्ष सतिश देब र परीक्षा बोर्ड प्रमुख डाक्टर निती भाट सम्पर्क विहीन भएको बिद्यार्थीहरुको गुनासो छ ।
परीक्षा बोर्ड प्रमुख डाक्टर निती भाट गैरसरकारी संस्थाको प्रोजेक्टमा लाग्दा परीक्षा रोकीएको भन्दै बिद्यार्थीहरु आक्रोशीत बनेका छन् । बिद्यार्थीहरुलाई भर्ना लिँदा परीक्षा शुल्क बाहेक अन्य शुल्क नलाग्ने भनिए पनि शिक्षाध्यक्ष देबको एकल निर्णयबाट बिद्यार्थीहरुलाई अतिरिक्त शुल्क उठाउन थालेपछि बिद्यार्थीहरुले त्यसको प्रतिबाद गरेका थिए ।
शुल्ककै विषयमा बिद्यार्थी र शिक्षाध्यक्षबीच विवाद भएपछि परीक्षा रोकीएको थियो । शुल्कको विषयमा प्रतिष्ठानको सिनेटे बैठकले निर्णय गरेपछि विवाद टुङ्गीने शिक्षाध्यक्ष देबले बताए । शुल्कको विषयले परीक्षा नै स्थगित गर्नुपर्ने आवश्यक नभएको प्रतिष्ठानका पदाधिकारी बताउँछन् ।
शिक्षाध्यक्षले परीक्षा बोर्ड प्रमुख भाटको निजी ब्यस्ततालाई म्यानेज गर्नैका लागि परीक्षा नै स्थगित गरेको विद्यार्थीले बताएका छन् । “उहाँको निजि पारिवारिक समस्या थियो, त्यसको म्यानेज गर्न उहाँ परीक्षा नै स्थगित गरेर सम्पर्क बिहिन हुनुभयो” एक छात्रले भने “हाम्रो परीक्षा र नतिजाबारे के हुने हामी अन्यौलमा छौ ।
मकवानपुर र आसपासका जिल्लाको स्वास्थ सेवामा प्रभाकारीता बढाउंदै आएको हेटौंडा अस्पताल र प्रतिष्ठानलाई अलग गरि प्रतिष्ठान चितवन जिल्लामा सार्ने तयारीमा प्रदेश सरकार लागेपछि यसको तिव्र बिरोध हुंदै आएको छ । प्रदेश सरकारले प्रतिष्ठानका उपकुलपतिलाई निलम्बनदेखि विभिन्न हर्कत गर्दै आएको छ ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि मतदान गर्ने समय केही घण्टामात्रै बाकी हुंदा मतदान स्थलहरूमा तिव्र गतिमा तयारी भैरहेको छ । मतदान स्थलको तयारी र व्यस्तताले पर्व मनाउन लागेको जस्तो उल्लास देखिएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।
मतदान स्थलमा कर्मचारीहरू मतदाता परिचयपत्र वितरणमा संगै मतदाता शिक्षा दिन व्यस्त छन् भने मतदाताहरू आफ्नो मतदाता परिचयपत्र लिन लागिपरेको छन । म्यादी प्रहरीहरू मतदान केन्द्र निर्माणमा जुटेका छन् । स्थानीय दलहरूको सर्वदलीय बैठक बसिरहेको छ । प्रहरीहरूले मतपत्रलगायतको सुरक्षामा पहरा दिइरहेको छ । मतदान स्थलमा आज सांझसम्म तोकिएको सशस्त्र प्रहरीहरू पुग्ने छन् । मतदान केन्द्र भित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिनेछन भने मतदान केन्द्र बाहिरा सेना खट्नेछन ।
मतदान स्थलमा खटिने विभिन्न संघसंस्थाका स्वयंसेवकहरू आफ्नो जिम्मेवारी बहनको लागि निर्देशन सहित फिल्डमा खटिने तयारीमा छन् । “सबैको चटारो र स्फुर्ती देख्दा पर्व नै मनाउने तयारीमा लागेजस्तो देखिन्छ” हेटौंडा ४ भुटनदेवि माबि मतदान स्थल नजिकैको किराना व्यवसायी सिता कार्कीले भनिन् ।
“५ बर्षको लागि आफूहरूले आफ्नो प्रतिनिधि छान्न पाउनु एउटा पर्व नै हो, उल्लाससंगै गम्भीर र सचेत पुर्वक प्रतिनिधि छान्नुपर्छ” युवा सन्चारकर्मी प्रकाश दाहालले भने ।

जिल्लाका सबै मतदान केन्द्रहरुमा आवश्यक सबै तयारी पूरा भईसकेको र स्थलगत तयारीमा जिम्मेवारी तोकिएका कर्मचारी तथा सुरक्षाकर्मीहरू खटिरहेको बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले बताए ।
भोलि बिहान ७ बजेबाट मतदान कार्यक्रम सूरूहुने छ । निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न १ सय ६५ मतदान स्थलका लागि २ हजार ८ सय ३८ कर्मचारी खटाएको उनले बताए । जसमा १ हजार ७७० जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले खटाइएको छ । भोलि एक दिनको लागि १ हजार ६८ जनालाई मतदान अधिकृृतहरूले स्वयमसेवकको रुपमा खटाउने तयारी भएको छ ।
निर्वाचन सुरक्षाका लागि सरकारले १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाइएको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।
निर्वाचनमा सहभागी हुँदा कसैको दबाब र प्रभावमा नपर्न मतदातालाई उनले आग्रह गरे । यदि त्यस्तो भएमा आयोगमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । आयोगको काम निष्पक्ष, भयरहित ढङ्गबाट निर्वाचन कार्यलाई सफल बनाउने र सम्पन्न गराउने रहेको उनले बताए ।
आखाँको समस्या र हात नचल्ने बृद्धाबृद्धा, अपाङ्गहरुले आफ्नो घरका सदस्यलाई लिएर मतदान गराउन सकिने छ। यदि विश्वास नलाग्ने सदस्यहरु भएमा निर्वाचन अधिकृतलाई सम्पर्क गरेर आफूलाई मन लागेको उम्मेदवारलाई मतदान गर्न सकिने कानुनी प्रावधान रहेको उनले बताए ।
मकवानपुरमा २ लाख ९ ४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।
मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगर पालिका रहेका छन् । जसमा इन्द्र सरोवर गाउँपालिकामा सबैभन्दा कम र हेटौंडामा उपमहानगरपालिकामा सबैभन्दा बढि मतदाताहरू छन् ।
हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।
यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् ।