मकवानपुर । बितेको २४ घण्टामा १ हजार ३ सय २९ जना निको भएका छन् । याे सँगै हालसम्म देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम जानकारी दिए ।
यसै गरी बितेको २४ घण्टामा देशभर थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ प्रवक्ता गाैतमले बताए । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमित २२ हजार २ सय १९ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ र होम आइसोलेसनमा ११ हजार ८सय ९३ जना रहेका गाैतमले जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको हो।
यसैबीच कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ।
चितवन। चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान ६:३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
असोज १६ गते कोरोना सङ्क्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ। यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ।
मकवानपुर । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा ६० हजार ६९६ जना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा संक्रमण मुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।
बितेको २४ घण्टामा देशभर हालसम्मकै सर्वाधिक संख्यामा काेराेना भाइरसकाे संक्रमण थपिएकाे मन्त्रालयले जानकारी दिएकाे छ । शुक्रवार थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए ।
यस्तै आज शुक्रबारसम्म देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ । आइसीयूमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।
मकवानपुर । पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
निकाे हुनेकाे संख्या कुल संक्रमितको ७३.४ प्रतिशत हो । देशका विभिन्न अस्पताल तथा आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएका गाैतमले बताए । नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको गौतमले जानकारी दिए ।
मकवानपुर । नेपाल चिकित्सक संघकाे मकवानपुर शाखा स्थापना भएको छ । शनिबार असाेज १० गते मकवानपुरका सरकारी, निजि तथा प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको भेलाबाट शाखा स्थापना गरेकाे हाे । भेलाले बालरोग विशेषज्ञ डा. हरि खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेकोे छ ।
चिकित्सकहरूकाे भेलाले संघ मकवानपुरको प्रथम उपाध्यक्षमा डा. रामचन्द्र सापकोटा, द्धितीय उपाध्यक्षमा डा. प्रमोद चौरासिया, सचिव राजु सेढाई, सहसचिवमा डा.आरिफ करिम, कोषाध्यक्ष डा. सुजता पन्त, सह–कोषाध्यक्षमा डा. सुवास कुमार वनैतालाई निर्विरोध चयन गरेको छ । यसैगरी सदस्यहरुमा डा. विकास थापा, डा.दोजेन्द्र बस्नेत, डा.प्रविण पाठक, डा. नेहा गुप्ता, डा. सुनिल शाह, डा.नगेन्द्र श्रीस रहेका छन् । संघको सल्लाहकारमा प्रा.डा. विश्वराज जोशी, डा. सतिषकुमार देव, डा.प्रविण श्रेष्ठ, डा.रामविया चौरासिया, डा. विक्रम आदित्यकुमार शाह चयन भएकाे डा. हरि बहादुर खड्काले बताए ।
बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा. विश्वराज जोशीको प्रमुख आतिथ्यमा शनिबार नेपाल चिकित्स संघ मकवानपुर शाखाको स्थापना भएको बताइएकाे छ ।कार्यक्रममा प्रतिष्ठानका शिक्षध्याक्ष सतिश कुमार देव लागयत जिल्लाका ५० जना चिकित्सहरुको उपस्थिती रहेको थियो । नेपाल चिकित्सक संघको अहिलेको प्रस्तावित तदर्थ कमिटले अर्को चुनाब नभएसम्म कार्य गर्ने डा.खड्काले बताए।