मकवानपुर । कोराना भाईरस (कोभिड १९) संक्रमण पुष्टी भएका हेटाैडाका १ जनाकाे शुक्रबार मृत्यु भएकाे छ । हेटौँडा उपमहानगर वडा नंबर ४ भैरबरोडका स्थायी बासिन्दा ५० वर्षका पुरुषको मृत्यु भएको हेटाैडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलानाथ चौलागाईंले जानकारी दिए ।
मृतककाे बैशाख २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक पुरुष केहि समयअघि बिदेशबाट बिरामी अवस्थामै घर फर्किएका थिए । उनले विगत एक महिनाबाट क्षयरोगको औषधि खाईरहेका थिए । उनलाई कोलेष्ट्र्लको पनि समस्या रहेको चौँलागाईले बताए ।
हेटौंडामा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली
Tags: No Comments
मकवानपुर । मकवानपुरमा पछिल्लाे समय बढ्दै गएकाे काेराेना संक्रमणका कारण हेटौंडामा सवारी साधरमा बैशाख १२ बाट जोरबिजोर प्रणाली लागु हुने भएको छ । कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र मकवानपुरको शुक्रबारकाे बैठकले सिफारिस गरे बमोजिम बैशाख १२ गते आईबतबारबाट हेटौंडा बजार क्षेत्रमा सवै निजी साना सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएकाे हाे ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले शुक्रबार आदेश जारी गरि काेराेना संक्रमण बढेको भन्दै जोरबिजोर प्रणाली लागु गरिने छ । प्रजिअको आदेशमा जिल्लाका सबै पिकनिक क्षेत्र बन्द गर्ने, माक्स नलगाई सार्वजनिक स्थलमा गए संक्रमण ऐन २०२० अनुसार कारबाही गर्ने भनिएको छ ।
बैठकले हेटौंडामा निजी साधन कार, माेटरसाइकल तथा भाडाका निजी सवारी ट्याम्पो, अटो म्याजिक र मयुरीहरुमा जोर–विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । बैठकले गृह मन्त्रालयको निर्देशन अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न लगाउने, सभा, सम्मेलन तथा भिडभाड हुने खालका कार्यक्रम गर्न नदिने, शैक्षिक संस्था बन्द गर्नेलगायतका निर्णयसमेत गरेको छ ।
बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा संयाेजक सहित ७ सदस्यीय अनुगमन समिति समेत गठन गरेकाे छ । पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष समेत सदस्य रहेकाे समितले अनुगमनलाई तिव्रता दिइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएकाे छ ।


मकवानपुर । विहीबार मकवानपुरमा २९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । ५२ जनाको स्वाब परीक्षणको रिपोर्टमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काेराेना पुष्टि हुनेमा २२ जना हेटौंडा उपमहानगरपालिकाका, २ जना भीमफेदी गाउँपालिका र १ जना मनहरी गाउँपालिका ३ का रहेका छन् । यसैगरी ४ जना हेटौंडा बस्ने जिल्ला बाहिरका रहेका छन् । जसमा २ जना बारा र नुवाकोटका १ जना र भारतीय नागरिक १ जना रहेकाे छन् । बुधबार जिल्लामा २ जना बालक सहित २५ जनामा कोरोना पुष्टि भएको थियो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९८ जना पुगेको छ ।
जिल्लामा हालसम्म ४ हजारमा कोरोना पुष्टि भएकोमा ३ हजार ८ सय ६९ जना संक्रमण मुक्त भएको छ । मकवानपुरमा कोरोनाबाट हालसम्म ३३ जनाको ज्यान गएको छ । बुधबार हेटौंडामा १ संक्रमितको ज्यान गएको थियो ।
नेपालमा थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
१० हजार १ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ जना र ४ सय ४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएकाे हाे ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
काेराेना पुष्टि भएका मध्य १ हजार ५१ जना काठमाडौँ उपत्यकाका रहेका छन्। पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४४ परीक्षणको पीसीआर र ८ सय ३ जनाको एन्टिजेन परीक्षण भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ रहेकाे छ ।
मकवानपुरमा बुधबार २५ जनामा कोरोना संक्रमण
मकवानपुर जिल्लामा बुधबार थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा एक जना ५ वर्षिय वालक समेत रहेका छन् ।
कोरोना संक्रमित मध्य २४ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका र एक जना कैलाश गाउँपालिकाको रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताए ।
हाल मकवानपुरमा ७७ जना सक्रिय संक्रमित रहेका छन । मकवानपुरमा हालसम्म ३ हजार ९ सय १२ जना संक्रमित भएका छन् । बुधबार विहान हेटाैडामा १ जना पुरूषकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ । मकवानपुरमा संक्रमित मध्ये ३३ जनाको ज्यान गएको छ ।
कोरोना संक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु
Tags: No Comments
मकवानपुर / कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका निवासी एक जना पुरुषको मृत्यु भएको छ।
केहि दिन अघि मात्रै कोरोना संक्रमण भएका हेटौंडा –४ कर्रा निवासी ७४ बर्षीय एक पुरुषको आज मृत्यु भएको हो । उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ। पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या पहिलो हो । हालसम्मको पछिल्लो परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।
मृतक संक्रमित संक्रमण पुष्टिभएपछि पनि होम आईसोलेसनमा रहेर चिकित्सकको सल्लाह र परामर्श लिदै उपचाररत रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाँईले बताए । संक्रमितको संख्या बढ्दै गएपनि सरकारी तवरबाट उपचार कक्षको व्यवस्थापन नहुदा संक्रमित घरमा नै रहेको बताईएको छ ।
हेटौंडामा पहिलो चरणको कोरोना संक्रमण सुरु भएपछि तयार पारिएका गौरीटार र कर्रा आईसोलेसन बन्द भएपछि अहिले अस्पताल परिसरमै आईसोलेसन कक्ष तयार गर्ने बारे छलफल भइरहेको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।
पठनपाठन बन्द, परीक्षा कार्यक्रम जारी
हेटौंडा उपमहानगरपालिका भित्र रहेको शैक्षिक संस्थाहरुमा बुधबारबाट पठनपाठन बन्द गरिएको छ । हेटौंडाको शैक्षिक संस्थाहरु बन्द गरेर अनलाईन मार्फत कक्षा संचालन गराउन कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रले मंगलबार निर्णय गरेपछि आजबाट विद्यालयहरुमा पठनपाठन बन्द गरिएको हो । यद्यपि पूर्व निर्धारीत परिक्षा कार्यक्रमहरु भने सुचारु नै रहेको छ ।
कोरोना संक्रमण जोखिमका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रका सार्वजनिक तथा निजी विद्यालय वैशाखभर बन्द हुने छन् । कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आएका निर्णयहरूलाई जिल्लामा बैसाख ७ गते देखि लागू हुने गरी कार्यान्वयन गर्ने निर्णय गरे गरेको थियो ।
यससंगै हेटौंडा उपमहानगरपालिका भित्रको सार्वजनिक तथा निजी विद्यालयहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको बैठकले हेटौंडा भित्रका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) मा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म अनलाईन कक्षा संचालन गर्ने निर्णय गरेको गरेको हो ।
यसैगरि जिल्लाका ९ स्थानीय तहहरुले आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गराई पठन पाठन गराउन सक्नेछ ।