मकवानपुर । मकवानपुर जिल्ला कैलाश गाउँपालिकाले स्थानीय कृषक समुहका किसानहरुलाई विभिन्न कृषि सामग्रि वितरण गरेको छ ।
किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर १३ वटा, अदुवा पिस्ने मिल ६ वटा, विषादी छर्कने इलेक्ट्रिक पम्प २० वटा र डिजिटल तराजु २ वटा हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष वालकुमार मल्ल ठकुरीले आज किसानहरुलाई उक्त कृषि सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
अदुवा पकेट क्षेत्र कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि ज्ञान केन्द्र चितवनले कृषि सामग्रीहरु वितरण गर्न १५ लाख रुपैंया बजेट उपलब्ध गराएको थियो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसानले व्यहोर्नेगरी उक्त कृषि सामग्रीहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले जानकारी दिए ।
‘अवैधानिक’ रुपमा ओसार्न लागिएको १३३ गाई गोरु अलपत्र
Tags: No Comments
मकवानपुर । रूपन्देहीबाट झापा लैजादै गरेको कागज बनाएर ल्याइएको गाईगोरू हेटौडामा अलपत्र परेका छन् ।
खरिद बिलमा उल्लेख गरिएको र फिल्डमा देखिएको गाई गोरुको संङ्ख्या नमिलेपछि हेटौंडामा जिल्ला प्रशासन र प्रहरीले गाई गोरु बरामद गरेको थियो । पशु स्वास्थ्यकर्मी, प्रहरी र प्रशासनको रोहबरमा बरामद गरिएको गाई गोरु अहिले अलपत्र परेका हुन् ।
गाई र गोरुको संङ्ख्य नछुट्याइ बिलमा जम्मा ११७ वटा उल्लेख गरेर ल्याइदै गरेको तर वास्तममा गोरू ६४ गाई ६९ गरी १३३ वटा जनावर रहेको छ ।
जसका ३ वटा गाई गम्भिर बिरामी रहेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाको प्रमुख ब्रज किशोर ठाकुरले जनावर सहित ४ वटा ट्रक बरामद गरेको बताए ।
झापा भनेर बंगलादेश पु¥याइ मासुको प्रयोजनमा बिक्रि गर्न लागिएको आशंकामा गाईहरु बरामद गरिएको बिज्ञ केन्द्रका प्रमुख ठाकुरले बताए । उनका अनुसार हेटौंडालाई ट्राञ्जिट प्वाइन्टको रुपमा लिएर बर्षौदेखि गाईहरु तस्कार हुने गरेका छन् । जनवारसँगै तस्कार गर्न प्रयोग गरिएको लु २ ख ७५५, लु २ ख ६०४, लु २ ख ५९३ र लु २ ख ७५७ ट्रकहरू पनि प्रशासनले बरामद गरेको छ ।
“बिलमा उपलब्ध नम्बरमा सम्पर्क गर्दा नक्कली हो भन्ने पत्ता जानकारी आएको छ, तर आधिकारी भेरीफाइ गर्न बाँकी छ” मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भने ।
रुपन्देही देखि मकवानपुरको हेटौंडा रहेका दर्जनौ प्रहरी कार्यालय पासगर्दै अवैध जनवार बोकेको गाडी कसरी यहाँ आइपुगे, प्रहरीमाथि पनि शंका छ । यरबारे विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुने सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
बर्ड फ्लू प्रमाणित भएपछि हेटौंडाको ६ हजार कुखुरा नष्ट गरियो
Tags: No Comments
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको २ स्थानमा व्यवसायीक कुखुरा फार्ममा बर्ड फ्लू प्रमाणित भएपछि आज ६ हजार कुखुरा नष्ट गरिएको छ ।
हेटौंडा १८ हर्नामाडीको एउटा र हेटौंडा ७ नागश्वतीको दुईवटा व्यवसायीक कुखुरा फार्ममा रहेका कुखुरा एक्कासि मर्न थालेपछि पिसिआर टेस्ट गर्दा बर्ड फ्लू प्रमाणित भएको थियो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार हेटौंडा–७, नागश्वती र हेटौंडा–१८, हर्नामाडी क्षेत्रमा बर्डफ्लु पुष्टि भएको हो । हेटौंडा उपमहानगरपालिका वडा न १८ हर्नामाडीमा राजकुमार दुलालको फार्ममा रहेको १ हजार ५ सय कमर्सियल लेयर्स प्रजातिको कुखुरामा बर्ड फ्लू पुष्टि भएपछि २४ गते कुखुरा नष्ट गर्ने तयारी गरिएको थियो ।
तर कुखुरा नष्ट गर्न गएको बिज्ञ टोलिलाई नै आशंका लागेपछि पुन: नमुना परिक्षण गर्न पठाईएकोमा फेरि पनि पोजेटिभ नतिजा आएको भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए। बैठकमा कुखुरा व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा कुखुरा नष्ट गरिएको हो ।
यता हेटौंडा–७ को रिना थापाको रितिका पोल्ट्री फर्म र रामू सिलवालको रिया पोल्ट्री फर्ममा बर्डफ्लु प्रमाणित भएको रिपोर्ट आज प्राप्त भएको हो । कुखुरा मरेपछि गतशुक्रबार ल्याब परीक्षण गर्न काठमाडौंस्थित पशु रोग अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो ।
आज कुखुरा ६ हजार वटा, अन्डा ११ हजार ५९६ वटा, दाना ३ बोरा नष्ट गरिएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारले बताए । ११ दिनअघि हेटौंडा ७ नागश्वतीमा बर्ड फ्लू पुष्टि भएपछि लेयर्स कुखुरा ३ हजार ४५३ वटा, अण्डा ५ हजार ७८० गाेटा र ४५० केजी दाना नष्ट गरिएको थियो ।
मकवानपुर / मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा न १८ हर्नामाडीमा कमर्सियल लेयर्स प्रजातिको कुखुरामा बर्ड फ्लू भेटिएको छ ।
हर्नामाडी १८ को राजकुमार दुलालको फार्ममा रहेको १ हजार ५ सय कमर्सियल लेयर्स प्रजातिको कुखुरामा बर्ड फ्लू भेटिएको हो । २२ बैशाखमा नमुना परिक्षणको लागि पठाईएकोमा २३ गते राती बर्ड फ्लू प्रमाणित भएको जानकारी आएको भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए ।
रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बैठक बसि बर्ड फ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने टोलि फिल्डमा जाने तयारी गरिएको मकवानपुरका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
उनका अनुसार आज राती बर्ड फ्लू प्रमाणीत भएका कुखुरा नष्ट गरिने छ । बर्ड फ्लू नियन्त्रण समितिको बैठक बसेर व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयपछि कुखुरा नस्ट गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
बैठकमा कुखुरा व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यता हेटौंडा ७ कमानेको अर्को एक कुखुरा फार्मको कुखुरामा बर्ड फ्यू शंका लागेपछि पीसीआर जाँचको लागि पशुसेवा बिभाग काठमाडौमा नमुना पठाईएको स्रोतले जनाएको छ । यस फार्ममा भने २५ हजार कुखुरा रहेका छन् ।
१० दिनअघि हेटौंडा ७ नागश्वतीमा बर्ड फ्लू पुष्टि भएपछि लेयर्स कुखुरा ३ हजार ४५३ वटा, अण्डा ५ हजार ७८० गाेटा र ४५० केजी दाना नष्ट गरिएको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा बर्ड फ्लु भेटिएपछि विहीबार राती कुखुरा नष्ट गरिएको छ ।
नागस्वतीको कुखुरा व्यवसायी राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासनको प्रतिनिधि लगायतको उपस्थितीमा कुखुरा नष्ट गरिएको हो ।
खड्काको फार्ममा रहेको कुखुरा ३ हजार ४ सय ५३ वटा, अण्डा ५ हजार ७ सय ८० वटा र ४ सय ५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका सहायत स्तर पाँचौ प्रदीप सापकोटाले बताए ।
९ बैशाखमा बर्ड फ्लु शंका लागेपछि पशुसेवा बिभाग काठमाडौ नमुना पठाईएकोमा ७ दिनपछि बिहिवार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक बसि बर्डफ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने टोली फिल्डमा गएको थियो ।
आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्ड फ्लू प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमुना परिक्षण भने नेगेटिभ आएको डाक्टर ठाकुरले बताए । आवश्यक स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर कुकुरा नष्ट गरिएको उनले बताए ।
र्यापिड टेस्टको आधारमा किसानले क्षतिपूर्ति नपाउने र प्रमाणित रिपोर्ट ढिलो गरि आउने परिपाटीको कारण किसान समस्यामा पर्ने गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारीले किसानले राहत पाउने सुनिश्चितता गर्न आग्रह गरे ।