मकवानपुर । हेटौंडामा १ जना कोरोना संक्रमण पुष्टि भएकाकाे मृत्युु भएको छ । हेटौंडा-१ का ५५ बर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।
हेटौंडा अस्पतालको कोभिड एचडीयुमा उपचाररत उनको बेलुकी ९:१७ मा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डा. सागर काफ्लेले बताए । उनलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार एन्टीजेन विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाे थियाे ।
उनलाई आइतबार कोरोना पुष्टि भएसंगै हेटौंडा अस्पतालको कोभिड कक्षमा राखेर उपचार सुरु गरिएको थियो । कोरोना उपचारका लागि आइसीयु संचालन गरेपछि हेटौंडा अस्पतालमा कोरोना संक्रमितको यो पहिलो मृत्यु हो । याे समेत मकवानपुरमा ३६ जनाले काेरानाकाे कारण ज्यान गुमाएका छन् ।

मकवानपुर । कोभिड-१९ अनुगमन समिति मकवानपुरले पत्रकार र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेकाे छ । नेपाली काँग्रेसले गठन गरेकाे समितिले दोश्रो लहरको कोरोनाको संक्रमणको जोखिमलाई न्युनिकरण गर्न कार्यक्षेत्रमा खटिने पत्रकार, जनपथ प्रहरी र ट्राफिक प्रहरीलाई आईतबार स्वास्थ्य सामाग्री तथा आर्थिक सहयोग गरेको हाे ।
समिति मकवानपुर संयोजक उत्सव ईटेनीले पत्रकार महासंघ मकवानपुर शाखालाई २ सय ५० सर्जिकल माक्स, २७ पिस हेण्ड सेनिटाईजर, ५१ पिस एन ९५ माक्स र फ्रण्ट लाईनमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षाको क्षेत्रमा खर्च गर्नेगरी महासंघ अध्यक्ष तथा समिति सचिव मणिराज गौतमलाई नगद ३० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी समितिले आईतबारै वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरिक्षक कृष्ण बहादुर विष्टलाई २ सय पिस सर्जिकल माक्स, ५१ वटा हेण्ड सेनिटाईजर, ५१ पिस एन ९५ माक्स र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रकाश पाण्डेलाई ४० वटा हेण्ड सेनिटाईजर, सर्जिकल माक्स १ सय पिस तथा ४० थान एन ९५ माक्स वितरण गरेकाे छ ।
समितिका मकवानपुर संयोजक ईटेनीले मकवानपुरका १० वटै स्थानीय तहमा कोरोनाको दोश्रो लहरले पारेको प्रभाव र अवस्था बारे अनुगमन गर्ने र अवस्था हेरी अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम समितिको रहेको बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा समितिका सचिव गौतम, कोषाध्यक्ष जानुका गिरी, सदस्यहरु रामकृष्ण कोइराला, सञ्जय श्रेष्ठ, सुनिल गिरी, सुजन विडारी, सुधिर दाहाल, डोल्मा स्याङ्वो, मदन जोशी, पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरला अधिकारी, जिल्ला सदस्य प्रदिप अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरमा आइतबार परेको चट्याङ लागेर १ जनाको मृत्यू भएको छ । मकवानपुरगढी गाउँपालकिा ६ डुम्रेकुनामा चट्याङ पर्दा ३ जना घाइते भएका थिए । ३ जना मध्य १ जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
पानी परेपछी मकवानपुरगढी गाउँपालकिा ६ डुम्रेकुना नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई मध्य चट्याङ लागेर बेहोस भएका मकवानपुरगढी–२ माथिल्लो छाप बस्ने २५ वर्षीया कविराज वाइवाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर मकवानपुरगढी–२, छाप बस्ने ४६ वर्षीय बीरबहादुर वाइवा र सोही स्थानका ५६ बर्षीय बीरवल वाइवा घाइते छन् । घाइतेहरुलाई सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात् थप उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको बताइएको छ । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्लामा आइतबार बैशाख १९ गते ८ जना काेराेना सक्रमित काेराेना सक्रमण मुक्त भएका छन् । यो संगै जिल्लामा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३ हजार ८ सय ९४ जना पुगेको छ ।
यस्तै आइतबार मकवानपुरमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज गरिएको ६३ जनाको स्वाब परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै मकवानपुरमा कोरोना भाइरस पुष्टि हुनेको संख्या ४ हजार ५ सय ७१ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएकाे छ ।
आज थप भएकाे ३६ जना समेत गरी मकवानपुरमा ६ सय ४४ जना काेराेना भाइरसकाे सक्रिय संक्रमित रहेका छन् । सक्रिय सक्रमित मध्य ६ सय १५ जना घरमा उपचारत रहेका छन् भने १६ जना हेटौंडा अस्पतालको आईसियू र १३ जना हेटौंडा-६ स्थित गौरिटार आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यसैगरी २ जना संक्रमित बाहिरी जिल्लाका हेटौंडामा उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण ३५ जनाको मृत्यु भएको छ ।
मकवानपुरमा बैशाख १९ गते रातीबाट निषेधाज्ञा (निर्णय सहित)
Tags: No Comments
मकवानपुर । मकवानपुरमा बैशाख १९ गते आइतबार राती १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । काेराेना संक्रमितकाे सक्रिय संख्या मकवानपुरमा ५ सय माथि पुगेकाेले संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निषेधाज्ञा लगाइएकाे बताइएकाे छ ।
जिल्ला सुरक्षा समितिको शनिबार अपराह्नको बैठकले हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाकाे सबै क्षेत्र तथा मनहरी गाँउपालिकाकाे राजमार्ग क्षेत्रकाे दाँयाबाँया ५ सय मिटर वरपर निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । प्रजिअ पाण्डेका अनुसार बैठकले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लाका उक्त स्थानीय तहमा भोलि आइतबार राती १२ बजेदेखि लागू हुने गरी आगामी बैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे हाे ।
यसअघी शनिबार दिउँसो बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकामा निषेधाज्ञा लगाउन सिफारिस गरेकाे थियाे ।
त्यसैगरी राजमार्गको ५ सय मिटर वरपर निषेधाज्ञा लगाउन पनि केन्द्रले सिफारिस थियाे । बजारका तरकारी पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुला राख्न र पास बिना सवारी साधन संचालन गर्न नदिने गरी निर्णय गर्न सिफारिस गरेको थियो ।
निशेधाज्ञाकाे निर्णय हेर्नुहाेस

