मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा १ महिने अनलाइन तालिम सञ्चालन गरिएको छ। शिक्षकहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
शिक्षक तालिम अन्तरगत प्राथमिक तहमा अङ्ग्रेजी बिषयको तालिम बिहान १० बजेदेखि १२ बजेसम्म, निमावि र माध्यमिक तहमा गणितसंग सम्बन्धित तालिम १२ बजेदेखि २ बजे सम्म, प्राविधिकसंग सम्बन्धित तालिम २ बजेदेखि ४ बजेसम्म संचालित हुने मकवानपुरगढी गाउँपालिकाका स्रोत शिक्षक इन्द्र बहादुर कार्कीले बताए ।
तालिमको मुख्य उद्देश्य शिक्षकहरुको क्षमता बृद्धि गर्ने रहेको छ । तालिममा संगम चौलागाई, जंगनाथ सिंह कार्की र सवण कुमार श्रेष्ठले प्रशिक्षण दिने गाउँपालिकाका स्रोत शिक्षक कार्कीले बताए ।
तालिम कार्यक्रमको प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईं,उद्घाटन समारोहका संञ्चालक मकवानपुर गढी गाउँपालिकाका स्रोत शिक्षक इन्द्र बहादुर कार्की तालिमको सभाअध्यक्ष गढी गाउँपालिकाका स्रोत शिक्षक दासरथी उपाध्याय, अथितीमा सामाजिक विकास संयोजक जित बहादुर घिमिरे, प्रमुख प्रशासक्रिय अधिकृत राम कुमार पुडासैनी रहेका थिए। तालिममा १ सय २१ जना शिक्षकहरू सहभागी रहेकाे स्रोत शिक्षक कार्कीले बताए ।
मकवानपुर । मकवानपुरमा थप १ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ११ जना र संस्थागत आइसोलेसनबाट ३१ जना गरी १ सय ४२ जना कोरोना निकाे भएका स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना संक्रमण निकाे हुनेकाे संख्या ७ हजार ७ सय ५३ पुगेको छ ।
यसैगरी जिल्लामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६० जनामा पीसीआर र एन्टीजेन परीक्षणमा थप ६२ जनामा संक्रमण पुष्टि भएको कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ६ सय ४१ पुगेको छ । जिल्लामा हाल १७ सय ३० जना संक्रमित घरमा र ९४ जना आइसोेसनमा गरी १ हजार ८ सय २४ संक्रिय संक्रमित उपचाररत रहेका छन् ।
यस्तै काेराेना संक्रमण पुष्टि भएका मकवानपुरमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ९ की २२ वर्षीया महिला रहेकी छन् । उनको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । उनमा जेठ १९ गते कोरोना पुष्टि भएको र साेहि दिन हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ ।
मकवानपुर । मकवानपुरमा बुुुधबारबाट सुुुुरु भएको कोरोना विरूद्धकाे भेरोसेल खोप १ हजार ४ सय ४७ जनालाई लगाईएको छ । जिल्लाको लागि आएको ६ हजार ५ सय डोज खोप मध्ये बुधबार उक्त सख्यामा खाेप लगाइएकाे जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे हाे ।
जिल्लाको बकैया गाउँपालिका बाहेक सबै स्थानीय तहले बुधबारबाट खोप लगाउने कार्यक्रम सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उनका अनुसार ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका हेटौंडा उपमहानगरपालिका भित्रका ९ सय २३ जनाले खोप लगाएका छन् । बकैया गाँउपालिका बाहेक अरू ८ स्थानीय तहका ५ सय २४ जनाले समेत गरी १ हजार ४ सय ४७ जनाले चिनबाट प्राप्त भेराेसेल खाेपकाे पहिलो डोज लगाएका हुन् । बकैया गाउँपालिकाले भने आजबाट खोप लगाउने तयारी गरेको निरीक्षक घिमिरेले बताए ।
कुन स्थानीय तहलाई कति भेरोसेल खोप ?
जिल्लामा आएको ६ हजार ५ सय डोज मध्ये हेटौंडा उपमहानगरपालिको लागि २७ सय डोज पठाईएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
त्यसैगरी थाहा नगरपालिकालाई ६ सय ८५,मनहरी गाउँपालिकालाई ५ सय ३९, बकैया गाउँपालिकालाई ४ सय ८६, बामगती गाउँपालिकालाई ४ सय ३४,मकवानपुगढी गाउँपालिकालाई ३ सय ९३, भीमफेदी गाउँपालिकालाई ३ सय ९३, कैलाश गाउँपालिकालाई ३ सय ७८, राक्सिराङ गाउँपालिकालाई २ सय, इन्द्रसरोबर गाउँपालिकालाई १ सय ९२ डाेज खोप पठाईएको कार्यलयले जनाएको छ ।
यसअघि जिल्लामा भारतबाट आएको कोभि शिल्ड २१ हजार ४ सय ३ जनाले पहिलो डोज र ६ हजार २ सय ४१ जनाले दोस्रो डोज खोप लगाएका छन् ।
मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले नेकपा माधव नेपाल पक्षले अघि सारेको ” वृहत कम्युनिष्ट एकता ” के कसरी सम्भव छ ? भनेर प्रश्न गरेका छन् । उनले जनता जागरुप भैसकेको भन्दै जनतामा भ्रम सृजना गरेर झुठको खेती नर्गन बुधबार सामाजिक सञ्जाल फेसबुकमा नेपाल समूहलाई सुझाव समेत दिएका छन् ।
उनले माधव नेपालले अघि सारेको ‘बृहत कम्युनिष्ट एकता’ आफ्नै पार्टी फुटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रपञ्च भएको शंकेत गरेका छन् । उनले सञ्जालमा लेख्दै प्रश्न गरेका छन दिनहुँ बुढानिलकण्ठ, सानेपा कांग्रेस पार्टी कार्यालय धाएर, एमाले विरुद्ध अप्राकृतिक गठबन्धन गरेर बृहत कम्युनिष्ट एकता संभव छ ?
उनले माधव नेपाल एण्ड कम्पनी भन्दै चुनाव फेस गर्न समेत अनुरोध गरेका छन् ।

मकवानपुर । मकवानपुरमा थप १ सय ७७ जना काेराेना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ७२ जना र संस्थागत आइसोलेसनबाट ५ जना गरी १ सय ७७ जना कोरोना संक्रमणमुक्त भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे छ । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ६ सय ४२ पुगेको छ ।
यस्तै जिल्लामा सक्रिय संक्रमित मध्य हाल १ हजार ६ सय ९९ जना घर रहेका र १ सय १५ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरी मकवानपुर थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ५ सय ७९ जना पुगेको कार्यलयले जनाएको छ ।