मकवानपुर । हेटौंडा क्याम्पसका संस्थापन अध्यक्ष स्वर्गीय श्रीचन्द्र पौडेल शर्माको स्मृतिमा छात्रवृति कोष स्थापना गरिने भएको छ।
हेटौंडा क्याम्पसको स्थापनाकाल देखि निरन्तर २८ वर्षसम्म क्याम्पस संचालन समितिको अध्यक्ष रहि क्याम्पसलाई गरेको योगदानको कदर गर्दे उनको स्मृतिमा १० लाखकाे ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृति कोष’ स्थापना गरिने लागिएकाे हाे ।
छात्रवृत्ति कोष १० लाख रकमको रहने हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले बताए । क्याम्पसको संचालक समितिको निर्णयले छात्रवृति कोषको कार्यविधि निर्माणको लागि प्राध्यापक अर्पण पराजुलीको संयोजगत्वमा ५ सदस्यीय समिति समेत गठन भईसकेको छ ।
मानन्धरले समितिको कार्यविधिले कति विद्यार्थीलाई छात्रवृति दिने मिल्ने भन्ने निर्क्यौल गर्ने र उक्त छात्रवृति क्याम्पसका विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने बताए । संस्थापक अध्यक्ष स्वर्गीय शर्माको २०७७ साल बैशाख २० गते निधन भएको थियो।
मकवानपुर । मकवानपुर जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस हाताभित्र अर्धकदको शालिक निर्माण गरिने भएको छ । संस्थापक क्याम्पस प्रमुख मुकुन्द दास श्रेष्ठकाे सम्झनामा क्याम्पसको हाताभित्र अर्धकदको शालिक निर्माण गरिन लागिएकाे हाे ।
क्याम्पसका पूर्वविद्यार्थीहरुको संगठनले क्याम्पसको संस्थापक प्रमुख रहेर क्याम्पसको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै शालिक निर्माण गर्न लागेकाे क्याम्पसका पुर्व विद्यार्थी अर्जुनप्रसाद चौलागाँईले बताए। श्रेष्ठले २०३७ सालमा स्थापना भएको क्याम्पसको २०४५ सालसम्म क्याम्पस प्रमुख रहेर काम गरेका थिए। श्रेष्ठको २०७२ सालको भूकम्पमा परी मृत्यु भएको छ।
शालिक निर्माणका लागि सोमबार बसेको क्याम्पसका पूर्वविद्यार्थी संगठनको बैठकले केशवलाल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय शालिक निर्माण तथा अनुगमन समिति गठन गरेको छ । शालिक निर्माण समितिको सचिवमा अर्जुनप्रसाद चौलागाई, कोषाध्यक्षमा माया पौडेल, सदस्यमा प्रताप विष्ट, विनोद रिजाल, ईन्द्रप्रसाद नेपाल, र प्रभाकर पाण्डे रहेका छन् ।
यस्तै अनुगमन समितिको संयोजकमा यमबहादुर सिलवाल, सदस्यमा हरिबहादुर राउत, मोहनप्रसाद शर्मा र सत्यनारायण सिलवाल रहेका छन् ।
मकवानपुर /माईती नेपाल रोकथाम गृह मकवानपुरले किशोरीहरूलाई जीवन उपयोगी तालिम प्रदान गरेको छ ।
मकवानपुरको विभिन्न गाउँपालिकाका १७ जना किशोरीहरूलाई माइती नेपाल मकवानपुरले ४ महिने आवासीय सिपयुक्त तालिमपछी ५ दिने जीवन उपयोगी सिपबारे प्रशिक्षण गराएको हो । तालिममा प्रशिक्षक बच्चुराम बस्नेतले किशोरीहरूलाई निर्णयको सीप, सोचाइ सीप, सिर्जनात्मक सीप, समालोचनात्मक सीप, किशोरी प्रजनन प्रणाली तथा स्वास्थ प्रणाली, आत्माबल बढाउने सीप जस्ता बिषयमा प्रशिक्षण गराएका थिए ।
तालिमको समापन कार्यक्रममा माइती नेपाल केन्द्रिय कार्यालयका कार्यक्रम प्रबन्धक रामशरण पौडेल, अवलोकन तथा मुल्यांकन अधिकृत रविन्द्र सापकोटा, माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामा, फिल्ड सुपरभाइजर मन लामा, व्यवसायीक प्रशिक्षक सरिता लामालगायतको उपस्थिती रहेको थियो ।
तालिम बोनो र चान्स स्वीसको आर्थिक सहयोग तथा माइती नेपाल मकवानपुरको आयोजनामा भएको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका –१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले विपन्न परिवारलाई जस्तापाता सहयाेग गरेका छन् । अध्यक्ष काेइरालाले १ विपन्न परिवारकाे लागि घर छाउन जस्तापाता सहयोग गरेका हुन् ।
हेटौंडा-१६ घ्याम्पे टोल निवासी एकल महिला अनिता बिश्वकर्माले घरमा छाना छाउन नसक्दा वर्षाको समयमा समस्या भएको गुनासो गरेपछि अध्यक्ष कोइरालाले व्यक्तिगत ३० हजार रुपैयाँ बराबरको जस्तापाता सहयोग गरेका हुन् ।
सहयोगी मन नेपालको सहजीकरणमा जस्तापाता हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाई, जनप्रिय मावि हटियाका व्यवस्थापन समितिका सदस्य रमेश ढकाल, कृष्ण पनेरु,गुणराज राना लगाएतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध सहित २ जना पक्राउ गरेकाे छ । हेटाैडा १० बसपार्क प्रहरी चाैकीबाट खटिएकाे प्रहरी चेकिङ टाेलीले भदाै ८ गते लागुऔषध फेनारागन एमपुल–९, डाईजोपाम एमपुल–९, नुरफिन एमपुल–९ सहित एमपुल उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
विरगंजबाट चितवन तर्फ जाँदै गरेकाे ना ५ ख ३९४३ नं. काे बस चेकजाँच गर्दा उक्त परिमाणकाे लागुऔषध सहित चितवन रत्ननगरपालिका १० का दमन थापा र विनाेद चाैधरीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
ना ५ ख ३९४३ नं. काे बसमा सवार थापाकाे साथबाट उक्त परिमाणकाे लागुऔषध फेला परेकाे तथा थापासँगै सवार चौधरी समेतकाे संलग्नता रहेकाेले दुवै जनालाई नियन्त्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।