मकवानपुर । हेटाैडामा काेराेना संक्रमित १ जनाकाे मृत्यु भएकाे छ । हेटौंडा उपमहानगरपालिका भित्र थप १ जना संक्रमितको मृत्यु भएको हाे । शनिबार बिहान हेटौंडा ११ की ४८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मृतक महिलालाई भदौ १६ गते उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनमा भदौ १७ गते कोरोना पुष्टि भएको हेटाैडा अस्पतालले जनाएकाे छ । यो संगै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ । हालसम्म मकवानपुर जिल्लामा मृत्यु हुनेकाे संख्या १ सय ६२ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
शनिबार थप २३ जनामा कोरोना पुष्टि
मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप २३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । ९८ जनाकाे पीसीआर र एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हाे ।
यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ६ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २१ जना काेराेना सक्रमित काेराेना निकाे भएका छन् ।
मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजिवन सदस्यहरुलाई आवश्यक परेकाे बेला रगत उपलब्ध गराउने भएको छ ।
हेटौंडा उपशाखाको शनिबार बसेको बैठकले उपशाखाका आजिवन सदस्यहरूलाई रगतको आवश्यकता परेको बेलामा रक्तसञ्चार केन्द्र मार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेकाे हाे । रगतको आवश्यकता परेको बेला बिरामीलाई रगत उपलब्ध गराउने र बिरामीलाइ उपलब्ध गराएको रगतको मूल्य बराबरको रकम हेटौंडा उपशाखाले रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउने नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिवहरि दाहालले जानकारी दिए ।
सभापति दाहालका अनुसार नेपालमै पहिलो पल्ट नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको उपशाखाले आफ्नो आजिवन सदस्यहरुलाई निशुल्क रगत उपलब्ध गराउन लागिएकाे हाे । यस कार्यक्रमले बिरामी भएको बेला आजिवन सदस्यहरुलाई सहयोग पुग्ने दाहालले बताए । अहिले रक्तसञ्चार केन्द्रले प्रती युनिट रगतको ८ सय ५० रुपैया लिदै आएको छ ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनिती समाजसेवा भन्दा पनि ब्यापार भएकोमा चिन्ता प्रकट गरेका छन् । शुक्रबार मकवानपुरको हेटौंडामा पार्टी सम्बद्ध युबा संगठनद्वारा आयोजित अगुवा युबा भेलालाई सम्बोधन गर्दै थापाले भने ‘स्वार्थी एवं भ्रष्ट व्यापारी,ठेकेदार र नेताहरुको माफिया गठबन्धनले नेपालमा प्रजातन्त्रलाई वन्धक बनाएको छ’
थापाले गाउँदेखि केन्द्रसम्मको राजनीति यही माफियाले प्रदुषित गरेको छ। संबैधानिक अङ्ग कब्जाको नितिले प्रजातन्त्र कमजोर भएको बताएका छन् । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग भएको थापाको दाबी थियो ।इमानदार र बिकासप्रेमी भन्दा माफिया, व्यापारी, बिचौलिया राजनितिमा हाबी भएको भन्दै थापाले राजनीति भ्रष्टिकरण तर्फ गैरहेकोमा युबा पुस्ताको हस्तक्षेपकारी भुमिका जरुरी भएको बताए ।
भएका उद्योग धन्दा कौडिको मुल्यमा बेच्ने, युबालाई रगत पसिना बगाउन मरुभुमिमा जान बाध्य बनाउने सत्तारुढ दलहरुले युबालाई निराश बनाएको आरोप थापाले लगाए। कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले राप्रपामा अहिले कमल थापाको बिकल्प नभएको भन्दै महाधिवेशन ,संगठन र निर्बाचन केन्द्रित हुनुपर्ने आबश्यकता औल्याए ।
कार्यक्रममा नेताहरु राजाराम बर्तौला, गुरु सापकोटा , दामोदर वाग्ले, शुक्र प्रजा, अर्जुन ढुङ्गाना, भृगु कार्की, कोइशोर मैनाली , अमृत पाठक, समेन्द्र लामा, लक्ष्मण सापकोटा लगायतले बोलेका थिए । सो अबसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नेलाई थापाले स्वागत गरेका थिए।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको भदौ २० गते हुने वडा अधिवेशनका लागि खटिने १ सय २ वडा निर्वाचन अधिकृतका लागि अनुशिक्षण सम्पन्न भएको छ । कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता वडा अधिवेशनका लागि खटिने निर्वाचन अधिकृतका लागि शुक्रबार १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला सहायक निर्वाचन अधिकृत र वडा निर्वाचन अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने निर्वाचन सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, क्षेत्रीय सचिव सुवातसिं थिङ, शिक्षक संघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपकलाल श्रेष्ठ, जिल्ला अध्यक्ष रामकुमार अधिकारी, प्राध्यापक संघका अध्यक्ष राजबाबु पहाडी, डिएलए मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) बकैया गाउँपालिकाको अध्यक्षमा जिमि स्याङतान लो चयन भएकी छन् ।
शुक्रबार बकैया-७ मा रहेकाे धनेश्वर पार्कमा भएको भेला तथा सम्मेलनले स्याङतानको नेतृत्वमा ४७ सदस्यीय कमिटी गठन गरिएको बकैया गाउँपालिका उपाध्यक्ष एवं एमाले मकवानपुरको जिल्ला सदस्य सरला बोलखेले जानकारी दिईन् ।
कमिटिको उपाध्यक्षमा सुनिता घिमिरे ढकाल,सचिवमा सानुमाया वाईवा,उपसचिवमा शिव कुमारी राई,कोषाध्यक्षमा ज्वोती भ्लोन सर्वसमत चयन भएको सदस्य बोलखले बताईन् । नेकपा एमाले बागमती प्रदेश सदस्य एवं अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्यहरु दल बहादुर वाईवा,कृष्ण चौलागाई, सुस्मिता घोरासैनी,अनेमसंघ बागमती प्रदेश सदस्यहरु सिता खनाल,लक्ष्मी चौलागाई,अनेमसंघ मकवानपुरको अध्यक्ष सुमित्रा काफ्ले,बकैया-७ का वडा अध्यक्ष रामकाजी लामिछाने,युवा संघ बकैया संयोजक विजय वाईवा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हिन्दु महिलाहरूकाे पर्व हरितालिका तीज विषेश शुभकामना आदनप्रदान गरिएको थियो । कार्यक्रममा करिब ५ सय महिलाहरुको सहभागिता रहेको थियो ।