मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध अफिम जस्तो देखिने बस्तु २ किलो १ सय ग्रामसहित १ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिकाका राजन मोक्तान रहेका छन् ।
शुक्रबार बिहान ९ बजेको समयमा भीमफेदी गाउँपालिकाको भैंसेस्थित प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा कैलाश-२ का २१ वर्षीय मुक्तानलाई सुरक्षाजाँच गर्ने क्रममा लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित भैंसे बजारबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका राजनलाई प्रहरीले हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकमा ३ हजार गाजाँकाे बिरूवा नष्ट गरेकाे छ । असाेज ८ गते शुक्रबार ३:४५ बजेको समयमा प्रहरी चौकी चैनपुर राक्सिराङबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिणामकाे लागु औषध गाँजाकाे बिरूवा नष्ट गरेकाे हाे ।

राक्सिराङ वडा नं. ३ झिल्किनीबाट पलासे तर्फ गई रहेको नम्वर नखुलेको मोटरसाइकलमा रहेका व्यक्तिले गस्ती प्रहरी टोलिलाई देखि मोटरसाइकलमा ल्याएको २ वटा सेतो बोरा फालि भागेको थिए । प्रहरी टाेलीले उक्त बोरा खोली हेर्दा बोरा भित्र करिब ३ हजार वटा लागुऔषध गाँजाको बिरुवा फेला पारी नष्ट गरिएको मकवानपुर प्रहरीले जनाएकाे छ । उक्त बिरुवा ल्याउने ब्यक्तीको खोजतलाश गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर । नेपाली कांग्रेसको नगर तथा पालिका स्तरिय निर्वाचनकाे लागि हेटाैडा उपमहानगर सभापतिमा महेन्द्र राउतले प्यानल सार्वजनिक गरेका छन् । राउतले निर्वाचनको अघिल्लो दिन पत्रकार सम्मेलन मार्फत आफनो प्यानल सार्बजनिक गरेका हुन । नेपाली कांग्रेसको नगर तथा पालिका स्तरिय निर्वाचनकाे असोज ९ गते हुदैछ ।
राउतको प्यानलमा उपसभापती रोशन गोले र ज्योती कोईराला रहेकाछन् भने सचिबमा गंगा पौडेल र कुमार पोख्ररेल रहेकाछन् । यस्तै सहसचिबमा अन्जनी पराजुली र सोममाया मोक्तान रहेको बताएकाछन् । यस्तै सदस्यहरुमा सरस्वती श्रेष्ठ ,दोर्नचार्य दाहाल, अमित बिक ,भिम बा देउला,सरस्वती श्रेष्ठ,लगयतका रहेका छन ।
यस अघि पार्टीको जिल्ला सदस्य बनीसकेका राउत यो पटक नगरसभापतिमा सहित जीत सुनिश्चित गर्ने दाउमा छन् । राउत पेशाले ईलेक्ट्रोनिक्स व्यवसायी हुन् । मकवानपुर उद्योग वणिज्य संघमा पूर्व महासचिव भएर समेत उनले अनुभव संगालेको छन् । आफु युवा राजनितिबाट आएकाले युवालाई नै समेटेर अगाडी बढने उनको योजना छ ।
बिस २०४६ सालको आन्दोलन देखी विद्यार्थी राजनिति सुरु गरेका राउतले नेवि संघ जिल्ला कोषाध्यक्ष,जिल्ला सभापति हुदै नेपाली कांग्रेसको विभिन्न तहमा सकृय भुमिका रहदै आएका छन् । नेपाली कांग्रेसको १२ औ देखी १४ औ अधिवेशनसम्म अत्याधिक बहुमतका साथ क्षेत्रिय प्रतिनिधिमा आफनो बिजयी सफलता पाईसकेका राउत नगर सभापतिमा आफनो दाबेदारी रहेको बताउँ छन् । आफुसंगै विद्यार्थी राजनिति गरेका अन्य साथीहरु केन्द्रिय नेतृत्वमा पुगीसकेको बताउदै पार्टीभित्र आफु पछाडी परेकोले अबको यात्रा नगरसभापतिमा रहने राउतले बताए ।
पत्रकार सम्मेलनमा काङ्ग्रेस मकवानपुरका सल्लाहकार प्रभात दाहाल,पुर्ब जिल्ला सभापति राम चन्द्र अर्याल,नेतृ रिता खनाल,इन्दिरा नेउपाने,प्रबक्ता प्रदीप कोइराला,नेत्री उमा दाहाल, नेता तारा प्रसाद चौलागाईं लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेसका युवा नेता राज मैनाली ‘दिनेश’ले नेपाली कांग्रेसका १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत् महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । मकवानपुर संघीय क्षेत्र नम्बर–२ बाट मैनालीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घाेषणा गरेका हुन् ।
‘कांग्रेस नेपाली जनताको हरेक परिवर्तनका साक्षी हो । पछिल्लो समय पार्टीमा बढ्दो गुटबन्दीको अन्त्य गर्न युवाहरु नेतृत्वमा आउन जरुरी रहेको छ । त्यसकारण मैले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको हु“ ।’ युवा नेता मैनालीले भने ‘आफू निर्वाचित भएसँगै पार्टीभित्र युवाहरुलाई सही स्थानमा नेतृत्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उनले मकवानपुर जिल्लामा कांग्रेसको प्रभाव बढिरहेको अवस्थामा पार्टीप्रति आस्था राख्ने सक्षम युवाहरुलाई समेट्न पनि आफू नेतृत्वमा आउन जरुरी रहेकाे बताए । पार्टीभित्र पछिल्लो समय सिद्धान्तभन्दा व्यक्ति बढी हावी भइरहेको छ । त्यसकारणले गर्दा यस अधिवेशनबाट सवल र सक्षम युवाहरु नेतृत्वमा आउनु आवश्यक रहेको छ ।’, उनले भने ।
हेटाैडा १ चाैकीटाेल निवासी मैनाली पछिल्लो समय कांग्रेसका युवा वृत्तमा लोकप्रिय छन् । मैनाली निर्माण व्यवसायी हुन् । उनी निर्माण व्यवसायी संघ मकवानपुरका निर्वाचित सदस्य समेत रहेका छन् ।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) राक्सिराङ गाउँपालिका कमिटी अध्यक्षमा रोहन लामा चयन भएका छन् ।
गाउँपालिका भेलाले लामाको अध्यक्षतामा १ सय ५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मतरुपमा चयन गरेकाे हो । कमिटिको उपाध्यक्षमा रन्जिता घलान, सचिव दिनेश चेपाङ,सह-सचीव सन्च बहादुर चेपाङ लगायत रहेका छन् ।
नेकपा एमाले मकवानपुर जिल्ला कमिटिका सह-सचिव लालबहादुर थापाको अध्यक्षता तथा नेकपा एमाले बाग्मती प्रदेश कमिटीको सदस्य एवं संगठन विभाग प्रमुख अनन्त पौडेलको प्रमुख आतिथ्यमा भेला भएको थियो।
कार्यक्रममा नेकपा एमालेका नेता तथा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती,राक्सिराङ गाउँपालिका वडा नंबर ३ का वडा अधयक्ष बाबुलाल स्याङतान, ४ का वडा अध्यक्ष संजय कोइराला लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाैडाकाे भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएकाे छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकाे पुरानाे भवन २०७२ सालको भूकम्पका कारण जिर्ण बनेको थियाे । कार्यालयका लागि नयाँ सुबिधा सम्पन्न ५ तले भवन निर्माण सम्पन्न गरी जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले हस्तान्तरण गरेकाे हाे ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले पाँच तल्ले सुबिधा सम्पन्न भवन भ्याट बाहेक कुल १३ करोड २६ लाख ६० हजार रुपैयाँमा भवन निर्माण गरि असाेज ७ गते कार्यालयलाई हस्तातरण गरिएकाे छ । जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख इन्जिनियर तुलसी राम खर्वुुजाले खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालला नयाँ भवन हस्तान्तरण गर्नुभयो ।
निर्माणको जिम्मा पाएको हनुमान कन्ट्रकसनले सक्नुपर्ने मिति अगाबै भवन निर्माणको काम सकेको हो । कुल साना ठुला कोठा, हल समेत गरेर ५२ वटा कोठाको भवन निर्माण भएको इकाइ भवनका लेखापाल दिपक गजुरेलले वताए । यस भवनको चौथो तल्लामा ३ वटा कोठा भएको सुबिधा सम्पन्न आवासको सुविधा समेत छ ।

प्रत्येक तल्लामा शाैचालय र भुईं लल्लामा अपाङ्गमैत्री शाैचालयको व्यवस्था समेत गरिएको छ । भवनको अगाडी आकासे पानी रिचार्ज गर्ने पीट समेत निर्माण गरिएको भवनका इन्जिनियर रविन पाठकले वताए । भवनमा सोलार सिस्टम, भवन सम्म आउनका लागि स्लाब ढलान बाटो, पार्किङ सेडको व्यवस्था, क्यान्टीन ब्लक, पालेघर, सुरक्षा पोष्ट, पम्प हाउस, फायरफाइरिङको व्यवस्था भएको र बगैचा समेत निर्माण गरिएको छ ।