मकवानपुर । प्रहरी सहायक निरीक्षक (असई) नविन बिक्रम थापा भदाै महिनाकाे उत्कृष्ट प्रहरी भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरिबाट उत्कृष्ट काम गर्ने १ जना प्रहरीलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै आएकाेमा भदाै महिनाकाे उत्कृष्ट प्रहरी थापा भएका हुन् । थापा प्रहरी चौकी सुनाचुरीमा कार्यरत छन्।
थापाले लागुऔषध मुद्दामा फरार अभियुक्तलाई पक्राउ,अपहरण गरी भारत लगिएका दुई युवालाई सकुशल उद्धार,लागुऔषध गाँजासहित मानिस पक्राउ गर्न भूमिका निर्वाह गरेको,जवरजस्ती करणी मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको, ओसारपसार नियन्त्रणमा उत्कृष्ट कामगरी आम जनताको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल रहेको लगायतकाे कार्यकाे मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरिबाट प्रहरी सहायक निरीक्षक थापालाई भदौं महिनाको उत्कृष्ट प्रहरी घोषण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।
मकवानपुर । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधब कुमार नेपाल हेटौंडा आउने भएका छन् । नेकपा एकीकृत समाजवादी एकीकृत समाजवादी मकवानपुरको असेाज ९ गते शनिबार हुने जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा कार्यक्रमकाे लागि नेपाल हेटाैडा आउने भएका हुन् ।
समाजवादी मकवानपुरको सपथ ग्रहण तथा कमिटी घोषणा लगायत कार्यक्रम सम्बोधनका लागि नेता नेपाल हेटौंडामा आउने लागेका हुन् । नेकपा (एस) मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलका अनुसार रोयल पार्टी प्यालेसमा असाेज ९ गते विहान हुने सपथ ग्रहण, नगर कमिटी घोषणा र भेलाको तयारी पूरा भइसकेको छ । भेलामा अध्यक्ष नेपाल, पार्टीका केन्द्रिय सदस्यहरु विरोध खतिवडा, ललित बस्नेत, मुनु सिग्देलले सम्बोधन गर्ने तयारी छ ।
भेला अघि युवाहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, चुुरियामाईबाट मोटर साइकल ¥याली आयोजना गर्ने अध्यक्ष पोख्रेलले जानकारी दिए । भेलामा पार्टी जिल्ला कमिटीको सपथ ग्रहणका साथै पार्टी नगर कमिटी घोषणा गरिने एकीकृत समाजवादीले जनाएको छ । यस्तै, अनेमसंघको जिल्ला तथा नगर कमिटिी घोषणाका साथै युवासंघको जिल्ला कमिटीलाई रुपान्तरण गर्ने एकीकृत समाजवादी मकवानपुले जनाएको छ ।
मकवानपुर । नेपालीका काग्रेशको असाेज ९ गते शनिबार हुने स्थानीय तह गाउँ/नगर निर्वाचनमा हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सब इटेनी सहतिको प्यानल घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै इटेनीको प्यानल घोषणा गरिएको हो ।
इटेनी तर्फका नगरउपसभापतिमा रामकृष्ण कोइराला र डोल्मा स्याङबो, सचिबमा सविन न्यौपाने र हर्करत्न लामा, सहसचिबमा निगम श्रेष्ठ र विकास बाँनियाँ लगायतका रहेका छन् ।
नगर सभापतिका उम्मेदवार राउतले प्यानल घाेषणा गरी प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षको उम्मेदवार घोषणा गरेर अघि बढेका उनलाई दुबै चुनावको प्रचारप्रसारको चाँजोपाँजो मिलाउनु पर्नेछ ।
यता, मकवानपुर सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरका स्थानीय तहका १ सय २ वडामध्ये ८९ वडामा सर्वसम्मत ढंगले निर्वाचन सकिएको बताए । उनले गाउँ/नगरको अधिवेशन पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भए अधिकतम सहमती र नभए चुनावी प्रक्रियामार्फत सौहार्द्धपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्नुपर्ने विभिन्न कार्यक्रममा सम्बोधनका क्रममा बताउँदै आएका छन् ।
नगर अधिवेशनले सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव, कार्यसमिति सदस्यमा प्रत्यक्षतर्फ न्युनतम १९ महिलासहित ५७ जना, खस आर्यतर्फ न्युनतम ८ महिलासहित १६ जना, आदिवासी जनजातितर्फ न्युनतम ९ महिलासहित १९ जना, एक मधेशी र न्युनतम एक महिलासहित २ दलित गरी १ सय २ सदस्यीय कार्यसमिति चयन गर्ने छ । नगर अधिवेशन शनिबार हुँदैछ । नगरकार्यसमितिलाई हेटौंडाका १९ वडाका सभापतिसहित ४२० क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।
मकवानपुर । कांग्रेस मकवानपुरका जिल्ला सदस्य अर्जुन दाहालले नेपाली कांग्रेसको अधिवेशनमा मकवानपुरगढी गाउँपालिकाको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावमा कांग्रेसमा युवा पुस्ताको सक्रियता बढेको छ ।
स्थानीय, नगर/पालिकाको अधिवेशन असोज ९ शनिबार हुदैछ । महाधिवेशन चुनावका लागि स्थानीय क्षेत्रमा कांग्रेस नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसै क्रममा दाहालले गढी गाउँपालिकाकाे सभापतिमा उम्मेदवारी घाेषणा गरेका हुन् । मकवानपुरगढी गाउँपालिकाको सभापति पदमा ४ जनाले उम्मेदवारी दिएका छन् ।
सानै उमेरदेखि नै राजनीतिमा चासो राख्ने अ्र्जुन दाहालले तत्कालिन समयमा पञ्चायती व्यवस्था तथा २०६२/६३ मा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमो निरंकुश राजतन्त्रविरुद्ध अग्रभागमा रहेर आवाज उठाउने गरेका थिए । पार्टीका विभिन्न आन्दोलनका कार्यक्रममा समेत सहभागि भएका दाहाल वि.सं.२०४६ सालको आन्दोलन पछि राजनीतिमा सक्रिय रुपमा अगाडि बढेका हुन् ।
वि.सं.२०३१ बैशाख १८ गते तत्कालिन मकवानपुरगढी गाविसमा जन्मिएका दाहाल विद्यार्थी उमेरमा नै उनले आधिकारिक रुपमा नेपाल विद्यार्थी संघ (नेवि संघ) मार्फत राजनीतिमा पाईला टेकेका हुन ।दाहाल गाउँ कै श्री भानु माविमा कक्षा ७ सम्म अध्ययन पुरा गरेर कक्षा ८ मा अध्ययनका लागि हेटौंडा उपमहानगरपालिका वडा नं ६ मा रहेको श्री वंशगोपाल माविमा भर्ना भइ त्यहीबाट एसएससीसम्मको अध्ययन पुरा गरेका थिए । त्यस पश्चात भने दाहालले निरन्तर कांग्रेसको विभिन्न भातृ तथा शुवेच्छुक संगठनमा आवद्ध रहेर अनुभव समेत बटुलेका छन् ।
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट दाहाल क्रियाशील सदस्य भए । क्षेत्र नं १ को सचिवका रुपमा काम गरी उनले कार्य कुशलता प्रदर्शन गरे । यस्तै, कांग्रसको १३ औं अधिवेशनबाट पार्टीको जिल्ला सदस्य भएका उनी आसन्न असोज ९ गते हुने गाउँपालिका स्तरीय निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको सभापति पदमा उम्मेदवारी दिने तयारीमा छन् ।
समाज रुपान्तरणका लागि समाजमा भएका विसंगती, विकृति विरुद्ध आवाज उठाउने, आफू जन्मिएको, हुर्किएको गाउँलाई नै समृद्ध बनाई युवा प्रोत्साहन मुलक कार्य पनि गरे। यतिमात्र हैन महिलाहरुलाई पुरुष सरह नै अगाडि बढाउनु पर्छ भन्ने हिसाबले महिला सशक्तिकरणका कामहरु सक्रिय रुपमा गरिरहे जसका कारण दाहाल सबैको विश्वासको पात्र बने ।
समाजमा भएका असहजिला पाटाहरुलाई सहजीकरण गर्दै सिगों गाउँलाई नै विकासतर्फ उन्मुख गराउन महत्पूर्ण भूमिका समेत निर्वाह गरे । यसर्थ राजनीतिक क्रियाकलापमा मात्र सक्रिय हैन उनी सामाजिक गतिविधिहरुमा समेत क्रियाशील छन् । राजनीतिसंगै सामाजिक सेवाका काममासमेत उनको राम्राे उपस्थिति देखिन्छ ।
चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिमा एक कार्यकाल उपाध्यक्ष र ३ कार्यकाल अध्यक्ष भएर उनले काम गरेका छन् । हाल उनी मनकामना दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पनि हुन् । सबैको साथ र सहयोग पाए भने दाहाल सभापति पदमा निर्वाचित हुनेछन ।
मकवानपुर । मकवानपुर प्रहरीले सरकारी कागज छाप दस्तखत किर्ते तथा डाँका मुद्दाका फरार प्रतिवादी २ जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सरकारी कागज छाप किर्ते मुद्दाका फरार प्रतिवादी हेटाैडा १७ का रामलाल मानन्धर र डाँका मुद्दाका फरार प्रतिवादी हेटाैडा ९ का दिप सागर मिजार रहेका छन् ।
मकवानपुर जिल्ला अदालतको २०७० साल जेठ २३ गतेको फैसलाले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष ५ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी मानन्धरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले असाेज ७ गते विहीबार साविक हटिया गा.बि.स. वडा नं. ३ हाल हेटाैडा १७ स्थितबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसैगरी मकवानपुर जिल्ला अदालतको २०७७ साल फागुन ५ गतेको फैसलाले डाँका मुद्दामा ३ महिना ४ दिन कैद र २० हजार रूपैया जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मिजारलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले असाेज ७ गते विहीबार हेटाैडा ९ बाट पक्राउ गरिएकाे कमवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाईआवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएकाे छ ।