मकवानपुर । प्रेस चौतारी मकवानपुरले शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ । चौतारी मकवानपुर शाखाले दिपावली, नेपाल सम्बत र छट पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हाे ।
पत्रकारहरुमाथि हुने दण्डहिनताको विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा गरिएको चियापान कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारहरुले असत्यसँग लड्दै समाजमा दविएका आवाज विहिनहरुको आवाज बन्नु पर्ने बताए । उनले भने ‘नेपालको हरेक आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको छ ।’
वाणिज्य संघमा एसोसियट तर्फबाट उपाध्यक्षमा विजयी भएका प्रेस चौतारी मकवानपुरका सल्लाहाकार, ब्रोड कास्टिङ यसोसियसन (बान) का कार्यवाहक अध्यक्ष उज्जवल चौँलागाईलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।
प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा चियापान कार्यक्रममा विशेष अतिथि एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, एमाले बागमती प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, पूर्व सामजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश सदस्य भोजराज ढकाल, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, सचिवालय सदस्य नविन सिग्देल, एमाले जिल्ला सदस्य ध्रुबप्रसाद चौँलागाई लगायकाे आथित्यता रहेकाे थियाे ।
यसैगरी प्रेस चौतारी नेपालका बागमती प्रदेश सहसंयोजक प्रकाश दाहाल, युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मिलन पाठक, नेपाल पत्रकार महासंघ बागमती प्रदेश सस्थापक अध्यक्ष प्रताप विष्ट, वर्तमान उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष अन्जली थापा लगायकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरमा राति ८ बजेसम्म देउसी भैलो खेल्न पाइने भएकाे छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरले तिहारको समयमा राति ८ बजेसम्ममात्र देउसी भैलो खेल्ने पाईने जनाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै प्रशासन कार्यलयले राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न सर्वसाधरणलाई आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरीत सूचनामा कोभिड–१९ को संक्रमितहरुको संख्या घटेको देखिएपनि संक्रमणको जोखिम कायमै रहेकोले तिहार तथा छठ पर्वहरुमा जनस्वास्थयका मापदण्डको पालना गरी चाडपर्व मनाउन समेत आग्रह गरिएको छ ।
सूचनामा चाडपर्वको बहानामा कुनैपनि खालका पटका, भूँइचम्पा तथा आतिशवाजी नगर्न पनि आग्रह गरिएको छ । पटकाजन्य पदार्थको ओसार–पसार, विक्री वितरण तथा प्रयोगमा पूर्णरुपमा बन्देज गरिएकोले त्यस्ता गतिविधि नगर्न नगराउन समेत भनिएकाे छ ।

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले चियापान कार्यक्रम गरेकाे छ । सघले दिपावली तथा छठ पर्वको अवसरमा मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम संघका अध्यक्ष श्यामसुन्दर ढकालको अध्यक्षता तथा नेपाली कांग्रेस संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्णकुमार गुप्तासहित पदाधिकारी तथा सदस्यलाई सम्मान समेत गरिएको थियो ।
चियापान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेकपा एमाले मकवानपुर अध्यक्ष बद्री प्रसाद लम्साल, कांग्रेस जिल्ला सचिव बुद्ध लामा, निर्माण व्यवसायी संघका सल्लाहकार, पदाधिकारी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले सालको चिरान काठसहित १ जना पक्राउ गरेकाे छ । साेमबार १०५.६६ क्यूफिट चिरान काठ सहित उमेश लामालाई प्रहरीले पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ सरस्वती पाखा टोल बस्ने ३८ वर्षको लामाको बन्द रहेको भान्सा कोठा भित्र लुकाएर राखेको अवस्थामा सालको चिरान काठ फेला पारेको थियो ।
लामालाई प्रहरीले थप सोधपुछ गरेर जिल्ला वन कार्यालय पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर । प्रहरीले मकवानपुरकाे कैलाशमा १० विगाहा क्षाेत्रफलमा लगाएकाे गाँजाखेती नष्ट गरेकाे छ । आइतबारबाट मंगलबारसम्म ३ दिन प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान चलाएकाे छ ।
साेही अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागू औषध नियन्त्रण ब्यूरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले कैलाश गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाएको गाँजा खेती नष्ट गर्दै आएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलीले आइतबारबाट कैलाश गाउँपालिका वडा नम्बर ७ को बासताल, कोथेलिटार, वडा नम्बर ४ बेलटार र धारापानी स्थितको वडा एरियामा १० बिगाहमा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।