मकवानपुर । नेकपा मकवानपुरले साेमबार कार्तिक ६ गतेबाट आठौँ पार्टी पुनर्गठन दिवस ३ दिन मनाउँदै छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले ३ दिन विभिन्न कार्यक्रम गरेर पार्टी पुनर्गठन दिवस मनाउने भएकाे हाे । पार्टीले दिवसको अवसरमा पहिलो दिन मोटरसाईकल र्याली गरेको छ ।
हेटौंडा चौकिटोल स्थित पार्टी कार्यलयबाट सुरु भएको र्याली बुद्धचोक हुँदै राप्तीरोड,बसपार्कबाट सिमाचोक,फेरेष्टी,औद्योगीक क्षेत्र,कमानेबाट क्याम्पाडाँडा निस्किएर सिमाचोक आई कोणसभामा परिणत भएको थियो । पुनर्गठन दिवसको कार्यक्रम अन्तर्गत कार्तिक ७ गते मंगलबार दोस्रो दिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले मकवानपुर बहुमुखी क्याम्पसमा वक्तृत्वकला कार्यक्रम गर्ने विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष ललित घलानले जानकारी दिए ।
यसैगरि घलानका अनुसार पार्टीको युवा संगठनले भोलिनै हेटौंडाको हुप्राचौरमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता गर्ने छ । यसैगरि जिल्लाको विभिन्न पालिकाहरुमा पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने बताए । पुनर्गठन दिवसको अन्तिम दिन मंसिर ८ गते बिहान चौकिटोल स्थित पार्टी कार्यलयमा शुभकामना आदनप्रदान तथा चियापान र बेलुका बुद्धचोकमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
विस २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा-माओवादी गठन भएको थियो । दुई वर्षपछि २०७१ साल मंसिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको थियो । उक्त दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरले मंसिर ७ गते मंगलबार हेटौंडामा बृहत मोटरसाइकल र्याली गर्ने भएको छ । एमालेकाे चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको जानकारी दिन हेटौडामा ७ सय भन्दा बढी मोटरसाइकलसहितको र्याली गर्ने भएको हो ।
पार्टी महाधिवेशनको मकवानपुर प्रचार प्रमुख नविन सिग्देलले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडाको हुप्राचौरबाट मोटरसाइकल र्याली सुरु हुने बताए । त्यस पछी मोटरसाइकल र्याली मेनरोड, एचआइडी, गौरीटार रंगशाला, चौघडा, कान्तिराजपथ, मानस चोक, चौकिटोल, बुद्धचोक, राप्तिरोड, वाइपास, टिसियन रोड हुँदै सीमा चोकमा आएर समापन हुने छ ।
सिग्देलले चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा मकवानपुर जिल्लाबाट ३५ हजार कार्यकर्ता सहभागी हुने जानकारी समेत दिए । ‘झण्डै १० हजार संगठित सदस्यसहित ३५ हजार कार्यकर्ता २ हजार मोटरसाइकल, ५ सय साना सवारी र २ सय वटा बसमा महाधिवेशनमा सहभागी हुने छ’ सिग्देलले भने । यसको लागि एमाले मकवानपुरले १० वटै स्थानीय तहमा निर्देशन गरिसकेको र विभिन्न कामको समेत जिम्मेवारी बाँडफाँड गरिसकेको छ ।
महाधिवेशनमा विदेशीहरु पनि आउने भएकोले मकवानपुरले आफ्नो पहिचान सहितको सांस्कृतिक झझल्को दिने पञ्चे बाजा, नौमति बाजा, धिमे बाजा, तामाङ बाजा, कौडा नित्य, चेपाङ झाकी, खैजडी, न्याउलि बजा लगायतको प्रदर्शन गर्ने व्यवस्था मिलाएको छ ।
महाधिवेशनमा सहभागि हुन तथा जनपरिचालन गर्न अध्यक्ष बद्रि लम्सालको संयोजक र सचिव एकलाल श्रेष्ठ रहेको २ हजार १ सय सदस्यीय जनपरिचालन समिति गठन गरिएको छ । यस्तै गोपाल श्रेष्ठको संयोजनमा रहने गरी आर्थिक समिति निर्माण गरिएको छ । १० औं महाधिवेशनमा मकवानपुरबाट सहभागी हुन एमालेको २२ वटा जनवर्गिय संगठन चुस्त बनाइएको छ । चितवनमा हुने अधिवेशनमा मकवानपुरको केही नेताले केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवार दिने तयारी समेत गरेका छन् ।
मकवानपुर । तेस्रो अन्तराष्ट्रिय सामाजिक अर्वाड दुबईमा हुने भएको छ । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा हुने कार्यक्रममा मकवानपुर जिल्लाका सहित २५ जनालाई अन्तराष्ट्रिय अर्वाडले सम्मानित गरिने भएकाे छ ।
यस अघि सन्देश ईन्टरनेशनल अर्वाडकाे नाममा सम्मानित गरिदै आइएकाेमा यस पटक नाम परिवर्तन गरी अन्तराष्ट्रिय सामाजिक अर्वाड बनाईएको साेमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अर्वाडका विधा र प्रकृति उस्तैं रहेपनि अझैं बृहत र धेरै बिधा समेट्ने उद्येश्यले अर्वाडको नाम र आयोजक परिवर्तन गरिएको क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।
मंसिर २८ गते अर्थात १४ डिसेम्बर २०२१ देखी २०७८ पुस ३ अर्थात १८ डिसेम्बर २०२१ सम्म दुबई भ्रमण र अर्वाड कार्यक्रम हुने खड्काले बताए । मुख्य कार्यक्रम भने २०७८ पुस ०२ गते अर्थात १७ डिसेम्बर २०२१ दिन दुबईमा हुने छ । कार्यक्रम पछि दुबईको महत्वपुर्ण ठाँउहरुको भ्रमण हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । कार्यक्रममा बिभिन्न २५ विधामामा २५ जना व्यक्तित्वलाई तेस्रो अन्तराष्ट्रिय सामाजिक अर्वाड र राष्ट्रिय सम्मानबाट सम्मान गरिने खड्काले जानकारी दिए । कार्यक्रममा दुबईको विकास र नेपालले सिक्नुपर्ने बिषयमा महत्वपुर्ण अन्तक्रिया, नेपालको पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न डकुमेन्ट्री प्रदर्शन र “देश फर्किउ, देश बनाऔं” सन्देशमुलक डकुमेन्ट्री प्रदर्शन गरिने पत्रकार सम्मेलनमा बताइएकाे हाे ।
पहिलो पटक रेडियो सन्देश १०६.९ मेगाहर्ज र बिगत १८ बर्षदेिख मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिकको १५ औं बार्षिकउत्सवको अवसरमा थाईल्याण्डकाे बैंककमा सन्देश ईन्टरनेशनल अर्वाड कार्यक्रम आयोजना गरेको र दोस्रो सन्देश ईन्टरनेशनल अर्वाड मलेसिया/ सिङ्गापुरमा भव्यताका साथ सम्पन्न गरिसकेको खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।
दुबईमा रहेको अन्तराष्ट्रिय नेपाली कलाकार समाज, नेपाल पत्रकार महासंघ दुबई शाखा र गैर आवासिय नेपाली संघ दुबई लगायतका बिभिन्न संघ/संस्थासंगको सहकार्यमा सयुक्त रुपमा अर्वाड कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रमको मिडिया पार्टनर थाहा नेपाल डटकम, रेडियो सन्देश १०६.९ मेगाहर्ज, निकास साप्ताहिक, रेडियो सिद्धबाबा, सुनकोसी एफएम र सिद्धबाबा टेलिभिजन लगायतका रहेका छन् ।
कार्यक्रममा कलाकारहरु ईन्द्र सिन्चुरी, दिनेश काफ्ले, राजु बराल, मिरा गिरी, सनम रसाईली लगायतका राष्ट्रिय स्तरका कलाकाहरुबाट बेजोड सास्कृतिक कार्यक्रम हुनेपनि बताईएको छ । कार्यक्रममा नेपाल बाहेक जापान, अमेरिका, थाईल्याण्ड, कतार, मलेसिया, सिङ्गापुर, चाईना सहित बिभिन्न देशबाट सहभागिता हुने जानकारी दिईएको छ । कार्यक्रममा दुबईको बिभिन्न संघ/संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायी गरी करिब ४ सय जनाको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । कार्यक्रममा नेपालबाट अर्वाड पाउने व्यक्ति, बिज्ञापनदाता, सञ्चारकर्मीहरु, राजनैतिक दलका नेता, जनप्रतिनिधिहरु, सांसद, बिभिन्न संघ/संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायी लगायत सहभागी हुने भएका छन् ।
कार्यक्रममा सहभागी हुन ईच्छुकहरुले यही मंसिर १० गतेभित्र आवश्यक डकुमेन्ट दिनुपर्ने अध्यक्ष खड्काले बताए । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्राली सञ्चार, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको संस्था हो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको संघिय क्षेत्र नंबर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार धर्मराज लामिछानेले उम्मेद्वारी फिर्ता लिएपछि खनाल निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत निर्विरोध भएका छन् । महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ राधा कोइराला निर्विरोध भएकी छिन् ।
जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा निर्विरोध भएका छन् । दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध भएका छन् ।
मकवानपु । मकवानपुरमा “अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता” हुने भएको छ । जिल्ला समन्वय समितिको ८४औं बोर्ड बैठकले जिसस मकवानपुरको आयोजना एवम् जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनामा आगामी मंसिर १८ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बोर्ड बैठकले जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागिता हुने गरि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
जिससले गत वर्ष प्रतियोगिता आयोजना गर्ने तयारी गरेकोमा अन्तिम अवस्थामा आएर कोभिडका कारण स्थगित गरेको थियो । स्थानीय स्तरमा फुटबलको विकास गर्ने, नयाँँ खेलाडि उत्पादन गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडि छनोट गर्न समेत मद्धत पुग्ने उदेश्यका साथ जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख खुलालले बताए ।
करिब ७ लाख ५८ हजार लागत अनुमान गरिएको प्रतियोगितामा बिजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित शील्ड, मेडल तथा प्रमाणपत्र तथा विभिन्न विधागत रुपमा समेत पुरस्कारको व्यवस्था गरिएको छ । आगामी १५ गतेसम्म जिल्ला खेलकुद विकास समितिमा स्थानीय तहको सिफारीस सहितको टिम दर्ता गराईक्नु पर्नेछ । नकआउट ज फुटबल प्रतियोगितामा आफ्ना खेलाडीहरूको सम्पुर्ण व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने छ ।
यस्तै बैठकले आगामी नोवेम्बर २५ बाट सुरु हुने महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा अन्तरकृया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उनले बताए । बैठकले १६ दिने अभियानमा अन्तरक्रियाको ब्यवस्थापन तथा संचालन गर्ने जिम्मा जिसस उपप्रमुख भगवती पुडासैनीलाई दिने निर्णय गरेको छ । बैठकमा जिसस सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, सरिता विक, बुद्धिबहादुर मोक्तान, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत कार्यालयका अन्य कर्मचारीहरुको उपस्थिती थियो ।