युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मानबाट तिमल्सिना सम्मानित
Tags: No Comments
मकवानपुर । युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मानबाट प्राध्यापक डा. पशुपति तिमल्सिना सम्मानित भएका छन् । शनिबार प्रगतिशील लेखक संघ मकवानपुरकाे आठाैं जिल्ला सम्मेलनकाे अवसरमा प्राध्यापक डा. तिमल्सिनालाई १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानित गरिएकाे हाे ।
युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान मकवानपुरका अग्रज साहित्यकार आरसी रिजालले स्थापना गरेका हुन् । कार्यक्रममा साहित्यकार सुवास खनालले सम्मानित तिमल्सिनाको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए।
साहित्यकार युद्धप्रसाद मिश्र साहित्यिक जीवनकै विषयमा विद्यावारिधी गरेका तिमल्सिनाले युद्धप्रसाद मिश्रको साहित्यिक व्यक्तित्व र उनकाे योगदानको विषयमा चर्चा गरेका थिए। प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष्य शान्ति प्रियबन्दनाको अध्यक्षता तथा प्रगतिशील लेखक संघका महासचिव समीर सिंहको प्रमुख आतिथ्यमा प्रलेस मकवानपुरकाे आठाैं जिल्ला सम्मेलन भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि समीर सिंहले प्रलेस मकवानपुरले प्रकाशित गरेकाे “प्रलेस -३” नामक मुखपत्र समेत सार्बजनिक गरेका थिए ।
मकवानपुर । हेटाैडा ११ काे डाङडुङ्ग र सिमलटार क्षेत्रमा पहिलो पटक बाटो स्ल्याब हुँदा विरोध गर्नेहरु नै विकास विरोधी रहेको माओवादी विशेष प्रदेश उपाध्यक्ष तथा प्रचण्डका पूर्व सुरक्षा प्रमुख प्रकाशचन्द्र पाण्डे (प्रलोक) ले बताएका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)हेटौंडा उपमहानगरपालिका-११ डाङडुङ्गे र गोल्फिन्टारमा भएकाे टोल भेलामा पाण्डेले भने “माओवादीले झुठो नबाेल्ले, भ्रष्टाचार नगर्ने, जनतालाई पूरा गर्न सक्नेजति मात्रै बोल्छ ।’
‘शैक्षिक सुधारको नाममा एनजीओ/आईएजीओ मार्फत भ्रष्टाचार गर्ने र बाटो विस्तारलगायतको नाममा बजेट कुम्ल्याउनेहरु वैशाख ३० गते पराजित हुने पाण्डेले बताए । उनले ११ नं. वडामा डाङडुङ्गे,नवलपुर,रुम्बा टोल र सिमलटार लगायत ठाँउहरुमा कुमारी मोक्तानकाे पहलमा बाटो, खानेपानी,मन्दिर र बत्तीको लागि बजेट विनियाेजन भएकाे बताए । ‘सिमलटार,गोल्फिन्टार लगायत ठाउँको खानेपानी समस्या समाधानको लागि आफ्नै पहलमा खानेपानी बोरिङको अध्ययन सुरु भइसकेको उनले जानकारी दिए ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सदस्य शङ्करराज बानियाँ(सागर) को विशेष आतिथ्यता रहेकोे थियो। डाङडुङ्गेको भेलाले तिलकप्रसाद अगस्तीको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी र गोल्फिन्टारको भेलाले रामकृष्ण थापाको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरेकाे छ।
कार्यक्रममा बागमती प्रदेश सदस्य तथा नगर इन्चार्ज विवेक राई,जिल्ला सचिवालय सदस्य कमलचन्द्र सुमन,नगर अध्यक्ष तिर्थबहादुर थापा,नगर उपाध्यक्ष गुणराज घिमिरे, वडा इन्चार्ज देवनारायण चौलागाईं, वडा सह-इन्चार्ज मधुकुमार थापा, वडा अध्यक्ष देवकृष्ण थोकर,वडा सह-सचिव ईन्द्र लामा, वाईसीएल वडा अध्यक्ष कमल हटुवल र वडा पार्टी सदस्यहरु रामचन्द्र कठायत, बलराम बि.क, गणेशबहादुर रसाइली, सुर्यमान लामा,जोशन योन्जन,टिकाबहादुर दुलाललगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरको मनहरीमा नेपाली कांग्रेसको टोल समिति गठन गरिएको छ । मनहरी गाउँपालिका वडा नम्वर २ मा कांग्रेसको टोल समिति गठन गरिएकाे हाे ।
नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ को आयोजनामा शनिबार भएको भेलाले मिलटोल तिनतल्ले टोल समिति गठन गरेको हो । भेलाले प्रताप स्याङ्तानको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपसभापति बाकसिङ थिङ, सचिव रवि रुम्बा, कोषाध्यक्षम ग्याब चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः दिपेश थिङ, कालदेन रुम्बा, सुर्यबहादुर तामाङ, सुर्यबहादुर घलान, कमल घलान, केशर थिङ, मनोज घलान, बुद्धिबहादुर घलान र मेनुका मोक्तान रहेका छन् ।
भेला कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ का सभापति प्रेमबहादुर गोङ्बाको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को सभापति पदमा रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो । कांग्रेस मकवानपुरले ‘घरघरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तरगत जिल्लाको विभिन्न स्थानीय तहमा अभियानकाे रुपमा टोल समिति गठन तथा प्रचार प्रसार गर्दै आएको छ ।
मकवानपुर । नेपाल मानव अधिकार संगठन, मकवानपुरको अध्यक्षमा शर्मिला श्रेष्ठ चयन भएकी छन् । संगठनको शनिबार भएको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ चयन भएकी हुन् ।
यस्तै, संगठनको उप–सभापति राजबाबु पहाडी, सचिवमा सुवासचन्द्र अधिकारी, सह–सचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः अपेक्षा बस्नेत, श्रद्धा ढुङ्गाना, राजेश गरिब, बिमला नेपाली, इन्दिरा लुइटेल र तेजकुमारी थापा रहेका छन् ।
निर्वाचित कार्यसमितिले कृष्णप्रसाद दाहाल, बासुदेव श्रेष्ठ, विजय वैद्य र बिजेन्द्र अग्रवाललाई सल्लाहकार चयन गरेको छ । संगठनको नेतृत्वमा रहेर काम गरिरहँदा सधैं मानव अधिकारका निम्ति काम गरिरहेकोले अबको नेतृत्वकाे कार्यकालमा मानवकै हकहितमा विधानअनुसार काम गर्नुपर्ने निवर्तमान सभापति अप्सरा बस्नेतले बताइन् ।
कार्यक्रम संगठनको अध्यक्ष अप्सरा बस्नेतको सभाध्यक्षता तथा महामुनेश्वरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, सल्लाहाकार विजयकुमार वैद्य, सीआईसी प्रदेश प्रमुख रघुनाथ खराल, डिएलए अध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायत मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर होटल एशोसिएसनको अध्यक्षमा दिलिश गोविन्द जोशी चयन भएका छन् । शनिबार भएको छैठौं अधिवेशनबाट जोशीको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति चयन भएको हाे ।
एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा विष्णुगोपाल महर्जन, उपाध्यक्षमा धन बहादुर पौडेल (कल्याण) चयन भएका छन् । यसैगरी महासचिव हरिगोपाल सापकोटा, सचिव उमाप्रसाद रौनियार, कोषाध्यक्षमा रविन लामा, सहकोषाध्यक्ष सुरेश लामा चयन भए । यस्तै सदस्यमा पारसमणि थिङ, तेज कुमार स्याङतान, धन गहतराज विश्वकर्मा, कृष्णकली राजथला, ऋतु पिया र पाल्साङ लामा छन् ।
सर्वसम्मत निर्वाचित समितिले सरोज अधिकारी र सञ्जीव बल लोप्चनलाई कार्यसमिति सदस्यमा चयन गरेको छ । यसैगरी एशोसिएसनको पश्चिमक्षेत्र संयोजकमा कृष्णराम श्रेष्ठ, पूर्वीक्षेत्र संयोजकमा केदार दाहाल र उत्तरीक्षेत्र संयोजकमा रामशरण नेपाल चयन भएका छन् ।
एशोसिएसनका निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । अधिवेशन उद्घाटन सत्रमा एशोसिएसनले इतिहासकार केदारप्रसाद न्यौपाने र अग्रज होटल व्यवसायी प्रमोद श्रेष्ठलाई सम्मान गरेकाे छ ।