मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-३ मा नेपाली कांग्रेस विजयी भएको छ ।
मनहरी-३ मा कांग्रेस नेतृत्व प्यानलनै विजयी भएको छ। मनहरी-३ अन्तिम नतिजा अनुसार नेपाली काँग्रेसको तर्फ बाट वडा अध्यक्ष पदमा अनन्त अर्याल विजयी भएका हुन।
अर्यालले १ हजार ४२ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका सञ्जीव पाठकले ७ सय २० मत प्राप्त गरेका हुन।
वडा सदस्यमा पनि कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन्।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपालीका कांग्रेसका सविन न्याैपाने अध्यक्षमा विजयी भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत शनिबार विहानबाट सुरु भएकाे हेटाैडाकाे मतगणनाकाे आइतबार वेलुका प्राप्त मतपरिणाम अनुसार न्यौपानेले १ हजार ४ सय ४२ मत ल्याइ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उत्तमप्रसाद पौडेलले १ हजार ३ सय ११ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुजन शाहीले २ सय ७ मत ल्याएका छन् । हेटौंडा-१ मा ३ हजार २ सय ९३ मत खसेको थियो।
न्याैपाने २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा पनि साेही वडाबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
मकवानपुर । मकवानपुरकाे ईन्द्र सराेवर गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमाल विजयी भएकाे छ । ईन्द्रसराेवर ४ काे वडा अध्यक्षमा एमालेका उम्मेदवार चन्द्र कुमार बलले ८ सय ५ मत सहित निर्वाचित भएका हुन् ।
बलका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट माओवादीका उम्मेद्वार विष्णु बहादुर डिम्डुङ २ सय ५ मत मात्र प्राप्त गरे ।
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेस विजयी भएकाे छ । प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र बजगाई ५ सय १९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी एमालेका वडा अध्यक्षका उम्मेद्वार राम बहादुर मुक्तान ४ सय ९९ मत मात्र प्राप्त गरे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नंबर एकका सांसद कृष्ण दाहालको वडा रहेकाे वकैया १२ मा नेकपा एमालेका वडा अध्यक्षका मुक्तान पराजित भएका छन् ।
यसैगरि,वडा सदस्यहरुमा सबै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको थियो । गठबन्धनमा कांग्रेसले वडा अध्यक्ष र वडा सदस्यहरु माओवादीले लिएको थियो । तर कांग्रेसले वडा अध्यक्ष जित्दा माओवादीले वडा सदस्यहरुमा हार व्यहोरेको छ ।
मकवानपुर । मकवानपुरकाे थाहा नगरपालिका वडा नम्बर ४ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको छ । प्राप्त मत परिणाम अनुसार माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार नारायण लामाले ७ सय ५३ मत ल्याई विजयी भएका हुन् । उनको प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राम राजा केसीले ५ सय १२ मत प्राप्त गरेका हुन् ।
त्यस्तै वडा सदस्यमा माओवादीकै सुन्दर राज केसी गोतामे,अक्ष कुमार तामाङ्ग,चन्द्र माया थिङ्ग र शान्ती विश्वकर्मा विजयी भएका छन् । यस अघी भएकाे मत परिणाम अनुसार थाहा नगरको वडा नम्बर १,२ र ३ मा समेत माओवादी केन्द्रले जित हासिल गरेको छ ।