मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेस विजयी भएकाे छ । प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र बजगाई ५ सय १९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी एमालेका वडा अध्यक्षका उम्मेद्वार राम बहादुर मुक्तान ४ सय ९९ मत मात्र प्राप्त गरे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नंबर एकका सांसद कृष्ण दाहालको वडा रहेकाे वकैया १२ मा नेकपा एमालेका वडा अध्यक्षका मुक्तान पराजित भएका छन् ।
यसैगरि,वडा सदस्यहरुमा सबै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको थियो । गठबन्धनमा कांग्रेसले वडा अध्यक्ष र वडा सदस्यहरु माओवादीले लिएको थियो । तर कांग्रेसले वडा अध्यक्ष जित्दा माओवादीले वडा सदस्यहरुमा हार व्यहोरेको छ ।

