मकवानपुर / स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत मकवानपुरको विकट गाउँपालिका राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी भएका छन् ।
मल्लले आफ्नो प्रतिद्वन्द्वीलाई ९०९ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । मल्लले ५ हजार ४८१ मत प्राप्त गरेका थिए । राक्सिराङमा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भए । उनले ४ हजार ८३९ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १२९ मत प्राप्त गरिन् ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ मा नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार दिपेश दाहाल १ हजार १ सय ६९ मत ल्याएर निर्वाचित भएका हुन ।
त्यस्तै एमालेका जित बहादुर घिमिरेले ७ सय २१ र माओवादीका रत्नप्रसाद तिमिल्सनाले २ सय ३० मत प्राप्त गरेका छन् । कूल २ हजार २२७ मत खसेको वडमा १३ मत बदर भएको छ ।
मकवानपुर । राक्सीराङ गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । माओवादीबाट वडा अध्यक्षका उम्मेदवार युसाई प्रजा प्यानल सहित विजयी भएका हुन ।
प्रजाले ५ सय १५ मतसहित निर्वाचित हुँदा अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका राम कृष्ण प्रजाले ३ सय ४९ र नेकपा एमालेका सञ्च बहादुर प्रजाले ६१ मत प्राप्त गरेका छन् ।
यसैगरी वडा सदस्यहरुमा नेकपा माओवादी केन्द्रका दिल बहादुर स्याङ्तानले ४ सय ५७, सूर्य बहादुर थिङले ४ सय ६, महिला सदस्यमा मन माया थिङले ४ सय ९८ र दलित महिला सदस्यमा शान्ती माया विश्वकर्माले ४ सय ८६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
राक्सीराङ गाउँपालिकाको ९ नम्बर वडाको मत गणना कार्य जारी रहेको छ भने अन्य वडाकाे मतपरिणाम सार्वजनिक भइ सकेकाे छ ।
मकवानपुर । मकवानपुरकाे राक्सीराङ गाउँपालिकाको वडा नम्बर ७ नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार राम बहादुर प्रजा सहित प्यानल नै विजयी भएको हाे ।
कांग्रेसका उम्मेदवार प्रजाले ४ सय ५७ मत सहित विजयी निर्वाचित हुँदा अध्यक्षका प्रत्यासी नेकपा एमालेका सूर्य बहादुर प्रजाले ४ सय १८ र नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर थिङले १ सय ३० मत प्राप्त गरेका छन् ।
यस्तै, सदस्यहरुमा केशब चेपाङले ४ सय ५२, सुनिल ब्लोनले ४ सय २३, महिला सदस्यमा सन्त माया चेपाङले ४ सय ५९ र दलित महिला सदस्यमा पार्वती सुनार ४ सय ५९ मतका साथ विजयी भएका छन् । राक्सीराङ गाउँपालिकाको ९ नम्बर वडाको मत गणना कार्य जारी रहेको छ भने अन्य वडाकाे मतपरिणाम सार्वजनिक भइ सकेकाे छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । माओवादीबाट वडा अध्यक्षका उम्मेदवार मान बहादुर सिंतान ९ सय ८६ मतका साथ निर्वाचित भएका हुन् ।
सार्वजनिक मतपरिणाम अनुसार सिंतानले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पोस बहादुर घिमिरे लाई हराउदै विजयी भएका हुन् । घिमिरेले ८ सय २९ मत प्राप्त गरेका थिए । यसैगरि,नेकपा एमालेका उम्मेद्वार पुर्ण प्रसाद तिमलसिनाले ७ सय ८ मत ल्याउँदा राप्रपाका जित लाल भोम्जनले ८० मत ल्याए ।
बकैया-७ का निर्वतमान वडा अध्यक्ष राम काजी लामिछानेले जम्मा ६ मत मात्रै प्राप्त गरेका छन् । याे उनकाे लज्जास्पद हार हाे । उनले नेकपा एमालेबाट वडा अध्यक्षमा टिकट नपाएपछि नेकपा एकिकृत समाजबादीबाट वडा अध्यक्षमा उम्मेद्वारी दिएका थिए । यसअघि २०७४ को स्थानीय निर्वाचनमा उनले एमालेबाट ६४६ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका थिए ।