मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । माओवादीबाट वडा अध्यक्षका उम्मेदवार मान बहादुर सिंतान ९ सय ८६ मतका साथ निर्वाचित भएका हुन् ।
सार्वजनिक मतपरिणाम अनुसार सिंतानले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पोस बहादुर घिमिरे लाई हराउदै विजयी भएका हुन् । घिमिरेले ८ सय २९ मत प्राप्त गरेका थिए । यसैगरि,नेकपा एमालेका उम्मेद्वार पुर्ण प्रसाद तिमलसिनाले ७ सय ८ मत ल्याउँदा राप्रपाका जित लाल भोम्जनले ८० मत ल्याए ।
बकैया-७ का निर्वतमान वडा अध्यक्ष राम काजी लामिछानेले जम्मा ६ मत मात्रै प्राप्त गरेका छन् । याे उनकाे लज्जास्पद हार हाे । उनले नेकपा एमालेबाट वडा अध्यक्षमा टिकट नपाएपछि नेकपा एकिकृत समाजबादीबाट वडा अध्यक्षमा उम्मेद्वारी दिएका थिए । यसअघि २०७४ को स्थानीय निर्वाचनमा उनले एमालेबाट ६४६ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका थिए ।

