मकवानपुर । हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयले महिलाहरूकाे लागि प्रसुती हुँदा लाग्ने एम्बुलेन्स सेवाकाे सुविधा निःशुल्क पाउने भएका छन् । मगलबार बसेकाे वडा समितिकाे पहिलाे बैठकले महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पाउने निर्णय गरेकाे हाे ।
मंगलबारको नव निर्वाचिक वडा अध्यक्ष उद्धब सत्यालकाे अध्यक्षतामा बसेकाे पहिलो बैठकले वडाभित्रका गर्भवती महिलाहरू सुरक्षित रुपमा प्रसुती गराउनका लागि उपमहानगरका जुनसुकै अस्पतालसम्म जानका लागि लाग्ने एम्बुलेन्स शुल्क वडा कार्यालयले व्यहोर्ने निर्णय गरेको हाे ।
बैठकले वडामा सेवा लिन आउने सर्वसाधारणलाई छिटोछरितो सेवा प्रवाहका लागि निःशुल्क हेल्प डेस्क सन्चालन गर्ने समेत निर्णय गरेको छ ।
बलात्कारको उजुरी गर्न हदम्याद नराख्न माग
Tags: No Comments
मकवानपुर । बलात्कार घटनाको उजुरीका लागि हदम्यान तोकिन नहुने माग संसद देखि सडकसम्म आईपुगेको छ ।
बाल्यकालमा कोहि यौन शोषणको शिकार भएको छ भने बालिग भएपछि वा जुनसुकै उमेरमा पनि उजुरी गर्न मिल्ने ब्यवस्थाको माग अहिले चर्चाको बिषय बनेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा बलात्कारीलाई फाँसीको माग गर्दै आज विरोध प्रर्दशन भएको छ ।
हेटौंडाको मुख्य चोकमा ओमन परिवारले बलात्कारको बिरोध जनाउंदै यस्तो माग गरेका हुन् । कुनै पनि बालिका/महिला कुनै पनि समय बलात्कारको शिकार हुनसक्ने भन्दै यसको विरुद्धमा लागि सबै लाग्नुपर्ने सहभागीले बताए ।
हेटौंडाको बुद्धचोकमा बलात्कारीलाई फाँसी दे भन्दै विरोध प्रर्दशन गरिएको थियो । कार्यक्रममा दर्जनौं किशोरीहरू बलात्कार विरुद्ध कालो पट्टी,कालो पोषाकमा उपस्थित थिए । उनीहरुले बलात्कारीलाई फाँसी दे, अर्को सुस्मिता म बन्न चाहन्नँ, अर्को भागिरथी म बन्न चाहन्नँ भन्दै नारा लगाएका थिए ।
मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बागमती गाउँपालिकाको कार्यालय झुरझरेमा जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । गाउँपालिका अध्यक्ष सर्केश घलानलाई जिल्ला न्यायाधिश डिल्लिरत्न श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । उनी दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
लगत्तै अध्यक्ष घलानले उपाध्यक्ष फणिन्द्र तिमल्सिना, वडा अध्यक्षहरु तथा वडा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए । सपथसँगै पालिका अध्यक्ष घलान र उपाध्यक्ष तिमल्सिनाले पदभार ग्रहण गरेका छन् ।

पद तथा गोपनीयताको सपथ लिँदै अध्यक्ष घलानले बागमती गाउँपालिकाको नागरिक भएकोमा गर्व अनुभूति हुने पालिका बनाइने प्रतिबद्धता ब्यक्त गरे । ‘उज्यालो पालिका निर्माण, लालपूर्जा बितरण, गाउँमै गुणस्तीय क्याम्पस र अस्पताल सञ्चालन गरिनेछ’, उनले भने, ‘युवा जनशक्ति विदेशिन रोक्न कृषि र पशुपालनलाई ब्यवसायिकरण गर्न अभियान सञ्चालन गरिनेछ ।’
सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले चुनावमा जनताको बीचमा गरेका प्रतिबद्धताहरु पुरा गर्दै बागमतीलाई नमुना पालिका बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे । बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले सडक र पूर्वाधारसँगै विकासका बिविध पक्षलाई समेटेर अब पालिकाले आर्थिक उत्पादन र रोजगारी सिर्जनमा जोड दिनुपर्ने बताए ।
जिल्ला न्यायाधिश डिल्लिरत्न श्रेष्ठले अन्य पालिका भन्दा बागमतीको काम गर्ने शैली फरक रहेको भन्दै जनताको मन जितेका जनप्रतिनिधिहरुलाई अब काम गरेर देखाउने पालो आएको बताए । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सहयोग गरेकोमा बसैपक्षलाई आभार ब्यक्त गरे । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु र बागमती पालिकाबासीको उपस्थिती रहेको थियो ।
मकवानपुर । पछिल्लो समय सरकारले छोटो छोटो समय अवधिमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रदेश राजधानी हेटौंडामा दिनहु मुल्य वृद्धिको बिरोध प्रदर्शन भइरहेको छ ।
आज हेटौंडा बजारको मुख्य चोकमा विरोध कार्यक्रम गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु मकवानपुर, नेपाल खेलकुद महासंघ, नेपाल मुस्लिम ईतेहाद संगठनको सयुक्त आयोजनामा हेटौंडामा विरोध प्रदशन गरिएको हो ।
विरोध प्रदर्शनीमा मुल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मुल्य वृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड सहित प्रदर्शनी गरिएको थियो । प्रदर्शनका क्रममा सडकमै आगो बालेर ग्यांस खरिद गर्न नसकेको संकेत गराईएको थियो भने मोटरसाइकल डोर्याएर बिरोध जनाईएको थियो ।
सर्व साधारणको पहुँच नै पुग्न नसक्ने गरी भएको मुल्य वृद्धिको तिव्र विरोध आइरहेको छ । आजै मकवानपुरको भिमफेदीमा पनि विद्यार्थीहरुले मुल्य वृद्धिको विरोधनमा प्रदर्शन गरेका छन् ।



मकवानपुर । पछिल्लो समय सरकारले हप्तैपिच्छे मूल्यवृद्धि गरेपछि प्रदेश राजधानी हेटौंडा र मकवानपुर जिल्लाको विभिन्न गाउँपालिकामा समेत मुल्य वृद्धिको बिरोधमा प्रदर्शन भइरहेको छ ।
आज जिल्लाको भिमफेदी गाउँपालिकामा अनेरास्ववियु भिमफेदी गाउँ कमिटीले पेट्रोलियम पदार्थ, ग्याँसमा गरिएको मुल्यवृद्धि विरुद्धको विरोधमा प्रदर्शन गरेको छ। विद्यार्थीहरुले भिमफेदी बजारमा विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले मुल्यवृद्धि फिर्ता गर, पेट्रोल हो कि सुन हो, करले किन्न सक्छ ? परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड सहित प्रदर्शनीमा उत्रिका थिए ।
सोमबा हेटौंडाको वडा नम्बर ९ मा विरोध प्रदर्शन गरिएको थियो भने आज मंगलबार साझ हेटौंडा बजारको मुख्य चोकमा विरोध कार्यक्रम राखिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु मकवानपुर, नेपाल खेलकुद महासंघ, नेपाल मुस्लिम ईतेहाद संगठनको सयुक्त आयोजनामा हेटौंडामा विरोध प्रदशन गर्न लागिएको हो ।
सोमबार नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ वडा कमिटीले बिरोध प्रदर्शन गरेको थियो । प्रदर्शनको क्रममा ग्यास, पेट्रोल, डिजेल, खानेतेललगायतका बस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने, हरप्रकारले असफल रहेको परमादेशी सरकारले तुरुन्त राजिनामा दिनुपर्ने, जनताको ढाड सेक्ने काम बन्द गर्नुपर्ने तथा लिपुलेक, लिम्पियाधुरासहितको चुच्छे नक्सा जारी गर्नुपर्ने लगायतका माग गरिएको थियो ।