मकवानपुर । नगरकाे विकासमा टाेल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले बताएका छन् ।
हेटौंडा ४ स्थित पृथ्वीपथ टाेल विकास संस्थाकाे साधारण सभामा वडा अध्यक्ष सिग्देलले राजनीतिक संकिर्णता भन्दा माथि उठेर विकासलाई बुझ्नुपर्ने र यसकाे वास्तविक प्रतिनिधित्व टाेल विकास संस्थाले गर्नसक्ने बताए । सामाजिक अभियानमा जाेड दिनुपर्ने बताउदै टाेल विकास संस्थाकाे परिचालनद्वारा जनतालाई शसक्तिकरण गर्न सकिने र विकासमा जनसहभागीता गराउन मद्दत गर्ने उनले बताए ।
जनताकाे सचेतना तथा शसक्तिकरण विना विकास दिगाे र प्रभावकारी हुन नसक्ने भन्दै उनले टाेल विकास संस्था सशक्त हुनुपर्ने बताए ।
पृथ्वीपथ टाेविस अध्यक्ष चन्द्राकान्त श्रेष्ठकाे अध्यक्षतामा भएकाे साधारणसभामा टाेल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, उपाध्यक्ष शान्ति श्रेष्ठ, ४ नं. वडा ईन्चार्ज उर्मिला रानाकाे उपस्थिति रहेकाे थियो ।
मकवानपुर । मकवानपुर प्रहरी लागूऔषध अफिम जस्तो पदार्थ सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौंडा उपमहागरपालिका–१० बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
अफिम जस्तो पदार्थ सहित भारत मोतिहारी फुलबारीया बस्ने २८ वर्षीय मुकेश प्रसाद पासवान, ३० वर्षीय पिंकु शर्मा र ४५ वर्षीय कपिलदेब सहनीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो।
हेटौंडा १० बसपार्कस्थित रहेको रोशन होटल अगाडी रोकि राखेको बिआर ०६ सिजेट ३५०५ नम्बरको भारतीय गाडी शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ३०० मिलीग्राम लागुऔषध अफिम जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाडीसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रबिधि मैत्री बन्दै गएको छ । कार्यालयले सेवाग्राहीलाई प्रदान गर्ने सेवा छिटो र सहज बनाउन प्रविधिको प्रयोग गर्दै टोकन मेसिन राखेर टोकन नम्बर अनुसार सेवा प्रदान सुरु गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कार्यालयबाट टोकन प्रणालीका आधारमा सेवा प्रवाह गरिने बताउदै यसले सेवाग्राहीलाई सहज हुनुका साथै कर्मचारीलाई कार्यसम्पादनमा सहजता हुने बताए । यसै गरि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबारबाट नागरिक सहायता कक्षाबाट निःशुल्क राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम भर्ने कार्य सुरु गरेको छ ।

प्रशासनले आफ्नो कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैले भरी पेश गर्नुपर्ने राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम अब निःशुल्क भरिदिने व्यवस्था गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । कार्यालयले साधारण निवेदन लेखन सम्बन्धी सेवा पनि प्रदान गरेकोछ । कार्यलयको नि:शुल्क सेवा प्रशासन भवनको कोठा नम्वर २० बाट प्रदान गरिने बताइएको छ ।
यसअघि हेटौंडाभित्र रहेका विभिन्न स्थानमा शुल्क तिरेर मात्र सर्वसाधरणहरुले फारम भर्दै आएका थिए । साथै सेवाग्राहीको सहजताको लागि हुलाक टिकट समेत उपलब्ध गराइने प्रशासनले जनाएको छ ।

मकवानपुर /हेटाैँडा उपमहानगरपालिका ४ नं. वडाका अध्यक्ष नवीन सिग्देलले शिक्षा, स्वास्थ्य र राेजगार साझा र अनिवार्य अधिकार भएकाे बताएका छन् ।
नारी संरक्षण केन्द्रद्वारा अति विपन्न वर्ग तथा सिमान्तकृत समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा बाेल्दै उनले शिक्षामा बजेट विनियाेजन प्रयाप्त हुनुपर्ने र गुणस्तर कायम गर्न स्थानीय सरकारले ध्यानदिन पर्ने बताए ।
अध्यक्ष सिग्देलले देश र समाज विकासकाे आधार शिक्षा भएकाेले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने बताउँदै भाैतिक विकासकाे साथै सामाजिक र मानवीय विकासमा ध्यान दिनपर्नेमा जाेड दिए ।
कार्यक्रममा भुटनदेवी, आधुनिक, अमर, बालबाेध, जनप्रिय, प्रगती,ज्याेती, साेलिड्यारिटी, मकवानपुरबाल विध्यासदन माविका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीहरू बितरण गरिएको थियो ।
विद्यार्थीलाई व्याग, ३ दर्जन जिस्ता कपि, क्याल्कुलेटर, पेन्सिल २ दर्जन, पेन २ दर्जन, ज्यामिति बक्स १ थान, एक दर्जन इरेजर, सपनर, स्केल वितरण गरिएकाे नारी संरक्षण केन्द्रका कार्यक्रम संयाेजक जेराेम घलेले जानकारी दिए ।
कार्यक्रम वालगृह सञ्चालक समितिका सदस्य दीलिप थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हिमराईट्स मकवानपुर कार्यक्रम संयाेजक कुमारी वाईबा, काेशिश मकवानपुरकी शकुन्तला पाैडेललगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर / अपाङ्ता भएका व्यक्तिहरूलाई नीति निर्माणमा पहुँच र सीपसहितकाे आत्मनिर्भरतामा ध्यान दिनुपर्ने हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलले बताएका छन् ।
मकवानपुर बहिरा संघकाे आयाेजनामा बहिरा अपाङ्गता भएका व्यक्तिहरूकाे अधिकार सम्बन्धी क्षमता विकास अभिमुखीकरण तालिमको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले यस्तो बताएका हुन् ।
हेटाैडा उपमहानगरपालिकाकाे सहयाेगमा भएकाे कार्यक्रमकाे हेटाैँडा ४ नं. वडाका अध्यक्ष नवीन सिग्देलकाे प्रमुख आथित्यता रहेकाे थियाे ।
कार्यक्रममा हेटाैँडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने अपाङ्गता भएकाहरू अधिकारको लागि स्थानीय तह सधै तत्पर रहेको बताइन् ।
कार्यक्रममा राष्ट्रिय दाेभासे संघका अध्यक्ष दिनेश श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश सहसचिव शारदा पाैडेल, राष्ट्रिय बहिरा महासंघ, गण्डकी प्रदेश अध्यक्ष विकास घिमिरे नेत्रहिन संघका उपाध्यक्ष दिलबहादुर सुनारलगायतकाे उपस्थिति थियाे ।
कार्यक्रम मकवानपुर बहिरा संघका अध्यक्ष दुर्गा बाँनियाकाे अध्यक्षतामा भएकाे हाे ।