मकवानपुर / अपाङ्ता भएका व्यक्तिहरूलाई नीति निर्माणमा पहुँच र सीपसहितकाे आत्मनिर्भरतामा ध्यान दिनुपर्ने हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलले बताएका छन् ।
मकवानपुर बहिरा संघकाे आयाेजनामा बहिरा अपाङ्गता भएका व्यक्तिहरूकाे अधिकार सम्बन्धी क्षमता विकास अभिमुखीकरण तालिमको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले यस्तो बताएका हुन् ।
हेटाैडा उपमहानगरपालिकाकाे सहयाेगमा भएकाे कार्यक्रमकाे हेटाैँडा ४ नं. वडाका अध्यक्ष नवीन सिग्देलकाे प्रमुख आथित्यता रहेकाे थियाे ।
कार्यक्रममा हेटाैँडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने अपाङ्गता भएकाहरू अधिकारको लागि स्थानीय तह सधै तत्पर रहेको बताइन् ।
कार्यक्रममा राष्ट्रिय दाेभासे संघका अध्यक्ष दिनेश श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश सहसचिव शारदा पाैडेल, राष्ट्रिय बहिरा महासंघ, गण्डकी प्रदेश अध्यक्ष विकास घिमिरे नेत्रहिन संघका उपाध्यक्ष दिलबहादुर सुनारलगायतकाे उपस्थिति थियाे ।
कार्यक्रम मकवानपुर बहिरा संघका अध्यक्ष दुर्गा बाँनियाकाे अध्यक्षतामा भएकाे हाे ।

