मकवानपुर । ‘हेटौंडा साइकल रन’ दोश्रो सस्करण २०८० को उपाधी आशिष थापा मगरले हात पारेका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार भएकाे रन प्रतियाेगितामा सहभागीलाई पछि पार्दै उपाधी हेटौंडा–६ का आशिषले हात पारेका हुन् ।
प्रथम भएका आशिषले नगद ५० हजार रुपियाँ प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौंडा–६ का हरेराम राई द्वितीय ह्ँदा, हेटौंडा–२ का विबै सिं मोक्तान तृतीय स्थान बनाउन सफल भए । यसैगरी हेटौंडा–४ का राजिव ठाकुर र प्रदिप थापाले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । साइकल रनमा द्वितीय भएका राईले ३० हजार, तृतिय भएका मोक्तानले २० हजार हात पारेका छन् । प्रतियोगितामा ठाकुर र थापाले प्रोत्साहन पुरस्कार स्वरुप ५/५ हजार रुपियाँ हात पारेका आयाेजकले जनाएकाे छ ।
यसैगरी प्रतियोगितामा सहभागी भएका महिलाहरुलाई प्रोत्साहन स्वरुप २/२ हजार रुपियाँ पुरस्कार प्रदान गरिएकाे थियाे । हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साईकल रन कान्तिलोकपथ हुँदै शिवम सिमेन्ट रोड, हेटौंडा–फापरवारी सडक हुँदै नागश्वती, कमाने, गर्दोही हुँदै हुप्रचौरमा आइपुगेको थियो । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र हेटौंडा उपमहानगरपलिकाका नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै समन्वय समितिका प्रमुख घलानले स्वास्थ्थका लागि साईकल यात्रा उपयोगी रहेकाले दैनिक जिवनमा बिलासिताका साधन छोडेर साईकल यात्रामा जोड दिन जरुरी रहेको बताए । उनले उपमहानगरले थालेको अभियानलाई सार्थक बनाउँन नगरवासीको सहयोग आवश्यक रहेको भन्दै नियमित साईकल यात्राले मानव जिवनमा फाईदा पुग्ने बताए ।
उपमहानगरपालिकाले गत बर्षबाट प्रतियोगिताको सुरुवात गरेको हो । उपमहानगरले नगरवासीलाई साईकलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्य अनुसार प्रतियोगिता सञ्चालन गर्दै आएको जनाएकाे छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले खानेपानीको उपभोग गर्ने नगरवासीका लागि दिएको सुविधाबाट हेटौंडा–१६ शक्तिका बासिन्दा लाभान्भित भएका छन् । १७ बर्ष अघि गठन भएको शक्ति खानेपानी तथा सरसफाई उपभोक्ता समिति खानेपानी बाेर्डमा हु्तान्तरण भएसँगै हटौडा १६ शक्तिका ३ हजारले निःशुल्क खानेपानी उपभाेग गर्न पाउने भएका छन् ।
यस अघि उपभाेक्ता समितिबाट बितरण भएको पानीको उपभोग गरेवापत न्यूनतम १ सय रुपियाँ तिर्दै आएका ३ हजार लाभग्राहीले निःशुल्क खानेपानीको उपभोग गर्न पाउने छन् । शनिबार शक्तिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी बोर्डमा हस्तान्तरण भएसँगै स्थानीय लाभान्वित भएका हुन । उपमहानगरले दिँदै आएको खानेपानीको सुविधाबाट लाभान्वित हसने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।
उपभोक्ता समितिबाट प्रयोग भएको पानी उपभोग गरेवापत न्युनतम दश हजार लिटर बराबर एक सय रुपियाँ तिर्ने गरेका उपभोक्ता उपमहानगरले दिएको सुबिधा बाट लाभाम्वित हुने भएको समितिका सचिब प्रेमप्रसाद पनेरुले बताए । शक्तिमा रहेका ६ सय ५७ घरधुरीले ५ सय ५७ धाराबाट खानेपानीको उपभोग गर्दै आएका छन् । समिति बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले नगरवासी समक्ष गरेको बाचा पुरा गर्दै गएको भन्दै खानेपानी र स्वास्थ्य बिमासँगै अब बिधुतमा दिने छुटलाई कार्यान्वयनको चरणमा रहेको बताइन् ।
‘बोर्डले शक्ति खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई लिएसँगै खानेपानीको मुहानलाई सदुपयोग गर्दै नगरको पुर्विक्षेत्रका बासिन्दालाई शुद्ध खानेपानी दिने कार्यमा थप व्यवस्थापन गरिदै लगिने छ’ अध्यक्ष प्रताप बिष्ट भने ‘शक्तीमा रहेको खानेपानीको श्रोतको प्रयोग गर्दै हेटौंडा–१८ फुर्केचौरदेखि कमाने सम्मका उपभोक्तालाई पानी खुवाउने लक्ष्य छ ।’ बोर्डले उपमहानगर क्षेत्रमा मंहगो शुल्क तिरेर खानेपानीको उपभोग गरेका नगरवासीलाई न्यून शुल्कमा खानेपानी बितरण गर्न १५ उपभोक्ता समिति बोर्डमा लिई सकेको छ । उपमहानगर क्षेत्रमा खानेपानीको श्रोत व्यवस्थापन गर्दै खानेपानी बोर्डले चालु आर्थिक बर्ष २०८०/०८१ सम्ममा २६ हजार धारबाट पानी उपभोक्ता माझ खानेपानी पु¥याउदै आएको जनाएको छ ।
उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बिश्वकर्माको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइराला, वडा सदस्य राजनप्रसाद दाहाल, संगिता बिश्वकर्मा, बोर्डका सदस्य इन्द्र नेपाल, बोर्डका निमित्त निर्देशक बिष्णुप्रसाद सापकोटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरको बकैयामा विषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बकैया गाउँपालिका वडा नं.३ बसनमा घर छेउमा उम्रेको च्याउ खाँदा ६ जना किरामी परेका हुन् ।
शुक्रबार दिउँसो घर नजिकै छेउमा उम्रेको च्याउ पकाएर खादा २ परिवारका ६ जना विरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । च्याउ खाँदा विरामी हुनेमा स्थानीय ७० बर्षीय सुभे सिंह भोलन, उनको श्रीमती ६५ बर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ बर्षीय गंगालाल भोलन, ३० बर्षीय निरोज रुम्बा, उनको श्रीमती ३० बर्षीया सम्झना रुम्बा र उनको भाउजु ३६ बर्षीया फुलमाया रुम्बा रहेका छन् ।
विरामीहरको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
पशुपति माविले विद्यार्थी टिकाउन गर्याे साइकल वितरण
Tags: No Comments
मकवानपुर । मकवानपुरको एक विद्यालयले विद्यार्थीलाई नियमित गराउने साइकल वितरण गरेकाे छ । मनहरी गाउँपालिकाको पशुपति माविले विद्यार्थीलाई विद्यालयले आउने वातावरण बनाइराख्न र बीचैमा पढाइ छाड्ने प्रवृत्ति अन्त्यका साइकल वितरण गरेको हाे ।
मनहरी ४ मसिनेस्थित पशुपति माविले कक्षा ६ देखि १० सम्मका १ सय १५ जना विद्यार्थीलाई साइकल प्रदान गरेको हो । विद्यालयमा विहीबार एक कार्यक्रमको आयोजना गर्दे विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरेकी थिइन् ।
साइकल वितरण गर्दै मन्त्री मोक्तानले विद्यालयले विद्यार्थीका लागि साइकल वितरण गरेर प्रशंसनिय काम गरेको बताइन् । साइकलले दैनिक घण्टाै हिडेर विद्यालय आउन बाध्य विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न र विचमै छाड्ने समस्या कमी ल्याउने उनकाे भनाइ थियाे । उनले ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यार्थी भर्नादर बढाउने र टिकाई राख्नका लागी प्रदेश सरकारकारले पनि सहयोग पु¥याउँने प्रतिवद्धता व्यक्त गरिन् ।
बनकरिया समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा साइकल विवरणले विद्यालय आउजाउ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नु पर्ने बाध्यतमक अवस्थाको अन्त्य हुनेमा आशावादी रहेको प्रधानाध्यापक भानुभक्त आचार्यले बताए । प्रधानाध्यापक आचार्यका अनुसार वितरण गरिएकाे साइकल मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयकाे आर्थिक सहयोगमा खरिद गरिएकाे हाे । प्रधानाध्यापक आचार्यले ४ नम्बर वडाका वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा प्राप्त १० लाख रुपियाँ बजेटबाट साइकल वितरण गरिएको बताए ।
विद्यालयले बस संचालन गर्ने तयारी गरेपनि बस संचालन गर्ने स्रोत सुनिश्चित हुन नसकेपछि हाललाई साइकल वितरण गरिएकाे विद्यालय व्यवस्थापन अध्यक्ष माधब गौतमले बताए । विद्यालयले साइकल वितरण सम्बन्धी कार्यविधि बनाएर विव्यस बैठकबाट पारित गरेको उनले जानकारी दिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख प्रदीप पराजुली, पूर्ववडाअध्यक्ष ध्रुब खड्का, विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष रामहरि बिष्ट लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । प्रहरीले गत भदौ २७ गते हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा चिकित्सकलाई आक्रमण गरेको अभियोग लागेका थप १ जनालाई पक्राउ गरेको छ ।
चिकित्सकमाथि आक्रमण गर्ने हेटौँडा–१२, सिक्रेनीका ३६ को सुवास स्याङ्तानलाई बुधबार दिउँसो हेटौँडा–१०, बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका स्याङ्तानलाई विहीबार जिल्ला अदालतमा हाजिर गराइने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन विकास थापा र एनेस्थेसिया प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो । हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै भदौ २७ गते डाक्टरमाथि आक्रामक भएको थियो । सन्चो अस्पतालमा उपचार गराउँदा डेंगु सङ्क्रमण भएका प्रधानलाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ परेका ६ जना धरौटीमा रिहा
यसैगरी उपचार गरिरहेका चिकित्सकलाई सांघातिक आक्रमण गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले धरौटी माग गर्ने आदेश गरेको हो ।
चिकित्सकमाथि आक्रमण गर्ने रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, सुनिल पाख्रिन र जीवन लामालाई जनही २ लाख रुपैयाँ धरौटी माग गर्ने अधिकारीले आदेश गरेका छन् । अदातलले धरौटीमा रिहा गर्न सकिने आदेशसँगै ६ जना नै मंगलबार नै धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।
यसैबीच प्रहरीले अदातलबाट पक्राउ पुर्जी जारी गरेका १३ जनामध्ये ६ जना अझै फरार रहेकाे बताएकाे छ ।