मकवानपुर । नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ४२ जना र ८ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७८ जना काेराेना संक्रमण निको भएका छन् । याे सँगै काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । हाल नेपालमा २२ हजार ४ सय ३४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय ७६ पुगेको छ मन्त्रालयले जनाएकाे छ।
मकवानपुर । मकवानपुर प्रहरीले जोर बिजोर प्रणली उल्लङ्घन गर्ने निजी सबारीसाधनलाइ कारवाही गरेकाे छ । जिल्ला प्रशसन कार्यालय मकवानपुर अाजबाट जाेर बिजाेर प्रणाली लागु गर्ने गरी भएकाे निर्णय उल्लङ्घन गर्ने माेटरसाइकल ५५ अटाे ७ म्याजिक ५ र मयुरी १ लाइ कारवाही गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
यसै गरी बैशाख १३ गते बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले माक्स नलगाउने २३ जनालाई १ सयका दरले जरीवाना गरीएको नि. प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।
लागुऔषध गाँजा र नाईट्रोभेट सहित ३ जना पक्राउ
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजा र नाईट्रोभेट सहित ३ जना पक्राउ गरेकाे छ । मकवानपुर हेटाैडा वडा नं. ९ बस्ने बर्ष २४ को सिद्धार्थ भण्डारीलाइ गाँजा २ किलो ४३५ ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएकाे हाे ।
यस्तै बारा गढिमाई न.पा. १५ बस्ने बर्ष १८ को सोम बहादुर तामाङ र नवलपरासी साबिक बन्जरीया गा.बि.स. वडा नं. १ बस्ने बर्ष २३ को सन्देश तामाङ लागुऔषध नाईट्रोभेट ४ सय ८० ट्याबलेट सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
सुचनाको आधारमा बैशाख ११ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक सोरप छिरिङ तामाङको कमाण्डमा खटिएको प्रहरी टोलिले भण्डारीको घर खानतलासी गर्दा लागुऔषध गाँजा २ किलो ४ सय ३५ ग्राम र वन्यजन्तुको अखेटोपार सिङ्ग थान २ र नगद २६ हजार ३ सय ५० सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता रिमालले बताए।

यस्तै बैशाख १० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटाैडा १० बसपार्क स्थित सडक खण्डमा संकास्पद रुपमा हिंडिरहेका तामाङद्वयलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध नाईट्रोभेट ४ सय ८० ट्याबलेट सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको रिमालले जानकारी दिए ।
फरार प्रतिवादी पक्राउ
यसैगरी मकवानपुर प्रहरीले १ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । जिल्ला अदालत मकवानपुरको २०७२ साल चैत २२ गतेको फैसालाले सार्वजनिक मुद्धामा १ हजार ४ सय ५० जरिवाना भुक्तान गर्न बांकी रहेका फरार हेटाैडा ४ बस्ने धर्मेन्द्र खेम्कालाई पक्राउ गरेकाे छ ।
प्रतिवादी खेम्कालाई अाइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको टोलीले हेटौडा ४ बाट नियन्त्रणमा लिई जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई जरिवाना भुक्तान गराईएको प्रवक्ता रिमालले बताए ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले दिएकाे जानकारी अनुसार ८ हजार ६ सय ६८ जनामा परीक्षण गर्दा २ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर विधिबाट ७ हजार ५ सय २५ जनामा परीक्षण गर्दा २ हजार ४ सय ८६ र एन्टिजेन विधिबाट १ हजार १ सय ४८ जनामा परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । याे सँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । त्यसैगरी हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय ३६ पुगेको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २८ पुगेको छ ।
मकवानपुर । त्रिदेशीय टी–ट्वान्टी क्रिकेटकाे त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो ।
कीर्तिपुरमा मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । जीतका लागि २ सय ३९ रनको लक्ष्य पाएको नेदरल्याण्डस् १७ ओभर २ बलमा ९६ रनमा समेटियो ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । भुर्तेलले डेब्यु शृङ्खलामा नै ४ अर्धशतक बनाएका छन् । कुशलले खेलेका ५ खेलमध्ये नेदरल्याडस्सँगका तीन खेलमा क्रमशः ७७, ६३ र ६२ तथा मलेसियासँगको २ मध्ये एउटा खेलमा ६१ रन बनाएका हुन् । त्यस्तै आजको खेलमा कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै नटआउट रहे । मल्लले टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका हुन् ।
दिपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाएर नटआउट रहे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए । नेपालले यसअघि सन् २०१९ को साग गेममा भुटानसँगको खेलमा दुई सय ३६ रन बनाएको थियो ।