मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी ( एमाले) बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो।
नेकपा एमालेको बिधान, २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको हो । बोर्डको सदस्यमा मुख्य सचेतक दीपक निरौला (पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बिजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायण बहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहेका छन् । बोर्डको पदेन सदस्यमा दलको सचेतक र उपनेता रहने व्यबस्था रहेको छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप हुने छ ।
मुख्य सचेतकमा निरौला
यसै गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालिन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री नियुक्त भएपछि रिक्त रहेको पदमा निरौलालाई मनोनयन गरिएको हो ।

दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) दलको बिधान, २०७७ को दफा १३ बमोजिम निराैलालार्इ मुख्य सचेतकमा मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरिएकाेमा विहीबार बागमती प्रदेश सभा सचिवालयलाई जानकारी गराईएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले गुण्डागर्दीमा संलग्न ५ जना नियन्त्रणमा लिएकाे छ ।
हेटौडा उप-महानगरपालिका वडा नं. १८ रामधुनी चाेक नजिक बैशाख २२ गते राती १० बजेको समयमा हेटौडा १८ रामधुनी चोक नजिक बस्ने बर्ष २४ को अजित नगरकोटी र बर्ष ३१ को बिनोद पहेलीलाई छुरा प्रहार गरी घाईते बनाएकाे बनाएकाे अाराेपमा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेमा हेटाैडा १८ का बर्ष १९ को रोमश मोक्तान, बर्ष २१ को बिकेश मोक्तान, बर्ष १८ को रोमन भन्ने रामकुमार मोक्तान, बर्ष २२ को किशन बयलकोटी र बर्ष २६ को रोशन भन्ने खड्क बहादुर मोक्तान रहेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । आराेपित ५ जनाले एक्कासि गुण्डा गर्दी शैलीमा विना कारण नगरकोटी र पहेलीलाई छुरा प्रहार गरी घाईते बनाएको खबर प्राप्त भए पछी प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट प्रहरी टोली खटिई गई आराेपितलाइ बैशाख २२ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।
छुरा प्रहारबाट घाईतेलाई चुरेहिल अस्पतालमा पठाईएकोमा अवस्था सामान्य रहेको बताइएकाे छ । छुरा प्रहार गर्ने ५ जनालाई पक्राउ पछी पिडितबाट प्राप्त जाहेरी अनुसार ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ वटा सवारी साधन नियन्त्रणमा
यसै गरी प्रहरीले बैशाख २३ गते विहीबार निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ वटा सवारी साधन नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लङ्घन गर्ने माेटरसाइकल तथा स्कुटर ७३ वटा, अटो १८ वटा, ट्याक्सी ३ वटा र सुमो १ वटा गरी जम्मा ९५ वटा सवारी साधनहरुलाई
नियन्त्रणमा लिईएको हाे । यस्तै निषेधाज्ञाकाे समयमा अटेर गरी पसल संचालन गर्ने ५ जना लाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत तथा हाेम अाइसाेलेसनमा रहेका उनीहरु संक्रमणमुक्त भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार ३ सय ६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० जना र ७ सय ७५ एन्टिजेन परीक्षणमा १ सय जना गरी ९ हजार ७० जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको मन्त्राललयले जनाएकाे छ ।
मकवानपुर । गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको सुन्धारास्थित न्यूरो एन्ड जनरल अस्पतालमा उपचारका क्रममा विहीबार निधन भएको हाे।
प्रेमध्वज प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् । सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।
प्रधानका घुम्तिमा नआउ है…पर लैजाउ फूलहरु….गोरेटो त्यो गाउँको….नमान लाज यसरि….हाँस्ने रहरहरू आँसुमा….तिमीलाई अचेल कहाँ भेटौं…यो नेपाली शिर उचाली लगायतका दर्जनौं गीत चर्चित छन् ।
नेपाली गीत संगीतका शिखर व्यक्तित्व प्रधान विभिन्न राष्ट्रिय सम्मानले सम्मानित भएका छन् । २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रो सँगै गायक प्रधान छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कारबाट सम्मानित भएका थिए।
मकवानपुर । बागमती प्रदेश सरकार संचार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताइएकाे छ ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संचार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका हुन ।
बिहीबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको टोलीसँग भेटघाट गर्दै मुख्यमन्त्री पौडेलले संचार क्षेत्रका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संचार क्षेत्रलागि सहयोग पुग्ने खालकाे कार्यक्रम समेट्ने प्रतिबद्धता व्यक्त उनले व्यक्त गरे ।
प्रदेश सरकारले संचार क्षेत्रको विकासमा यस अघि पनि विभिन्न योजना अघि सारेको र प्रदेशमै पहिलो प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर त्यसमार्फत संचार क्षेत्रका समस्या समाधानमा टेवा पुगेको उनले दावी गरे । मुख्यमन्त्री पौडेलले आगामी दिनमा पनि पत्रकार महासंघमार्फत समानुपातिक विज्ञापन, जिल्ला महासंघ शाखामा सूचना केन्द्र स्थापनाका लागि आगामी आर्थिक बर्षमै नीति तथा कार्यक्रम र बजेटमा व्यवस्थापन गरिने बताए । उनले भने ‘सरकार पत्रकार र संचारमाध्यमको बृद्धि विकासका लागि सकारात्मक छ ।’
भेटघाटकै क्रममा महासंघका अध्यक्ष शिव देवकोटाले मुख्यमन्त्री पौडेलसमक्ष प्रस्ताव पत्र पेश गरेका छन् । संचारग्राम निर्माण र संचालन, प्रदेशभित्र संचालित संचारमाध्यममा समानुपातिक विज्ञापन, संचारक्षेत्रलाई उद्योगमा समेटन र मान्यता दिनुपर्ने, सुत्केरी पत्रकार महिला र कोरोना संक्रमित पत्रकारलाई लेखनवृत्ति, स्नातक र स्नात्तकोत्तर अध्ययनका लागि संचारकर्मीलाई छात्रबृत्ति वितरणलगायत माग राख्दै प्रस्ताव पत्र बुझाइएको अध्यक्ष देवकाेटाले बताए ।