मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरमा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।
हेटौंडालाई ललितपुर जोड्ने कान्ति लोकपथस्थित आँपचौरमा बिहीबार जितपुर भञ्ज्याङतर्फबाट ठिंगनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ क ०९५२ नम्बरको ट्रक र म.प्र. ०३–०३९ प ५६४४ नम्बरको स्कुटर ठोकिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा स्कुटर चालक पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० पानीट्यांकीका ५० वर्षीय अनुराग श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाईते श्रेष्ठलाई हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक तथा चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १७ हटिया सानाेगङगटेमा करेन्ट लागेर १ जनाकाे मृत्यु भएकाे छ ।
बिहीबार दिउँसो हेटौडा १७ सानोगङगटे स्थित बिद्युतको ट्रान्समिटरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी ५ बसन्तपुर बस्ने २७ वर्षीय निरज भन्ने आदर्श भट्टराईकाे मृत्यु भएकाे हाे । करेन्ट लागि घाईते भएका उनलाई हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार मृतक बिद्युत प्राधिकरणको कर्मचारी नभएकाे तर ठेकेदार मार्फत काम गर्न खटिएको कामदार हुन् ।
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
उक्त दुर्घटनामा बाेलेराेका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा -भीमफेदी – कुलेखानीहुदै काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय रामवली साह घाइते भएका थिए । प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा सहचालक रोहनको बिहीबार बिहानै मृत्यु भएको हाे । घाइते पासवान र साहकाे काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बोलेरो गाडीमा रहेको ५ सय वटा कुखुरा मध्ये ३ सय वटा मरेका छन् ।
मकवानपुर । मकवानपुरगढी जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वतिरण कार्यक्रम बुधबार गरिएको छ । नेपाल जेसिज वर्ष २०२६ का अध्यक्ष जीवन कार्कीको उपस्थितीमा मकवानपुरगढी जेसिज वर्ष २०२६ को लागि अध्यक्ष इरोज न्यौपानेले पदस्थापना तथा सपथ ग्रहण गरेका हुन् ।
कार्यक्रममा नेपाल जेसिजका अध्यक्ष कार्कीले नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको भूमिका महत्त्वपूर्ण रहने बताए । नयाँ सोच नयाँ दृष्टकिोण र कल्पनाले समाजलाई सकारात्मक बनाउने भएकोले सही मार्गमा युवाको लगाव राख्न उनले आग्रह गरे । ‘समाजको अपेक्षा भरोसा अनुसार काम गर्नुस’ उनले भने । सामाजिक काम मार्फत आफ्नो शाखालाई उत्कृष्ट बनाउन उनले आग्रह गरे ।
कार्यक्रममा मकवानपुरगढी जेसिजलाई मातृत्व प्रदान गर्ने पालुङ जेसिज बर्ष २०२५ का अध्यक्ष माधव कार्की, हेटौंडा जेसिज बर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुली, पत्रकारमसंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी समेतको उपस्थति रहेको थियो । मकवानपुरगढी जेसिजको बर्ष २०२६ को लागि कार्याकारीणी उपाध्यक्षहरू सुजन सापकोटा र सुबास अधकिारी, उपाध्यक्षहरू किरण खनाल, पुष्कर बहादुर घिमिरे, नश्चिल चौलागाईं र बिनम्र अधकिारी चयन भएका छन् ।
यसैगरी महासचिव सुनिल पाख्रिन, कानुन सल्लाहकार रोहित पुडासैनी, कोषाध्यक्ष सन्तोष न्यौपाने चयन भएको मकवानपुरगढी जेसिजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीले बताए ।
पत्रकार दाहाल सम्मानित
जेसिजको पदस्थापना तथा पुरस्कार वतिरण कार्यक्रममा पत्रकार सरिता दाहाललाई नगद सहित सम्मान प्रदान गरएिको छ । संस्थापन अध्यक्ष पुडासैनीको हजुरबुबाको नाममा स्थापित स्वर्गीय बुद्धप्रिसाद पुडासैनी स्मृती पत्रकारित पुरस्कार दाहाललाई प्रदान गरएिको हो ।
नेपाल जेसिजका अध्यक्ष जीवन कार्की, मकवानपुरगढी जेसिजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । २०६० सालदेखी पत्रकारतिामा संलग्न दाहाल हाल राजधानी राष्ट्रयि दैनिक, सहीखबर डटकम तथा सहीखबर साप्ताहकिमा आबद्ध छिन् ।मकवानपुरगढी पत्रकार समाजको संस्थापक अध्यक्ष समेत रहेकी दाहाल हाल प्रेस चौतारी मकवानपुर अध्यक्ष हुन ।
मकवानपुर । २१ फागुनकाे लागि ताेकिएकाे निर्वाचनमा मकवानपुर जिल्लाबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबारकाे लागि ताेकेकाे उम्मेदवार मनोनयनकाे कार्यताललिका अनुसार जिल्लामा क्रियाशील दल तथा स्वतन्त्र गरी ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार दलहरुकाे तर्फबाट २९ जना तथा स्वतन्त्र तर्फ १५ जनाले उम्मेदवारी दिएका हुन् । २ वटा संघीय निर्वाचन रहेकाे जिल्लाकाे क्षेत्र नम्बर १ मा २३ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ । जसमा १३ जना दलहरुकाे प्रतिनिधित्व गर्दै चुनावी प्रतिष्पर्धाकाे लागि मनोनयन दर्ता गराएका हुन भने १० जनाले स्वतन्त्र तर्फ उम्मेदवारी दर्ता गराएका छन् । यस्तै क्षेत्र नम्बर २ मा १६ जनाले पार्टीकाे प्रतिनिधित्व गर्दै मनोनयन दर्ता गराउँदा ५ जनाले स्वतन्त्र तर्फ उम्मेदवारी दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मंगोल नेशनल अर्गनाइजेशन जनता समाजवादी पार्टी संयुक्त नागरिक पार्टी आम जनता पार्टी नेशनल रिपब्लिक पार्टी जिल्लाकाे दुवै क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
ककस्ले गराए उम्मेदवारी
नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ मा रामेश्वर रानाले मनोनयन दर्ता गराएका छन् । एमालेबाटै जिल्लाकाे क्षेत्र नम्बर २ मा पुर्व सांसद महेश बर्तौलाले उम्मेदवारी दर्ता गराए । यस्तै नेपाली काँग्रेसबाट जिल्लाकाे क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी पूर्व सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले उम्मेदवारी दर्ता गराएकी छन्। यस्तै क्षेत्र नम्बर २ मा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) काे तर्फबाट क्षेत्र नम्बर १ मा विजय गौतमले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै क्षेत्र नम्बर २ मा लवशेर विष्टले उम्मेदवारी दिएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीे राप्रपाका दिपक बहादुर सिंहले क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराउँदा साेही पार्टीका राम बहादुर थोकर ले क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रकाश गौतमले उम्मेदवारी दर्ता गराए भने साेही पार्टीबाट क्षेत्र नम्बर २ मा प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मकवानपुर क्षेत्र नम्बर १ मा तेज प्रसाद उप्रेती (रमेश) ले उम्मेदवारी दर्ता गराएका छन् । साेही पार्टीले क्षेत्र नम्बर २ मा सन्तोष विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी श्रम संस्कृति पार्टीबाट जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ मा विद्या श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छिन् । कुलमान घिसिङकाे उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य त्यागेर श्रेष्ठले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी हुन् । साेही पार्टीबाट मकवानपुरकाे क्षेत्र नम्बर २ बाट युनिश लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै क्षेत्र नम्बर १ बाट जसपाका दीपक सिन्तान, नेकपा माओवादीका महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेशनका युवराज लामा, नेमकिपाकी रञ्जना सुवाल मगजु, जसपा नेपालका रुपक लामाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट मंगोल नेशनल अर्गनाइजेशनका हिरालाल स्याङतान, नेशनल रिपब्लिक नेपालका सुर्य तामाङ बल, आम जनता पार्टीका सुर्य राई, नेमकीपाका सरोज तामाङ, संयुक्त नागरिक पार्टी शुभराज प्रजा, नेकपा माओवादीका राम घलान, जसपाका छविलाल वाइवा, जनमोर्चाका निरबहादुर सिन्तानले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्रमा १५ जनाकाे उम्मेदवारी
यसैगरी स्वतन्त्र तर्फ २ वटै क्षेत्रमा गरी १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा स्वतन्त्र तर्फ अमर दंगाल (बकैया), अमिक परियार (हेटौंडा), टिका प्रसाद चौलागाईं (हेटौंडा), सुशीला सुवेदी (हेटौंडा आलदमार), ज्ञान सागर लामा (बागमती), राजाराम बाेगटी (हेटौंंडा), राकेश कुमार शर्मा (हेटौंडा), मठु पुलामी मगर (बागमती), प्रमिला कुमारी खतिवडा (हेटौंडा) र राजकुमार खड्का (मकवानपुरगढी) ले उम्मेदवारी दिएका हुन् ।
यस्तै क्षेत्र नम्बर २ मा स्वतन्त्रबाट अमृत बल (भीमफेदी), कृष्णराम श्रेष्ट (मनहरी), प्रतिक्षा बानिया (हेटौंडा), सिता माया बल (राक्सिराङ), रमेश आचार्य (भीमफेदी) ले उम्मेदवारी दिएका छन् ।
सबै उम्मेदवारकाे सूची यहाँबाट हेर्न सक्नु हुनेछः
उम्मेदवारी मनोनयन सम्बन्धी